वैशाख १७, काठमाडौं । चीनले यही महिनाको अन्त्यमा आयोजना गर्न लागेको बेल्ट एन्ड रोड शिखर सम्मेलनमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्री बेइजिङ जाने भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १७, काठमाडौं । चीनले यही महिनाको अन्त्यमा आयोजना गर्न लागेको बेल्ट एन्ड रोड शिखर सम्मेलनमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्री बेइजिङ जाने भ"/>
2026-07-25 04:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको ‘बेल्ट एन्ड रोड’ मा अर्थमन्त्री महराले हस्ताक्षर गर्ने

वैशाख १७, काठमाडौं । चीनले यही महिनाको अन्त्यमा आयोजना गर्न लागेको बेल्ट एन्ड रोड शिखर सम्मेलनमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्री बेइजिङ जाने भएका छन् । 

वैशाख ३१ र जेठ १ मा चीनले बेल्ट एन्ड रोड शिखर सम्मेलन आयोजना गर्दैछ । सम्भवतः उपप्रधान तथा अर्थमन्त्री महराले शिखर सम्मेलनकै क्रममा ओबीओर समझदारीमा नेपालका तर्फबाट हस्ताक्षर गर्नेछन् । 

उपप्रधानमन्त्री महरा, सञ्चारमन्त्री सुरेन्द्र कार्की र वाणिज्यमन्त्री रोमी गौचन थकाली सम्मेलनमा सहभागी हुने तयारी भइरहेको सरकारी अधिकारीले बताए । मन्त्रिपरिषद्बाट भ्रमण अनुमोदन हुन बाँकी छ । टोलीमा परराष्ट्र र अर्थ मन्त्रालयका वरिष्ठ अधिकारी पनि सहभागी रहनेछन् ।

अवधारणाको नेपाल सदस्य बन्ने गरी सम्मेलनका बेला चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भए पनि टुंगो लागिनसकेको परराष्ट्रका अधिकारीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अघिल्लो महिना बेइजिङमा गरेको भेटमा चीनले अघि बढाएको अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्धता जनाएका थिए।

अवधारणामा नेपालको सहभागितासम्बन्धी समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिन चीनसँग कूटनीतिक तहमा कुराकानी भए पनि टुंगिनसकेको अधिकारीहरूले बताए । अवधारणामा नेपाल सदस्य भए नेपाल र चीनबीच सीमापार रेल र सडक सञ्जाल विस्तार, सीमापार विद्युतीय प्रसारण लाइन, सीमापार विशेष आर्थिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा बृहत् सहकार्य हुनेछ ।

अवधारणामा रही भौतिक पूर्वाधार विकास, हवाई, सडक र रेल कनेक्टिभिटी विस्तार, पर्यटन, स्वतन्त्र व्यापार, विकास रणनीतिमा साझेदारीलगायत क्षेत्रमा नेपाल–चीन सहकार्य हुनेछ । नेपालले अवधारणाको सदस्य बन्न चीनसँग सन् २०१४ मै प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। उपप्रधानमन्त्री महराले चीन अध्ययन केन्द्रले हालै गरेको कार्यक्रममा अवधारणामा नेपाल सदस्य बनेर लाभ लिन चाहेको बताएका थिए। सम्मेलनमा भाग लिन भौतिक योजनामन्त्री रमेश लेखक पनि इच्छुक रहेको बताइएको छ । तर उनको भ्रमणबारे टुंगो लागिसकेको छैन ।

चीनले प्रधानमन्त्री दाहाल र चारजना मन्त्रीलाई सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा पठाएको थियो । प्रधानमन्त्री दाहालले स्थानीय तहको चुनाव घोषणा भएकाले सम्मेलनमा आफू उपस्थित हुन नसक्ने यसअघि नै चीनलाई अवगत गराइसकेका छन्। चिनियाँ राष्ट्रपति सीले सन् २०१३ मा अघि बढाएको बेल्ट एन्ड रोड अवधारणाले चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्री मार्गबाट सडक, रेल, भौतिक पूर्वाधार निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य लिएको छ ।

अवधारणा घोषणा भएपछि त्यसमा सहभागी भइसकेका ६५ देश र सहभागी हुन इच्छुक देशलाई निम्त्याएर चीनले शिखर सम्मेलन आयोजना गर्न लागेको हो । चिनियाँ राष्ट्रपतिले उद्घाटन गर्ने दुईदिने सम्मेलनमा एसिया, युरोप र अफ्रिकाका २८ देशका सरकार प्रमुख/राष्ट्र प्रमुख, मन्त्रीस्तरका अधिकारी, वरिष्ठ कूटनीतिज्ञलगायत सहभागी हुनेछन् । एसियाबाट श्रीलंका, पाकिस्तान र बंगलादेशबाट उच्चस्तरीय सहभागिता रहनेछ ।

छिमेकी भारतले अवधारणामा रिजर्भेसन राख्दै सदस्यका रूपमा सहभागी नहुने बताएको छ। चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मेलनमा सहभागिताका लागि निम्तो दिएको थियो । भारतले पनि कुन तहमा सम्मेलनमा प्रतिनिधित्व जनाउने अझै टुंगो लगाएको छैन ।  -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली