वैशाख ८, काठमाडौं | घोषित स्थानीय निर्वाचन बैशाख ३१ कै दिन बेइजिङमा सुरुहुने ‘वान बेल्ट वान रोड’ (ओबर) को शिखर सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता रहने प्राय: निश्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ८, काठमाडौं | घोषित स्थानीय निर्वाचन बैशाख ३१ कै दिन बेइजिङमा सुरुहुने ‘वान बेल्ट वान रोड’ (ओबर) को शिखर सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता रहने प्राय: निश्"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वान बेल्ट वान रोड’ मा सर्तसहित हस्ताक्षर

८ बैशाख २०७४, शुक्रबार ०२:३०

वैशाख ८, काठमाडौं | घोषित स्थानीय निर्वाचन बैशाख ३१ कै दिन बेइजिङमा सुरुहुने ‘वान बेल्ट वान रोड’ (ओबर) को शिखर सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता रहने प्राय: निश्चित भएको छ । उपराष्ट्रपति वा उपप्रधानमन्त्री कसको नेतृत्व रहने विषय अन्तिम टुंगोमा पुग्न नसकेको भए पनि केही मन्त्रीहरु त्यहाँ सहभागी हुनेछन्। 

नेपालले उक्त शिखर सम्मेलन अगावै ओबरमा ‘सर्तसहित हस्ताक्षर’ गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको गत महिना सम्पन्न चीन भ्रमणमा भएको प्रतिवद्धताअनुरुप ओबरमा हस्ताक्षर अन्तिम टुंगोमा पुर्‍याउन लागि परेको यसमा संलग्न परराष्ट्र अधिकारीले बताए । 

नेपाललाई कुन केन्द्रबाट जोड्ने भन्ने विषय नखुल्दा नेपाल पछि हटेको हो । चीनले केरुङ नाकालाई अन्तराष्ट्रिय स्तरको बनाउँदै दक्षिण एसिया जोड्ने र केरुङ काठमाडौं सडकका लागि लगानी गर्ने धारणा पनि उनीहरुले ब्यक्त गरिसकेकाले अव ओबरमा नेपाल स्पष्ट भएर बढ्न लागेको परराष्ट्र अधिकारीले बताए ।

बैशाख ३१ र जेठ १ मा हुने सम्मेलनमा उच्चस्तरको सहभागिता रहने सरकारका प्रवक्ता तथा संचारमन्त्री सुरेन्द्र कार्कीले कान्तिपुरलाई बताए । ‘चीनले आफूलाई पनि निमन्त्रणा गरेको र आफ्नो रुचीको क्षेत्र समेत भएकाले उक्त सम्मेलनमा म सहभागी हुन जानेछु । सम्मेलन अगावै नेपालले ओबरमा हस्ताक्षर समेत गर्ने धारणा प्रधानमन्त्रीबाट नै बाहिर आएकाले त्यसमा समेत काम भइरहेको छ । छिमेकीसँगको सम्बन्ध र सहकार्यलाई हामीले ख्याल गर्न आवश्यक छ,’ संचारमन्त्री कार्कीले भने,‘ओबरको बिषयमा प्रधानमन्त्रीले आफ्नो धारणा भनिसक्नु भएकोले यसमा परराष्ट्र र अन्य सम्बन्धित मन्त्रालयले आफ्नो तबरबाट काम गरिरहेको होला । सम्मेलन अगावै हस्ताक्षर हुनेछ ।’ 

चीनले उच्च नेतृत्वको सहभागिता नै खोजिरहेकोले सरकारले यसमा गृहकार्य गरिरहेको हो । चीनले आफ्नो तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, बाणिज्य मन्त्री रोमी गौचन, उद्योगमन्त्री रविन्द्रराज जोशी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र सूचना तथा संचारमन्त्री कार्कीलाई निमन्त्रणा गरिसकेको छ । अन्य विविध क्षेत्रका विज्ञ ब्यक्तिहरु पनि सम्मेलनको निम्तालू सूचीमा छन् । चीनले दिएको ओबरको प्रस्तावमा नेपालले एक पटक आफ्नो धारणासहित पठाएको भएपनि चीनले उक्त प्रस्ताव पुन फिर्ता नगरेपछि अन्यौलमा परेको धारणा परराष्ट्र अधिकारीको छ । तर, अहिले त्यसमा समेत केही प्रगति भएको र दुवैलाई ‘वीन वीन’ हुने गरी सम्झौता हुने अन्तिम तयारीमा पुगेको पनि परराष्ट्रका एक अधिकारीले बताए । – कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट