वैशाख ४, काठमाडौ | काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ। म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ४, काठमाडौ | काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ। म"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जथाभावी बाटो काटे दुई सय जरिवाना, पैसा नभए रातभरी प्रहरी कठघरामा

४ बैशाख २०७४, सोमबार ०१:५१

वैशाख ४, काठमाडौ | काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो। नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए। नियम लागू गर्ने तयारी अन्तिम चरणमा रहेको जनाउँदै उनले वैशाख मसान्तदेखि कार्यान्वयनमा आउन सक्ने बताए।

जथाभावी बाटो काट्दा सडक दुर्घटना बढी हुने गरेकाले यो नियम लागू गर्न लागिएको ट्राफिक प्रहरीको भनाइ छ। ‘जथाभावी बाटो काट्नेका कारण उपत्यकामा ४० प्रतिशत मृत्यु हुने गरेको पाइएकाले सडक दुर्घटना न्यूनीकरणका लागि यो नियम कार्यान्वयनमा ल्याउन लागिएको हो,’ डिआइजी लामाले भने। उपत्यकामा मोटरसाइकल तथा स्कुटी गरी ६ वर्षको अवधिमा १८ हजार आठ सय ९१ वटा दुर्घटना परेको छ। ती घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत जथाभावी बाटो प्रयोग गर्ने रहेको डिआइजी लामाले बताए। सवारी तथा यातायात ऐन, २०४९ को १३६ महलमा भएको व्यवस्थाअनुसार उपत्यकामा यो ऐनको कार्यान्वयन गर्न लागिएको उनको भनाइ छ। ऐनमा पैदलयात्रुले फुटपाथको बाटो मात्र प्रयोग गर्नुपर्ने उल्लेख छ। फुटपाथ नभएको खण्डमा सडकको पेटीबाट हिँड्नुपर्ने नियममा व्यवस्था छ।

नयाँ नियम लागू भएपछि अब पैदलयात्रुले निर्धारित ठाउँबाट मात्र हिँड्नुपर्ने हुन्छ। अबदेखि जेब्राको प्रयोग, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै पैदलयात्रुले हिँड्नुपर्नेछ। सो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ। यो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने डिआइजी लामाले बताए। ‘पैसा नभएको खण्डमा उल्लंघनकर्ताले छुट भने पाउनेछैनन्,’ उनले भने, ‘उनीहरू त्यसको साटो रातभरि प्रहरी कठघरामा बस्नुपर्ने हुन्छ।’ पैदलयात्रुलाई यो नियमबारे जनचेतना दिइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गत २८ चैतदेखि नै ट्राफिक प्रहरी सडकको पेटी खाली गर्ने अभियानमा लागेको र जनचेतनामूलक प्रचारप्रसार पनि भइरहेको लामाले बताए।

१ वैशाखदेखि लागू भएको उपत्यका हर्न निषेधित क्षेत्र नियम प्रभावकारी भएको महानगरीय ट्राफिक प्रहरीको मूल्यांकन छ। नयाँ वर्षको पहिलो दिनदेखि यो नियम लागू भए पनि प्रहरीले भने दोस्रो दिनदेखि नियम उल्लंघन गर्नेलाई कारबाही गर्न थालेको हो। ट्राफिक प्रहरीले चेकजाँचका क्रममा दुई दिनमा दुई सयभन्दा बढीलाई कारबाही गरिएको डिआइजी लामाले बताए। यसैबीच, ‘उपत्यका हर्न निषेधित क्षेत्र’ भनेर झुन्ड्याइएको सातवटा आकाशेपुलका ब्यानर गायब भएको छ। सुन्धारा, एनएसी, रत्नापार्क, वीर अस्पताल, जमल, बागबजार र भद्रकाली चोकमा रहेको आकाशेपुलमा झुन्ड्याइएको ब्यानर गायब भएको महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए।

नयाँ नियम लागू भएपछि पैदलयात्रुले जेब्राक्रस, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै हिँड्नुपर्नेछ। नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले बताए। ‘पैसा नभएको खण्डमा पनि उल्लंघनकर्ताले छुट पाउने छैनन्,’ उनले भने, ‘उनीहरूले त्यसको साटो रातभरि प्रहरी कठघरामा बस्नुपर्ने हुन्छ।’ पैदलयात्रुलाई यो नियमबारे जनचेतना दिइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गत २८ चैतदेखि नै ट्राफिक प्रहरी सडकको पेटी खाली गर्ने अभियानमा लागेको र जनचेतनामूलक प्रचारप्रसार पनि भइरहेको डिआइजी लामाले बताए । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’