2026-07-24 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रहरीको सक्रियतामा दसगजा मिचेर भारतलाई भन्सार बनाउन रोक

वैशाख ७, विराटनगर | नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर निर्माण गर्न थालिएको भारतीय भन्सार कार्यालयको भवन निर्माणमा रोक लगाइएको छ। सशस्त्र र नेपाल प्रहरीले भन्सार निर्माणको काम अघि बढ्न नदिएका हुन् । एकतले पक्की भवन निर्माण भए पनि कर्कट पाताको छानो लगाउने लगायतका काममा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

विराटनगर २१ स्थित विराटनगर भन्सार कार्यालयको पर्खालसँगै जोडेर दुई महिनादेखि भारतीय पक्षले जोगवनी भन्सार कार्यालयको भवन निर्माण थालेको थियो। भन्सार कार्यालयको काम कारबाही त्यही भवनबाट सञ्चालन गर्ने योजना अनुरूप नियमविपरीत भवन निर्माण भइरहेको थियो। दसगजा क्षेत्रभित्र भारतले एकपक्षीय रूपमा भन्सार कार्यालय बनाएपछि नेपाली पक्षले आपत्ति जनाउँदै आएको थियो ।

भारतले तीन कोठे पक्की भवन निर्माण गरेर कर्कट पाता लगाउने तयारीसमेत गरेको थियो। सशस्त्र र नेपाल प्रहरीले दसगजा क्षेत्र मिचेर भवन निर्माण नगर्न पटकपटक आग्रह गरे पनि भारतीय पक्षले अटेर गर्दै आएको थियो। ‘एक तले भवन निर्माण सम्पन्न गरेर कर्कटपाता लगाउने तयारी गरिए पनि त्यसपछिको काममा रोक लगाइएको हो’, एक प्रहरीले भने, ‘अहिले भवन निर्माणका सबै काम रोकिएको छ ।’

नेपाली सुरक्षाकर्मीको अवरोध र विरोधका बाबजुद भवन निर्माण सकेर रातको समयमा कर्कटपाता लगाउने तयारी भारतीय भन्सारका अधिकारीले गरेका थिए। रातको समयमा कर्कटपाता लगाउने तयारी गरेको जानकारी पाएसँगै सशस्त्र प्रहरी बल बेस क्याम्प बुधनगरका प्रमुख प्रहरी निरीक्षक विदुर भट्टराई नेत्रृत्वको टोली पुगेर कर्कटपाता लगाउन दिएन। ‘कर्कटपाता लगाउने तयारी भइरहेको थियो’, एक सशस्त्र प्रहरीले भने, ‘तत्कालै टोली पुगेर काममा रोक लगाएको हो ।’

काममा रोक लगाउन पुगेको सशस्त्र प्रहरीको टोली र भारतीय भन्सारका अधिकारीबीच कर्कटपाता लगाउने र लगाउन नदिने विषयलाई लिएर केहीबेर घम्साघम्सी र भनाभन समेत भएको थियो। दोहोरो झडप र तनावको स्थिति उत्पन्न भएपछि दसगजा क्षेत्रनजिक ठूलो संख्यामा नेपाली सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो। कर्कटपाता लगाउनेलगायतका काममा रोक लगाए पनि भारतीय पक्षले भवन भने भत्काएको छैन। भवनमा लगाउन भनेर ल्याइएको कर्कटपातासमेत त्यहाँबाट उठाइएको छैन।

सशस्त्र प्रहरीले कूटनीतिक मर्यादाविपरीत निर्माण गरिएको भवन तत्काल हटाउन भारतीय पक्षलाई चेतावनीसमेत दिएको थियो। प्रहरी निरीक्षक भट्टराईले भने, ‘भारतले कूटनीतिक मर्यादाविपरीत दसगजा क्षेत्र मिचेर भन्सार कार्यालयको भवन निर्माण गरिरहेको थियो। नियम मिचेर भवन बनाइएका कारण भारतीय अधिकारीसँगै समन्वय गरेर काममा रोक लगाइएको हो।’ – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक