वैशाख ४, काठमाडौं | संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान संशोधन र स्थानीय निर्वाचनमा असहमति जनाई आन्दोलन घोषणा गरिरहेकै बेला सरकारको नेतृत्वकर्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ४, काठमाडौं | संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान संशोधन र स्थानीय निर्वाचनमा असहमति जनाई आन्दोलन घोषणा गरिरहेकै बेला सरकारको नेतृत्वकर्ता"/>
२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणकाजीले खोज्न थाले दाहाल सरकारको विकल्प

२०७४, ४ बैशाख सोमबार ०१:४२

वैशाख ४, काठमाडौं | संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान संशोधन र स्थानीय निर्वाचनमा असहमति जनाई आन्दोलन घोषणा गरिरहेकै बेला सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल थालेको छ। 

संविधान जारी गर्ने बेला एकमत देखिएका प्रमुख पाँच राजनीतिक दल सम्मिलित संयुक्त सरकार गठन गरी संविधानले संस्थागत गरेका उपलब्धि जोगाउनुपर्ने भन्दै माओवादी केन्द्रले सहमतीय सरकारका लागि पहल सुरु गरेको हो। यस कार्यमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सक्रिय भएका छन्।

नेता श्रेष्ठले राष्ट्र र लोकतन्त्र जोगाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने भन्दै पार्टीको प्रारम्भिक धारणा आइतबार सार्वजनिक गरेका छन्।

'राष्ट्रलाई असफल हुनबाट बचाउन र लोकतान्त्रिक उपलब्धि जोगाउन पनि पुन: सबै एक हुनुपर्ने अवस्था आएको छ,' श्रेष्ठले आइतबार ट्वीटरमा लेखेका छन्, 'राष्ट्रिय सहमतिको सरकार नै आजको आवश्यकता भएको छ, प्रमुख पाँच दल सम्मिलित सरकार बनाऔं, त्यसमा बिलम्ब नगरौँ।'

दलहरुले आ-आफ्ना इगो त्यागेर सहमतीय सरकार निर्माणतर्फ जानुपर्नेमा समेत उनले जोड दिएका छन्। उनको यो भनाइले राजनीतिक अवस्था मोडिन खोजेको संकेत गरेको छ।

श्रेष्ठले संविधान जारी गर्ने बेला एकमत भएका सत्तारुढ माओवादी केन्द्रसहित काँग्रेस, एमाले, राप्रपा र लोकतान्त्रिक फोरम नेपाल संलग्न नयाँ सहमतीय सरकार गठनमा जोड गरेका हुन्। – नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा