बैशाख ५, काठमाडौं । वाग्मती सफाइ अभियानको सफलतासँगै चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५औँ हप्तामा वसुन्धराबाट चक्रपथ सफाइ अभियान सुरु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, काठमाडौं । वाग्मती सफाइ अभियानको सफलतासँगै चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५औँ हप्तामा वसुन्धराबाट चक्रपथ सफाइ अभियान सुरु "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाग्मती सफाइ अभियानको सफलतासँगै अब चक्रपथ सफाइ

५ बैशाख २०७४, मंगलवार ०१:३२

बैशाख ५, काठमाडौं । वाग्मती सफाइ अभियानको सफलतासँगै चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५औँ हप्तामा वसुन्धराबाट चक्रपथ सफाइ अभियान सुरु भएको हो ।

शनिबार मात्रै चक्रपथ सफाइ अभियानअन्तर्गत १० मेट्रिक टन फोहोर सङ्कलन तथा व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ अभियानका संयोजक तथा पूर्व सचिव किशोर थापाले गोरखापत्रसँग कुरा गर्दै वाग्मती सफाइको सफलताबाट उत्साहित भएर चक्रपथ सफाइ अभियान प्रारम्भ गरिएको बताउनुभयो ।

वाग्मती सफाइ महाअभियान २००औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारद्वारा जारी दसबुँदे सफाइ घोषणापत्रको कार्यान्वयनस्वरूप चक्रपथ सफाइ अभियान सुरु गरिएको उहाँले बताउनुभयो । मुख्य सचिव डा। सोमलाल सुवेदीले सो घोषणापत्र जारी गर्नुभएको थियो ।

पूरा चक्रपथ नै सफाइ गरिने दीर्घकालीन लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नौ किलोमिटर चक्रपथ खण्ड विस्तार कार्य सम्पन्नपछि सफाइ गरिनेछ । सडकका फोहोरमैला नदीनालामा नै विसर्जन हुने भएकाले सडक सफा नभएसम्म नदीनाला पनि सफा हुन नसक्ने बताउँदै संयोजक थापाले सडक सफाइसँगै उपत्यकाका नदीनालासमेत सफा हुने विश्वास व्यक्त गर्नुभयो ।

चक्रपथ सफाइको क्रममा १० मेट्रि«क टन फोहोर सङ्कलन गरी त्यसको व्यवस्थापन गरिएको थियो । चक्रपथ सफाइ अभियानका क्रममा करिब चार सय जनाको सहभागिता थियो ।

अभियानको शुभारम्भ गर्दै शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले घरटोल र हाम्रा सडक किनारा सफा नभएसम्म नदीनाला पनि सफा हुन नसक्ने भएकाले चक्रपथ सफाइ अभियान सुरु गरिएको बताउनुभयो । उहाँले चक्रपथ सफाइ अभियानले उपत्यकाका नदीनाला सफाइमा मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । यसैगरी शनिबारको सफाइ अभियानअन्तर्गत उपत्यकाका विभिन्न नदीनालाबाट करिब १३ मेट्रि«क टन फोहोर सङ्कलन गरी त्यसको व्यवस्थापन गरिएको जानकारी वाग्मती सफाइ अभियन्ता चक्रबहादुर चन्दले दिनुभयो ।

उहाँका अनुसार वाग्मती सफाइको २०५औँ हप्तामा बुद्धनगरमा वाग्मती सफाइ गरी १० मेट्रि«क टन फोहोर सङ्कलन गरी सोको व्यवस्थापन गरिएको थियो । त्यसैगरी रुद्रमती सफाइको १६४औँ हप्तामा रातोपुलदेखि गौशाला हुँदै बत्तीसपुतली राममन्दिरसम्म सफाइ गरी करिब दुई मेट्रिक टन फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको थियो ।

त्यसैगरी विष्णुमती सफाइको १३६औँ हप्तामा तारकेश्वर नगरपालिकाको घलेपुल, गुह्येश्वरीमाथिको वाग्मती र पशुपति क्षेत्रमा समेत विभिन्न सङ्घसंस्थाको संयोजनमा सफाइ अभियान सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’