वैशाख ४, काठमाडौ | काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ। म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ४, काठमाडौ | काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ। म"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जथाभावी बाटो काटे दुई सय जरिवाना, पैसा नभए रातभरी प्रहरी कठघरामा

२०७४, ४ बैशाख सोमबार ०१:५१

वैशाख ४, काठमाडौ | काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो। नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए। नियम लागू गर्ने तयारी अन्तिम चरणमा रहेको जनाउँदै उनले वैशाख मसान्तदेखि कार्यान्वयनमा आउन सक्ने बताए।

जथाभावी बाटो काट्दा सडक दुर्घटना बढी हुने गरेकाले यो नियम लागू गर्न लागिएको ट्राफिक प्रहरीको भनाइ छ। ‘जथाभावी बाटो काट्नेका कारण उपत्यकामा ४० प्रतिशत मृत्यु हुने गरेको पाइएकाले सडक दुर्घटना न्यूनीकरणका लागि यो नियम कार्यान्वयनमा ल्याउन लागिएको हो,’ डिआइजी लामाले भने। उपत्यकामा मोटरसाइकल तथा स्कुटी गरी ६ वर्षको अवधिमा १८ हजार आठ सय ९१ वटा दुर्घटना परेको छ। ती घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत जथाभावी बाटो प्रयोग गर्ने रहेको डिआइजी लामाले बताए। सवारी तथा यातायात ऐन, २०४९ को १३६ महलमा भएको व्यवस्थाअनुसार उपत्यकामा यो ऐनको कार्यान्वयन गर्न लागिएको उनको भनाइ छ। ऐनमा पैदलयात्रुले फुटपाथको बाटो मात्र प्रयोग गर्नुपर्ने उल्लेख छ। फुटपाथ नभएको खण्डमा सडकको पेटीबाट हिँड्नुपर्ने नियममा व्यवस्था छ।

नयाँ नियम लागू भएपछि अब पैदलयात्रुले निर्धारित ठाउँबाट मात्र हिँड्नुपर्ने हुन्छ। अबदेखि जेब्राको प्रयोग, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै पैदलयात्रुले हिँड्नुपर्नेछ। सो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ। यो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने डिआइजी लामाले बताए। ‘पैसा नभएको खण्डमा उल्लंघनकर्ताले छुट भने पाउनेछैनन्,’ उनले भने, ‘उनीहरू त्यसको साटो रातभरि प्रहरी कठघरामा बस्नुपर्ने हुन्छ।’ पैदलयात्रुलाई यो नियमबारे जनचेतना दिइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गत २८ चैतदेखि नै ट्राफिक प्रहरी सडकको पेटी खाली गर्ने अभियानमा लागेको र जनचेतनामूलक प्रचारप्रसार पनि भइरहेको लामाले बताए।

१ वैशाखदेखि लागू भएको उपत्यका हर्न निषेधित क्षेत्र नियम प्रभावकारी भएको महानगरीय ट्राफिक प्रहरीको मूल्यांकन छ। नयाँ वर्षको पहिलो दिनदेखि यो नियम लागू भए पनि प्रहरीले भने दोस्रो दिनदेखि नियम उल्लंघन गर्नेलाई कारबाही गर्न थालेको हो। ट्राफिक प्रहरीले चेकजाँचका क्रममा दुई दिनमा दुई सयभन्दा बढीलाई कारबाही गरिएको डिआइजी लामाले बताए। यसैबीच, ‘उपत्यका हर्न निषेधित क्षेत्र’ भनेर झुन्ड्याइएको सातवटा आकाशेपुलका ब्यानर गायब भएको छ। सुन्धारा, एनएसी, रत्नापार्क, वीर अस्पताल, जमल, बागबजार र भद्रकाली चोकमा रहेको आकाशेपुलमा झुन्ड्याइएको ब्यानर गायब भएको महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए।

नयाँ नियम लागू भएपछि पैदलयात्रुले जेब्राक्रस, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै हिँड्नुपर्नेछ। नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले बताए। ‘पैसा नभएको खण्डमा पनि उल्लंघनकर्ताले छुट पाउने छैनन्,’ उनले भने, ‘उनीहरूले त्यसको साटो रातभरि प्रहरी कठघरामा बस्नुपर्ने हुन्छ।’ पैदलयात्रुलाई यो नियमबारे जनचेतना दिइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गत २८ चैतदेखि नै ट्राफिक प्रहरी सडकको पेटी खाली गर्ने अभियानमा लागेको र जनचेतनामूलक प्रचारप्रसार पनि भइरहेको डिआइजी लामाले बताए । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !