वैशाख ५, काठमाडौँ । पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर (पाँच लाख रुपियाँ) पुर्याउने योजना सहित नेकपा (एमाले)ले घोषणापत्र तयार ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ५, काठमाडौँ । पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर (पाँच लाख रुपियाँ) पुर्याउने योजना सहित नेकपा (एमाले)ले घोषणापत्र तयार ग"/>
२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको घोषणापत्र: पाँच वर्षभित्र प्रतिव्यक्ति आय पाँच हजार डलर !

२०७४, ५ बैशाख मंगलवार ००:४९

वैशाख ५, काठमाडौँ । पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर (पाँच लाख रुपियाँ) पुर्याउने योजना सहित नेकपा (एमाले)ले घोषणापत्र तयार गर्ने भएको छ । स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी गर्ने क्रममा एमालेले सोमबार पत्रकारसँग छलफल गरेको थियो ।

एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले अबको १० वर्षमा सबै तहको शिक्षा निःशुल्क गर्ने गरी पार्टीले योजना बनाइरहेको बताउनुभयो । उहाँले पाँच वर्षभित्र प्रतिव्यक्ति आम्दानी पाँच हजार अमेरिकी डलर पुर्याउने योजना पनि एमालेले बनाएको दाबी गर्नुभयो ।

नयाँ संविधान समाजवाद उन्मुख भएकाले त्यसको कार्यान्वयनका लागि सरकार पनि समाजवादी चरित्रको हुनुपर्ने भन्दै उहाँले एमाले नेतृत्वको सरकार भएमात्र एमालेको योजना र नागरिकको चाहना पूरा हुनसक्ने बताउनुभयो । हरेक घरमा एक रोजगार, कृषिमा आत्मनिर्भर, गरिबी, बेरोजगारी अन्त्य गर्ने गरी योजना बनिरहेको उहाँले बताउनुभयो । नागरिकको आधारभूत आवश्यकता पूरा नहुँदासम्म समाजवाद आउन नसक्ने भन्दै उहाँले त्यसका लागि एमालेले काम गर्न सुरु गरिसकेको तर्क गर्नुभयो । स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने र एकै चरणमा सम्पन्न गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुनेमा दुविधा नपाल्न आग्रह गर्नुभयो । उहाँले मुलुक निर्वाचनमा होमिइसकेकाले अब कुनै शक्तिले चाहेमा पनि निर्वाचन नरोकिने बताउनुभयो ।

एमालेले निर्वाचनका लागि पूर्ण तयारी गरिसकेको र त्यसका लागि पार्टी पूर्णतः स्वस्थ रहेको तर्क उहाँले गर्नुभयो । उहाँले स्थानीय सञ्चारमाध्यमको सबलीकरणका लागि एमालेले आवश्यक नीति लिने बताउनुभयो ।

एमालेले विभिन्न सञ्चारमाध्यममा कार्यरत तथा विश्वविद्यालयमा प्राध्यापनरत पत्रकारसँग छलफल गरेर चुनावी घोषणापत्रमा समेटिनुपर्ने मिडियाका विषयमा सुझाव मागेको थियो । पत्रकारले स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन, मातृभाषी सञ्चारमाध्यमको संरक्षण र सहुलियत, सञ्चारमा समावेशी सहभागितामूलक पद्धति, सामुदायिक सूचना केन्द्र स्थापना, इन्टरनेटको सहुलियत, पत्रकारको प्रशिक्षण तथा दक्षता अभिवृद्धि, समानुपातिक विज्ञापन वितरण प्रणालीका विषयमा सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा