2026-07-25 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट फर्किएपछि भारतीय पत्रकारले लेखे– ‘नेपालमा अब भारतीयप्रति त्यो सद्भाव रहेन’

नयाँ दिल्ली, जेठ ८ । मधेस आन्दोलनका क्रममा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको घाउ अझै पुरिएको छैन । यो तथ्य एक भारतीय पत्रकारले हालै नेपाल भ्रमणका क्रममा गरेको अनुभूतिबाट उजागर भएको हो । नेपाल भ्रमणमा आएका ती भारतीय पत्रकारले आफ्नो लेखमा भारत र भारतीयप्रति नेपालमा अब पहिलाजस्तो सम्मान, सद्भाव र स्नेह नरहेको अनुभव उजागर गरेका हुन् ।

भारतीय अखबार दैनिक ट्रिब्यूनमा सोमबार भारतका वरिष्ठ पत्रकार हरिश खरेको एक लेख प्रकाशित भएको छ । लेखमा उनले नेपाल र नेपालीमा पहिलेको तुलनामा अब भारत र भारतीयप्रतिको व्यवहारमा त्यो मित्रता नरहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘गत साता हाइकिङ्ग र ट्रेकिङ्ग तथा ताजा हावामा श्वास लिने उद्देश्यले म नेपाल गएको थिएँ । पछिल्लो पटक सन् २०१३ मा मैले नेपालको यात्रा गरेको थिएँ । त्यतिबेला र अहिले नेपालको मुडमा धेरै परिवर्तन आएको छ ।’

भारतप्रति पहिलाजस्तो मित्रता नभएको प्रष्ट महसुस गरेको उल्लेख गर्दै उनले लेखमा लेखेका छन्, ‘दुई वर्ष अघि अनधिकृत रुपमा गरिएको नेपालमाथिको आर्थिक नाकाबन्दीको नराम्रो र तीतो याद मेटिएको छैन, सम्बन्धमा तिक्तता काठमाडौंभन्दा टाढा पनि फैलिएको छ ।’

भ्रमणमा आफूले गरेको अनुभव पोख्दै उनले अगाडि लेखेका छन्, ‘मित्रतामा तिक्तताको कुरा नेपालका मानिसहरु आफ्नो मुखले भन्दैनन् तर भारतीयप्रति अब उनीहरुले पहिलाजस्तो न्यानो र सुखद् स्वागत गरेको देखिदैंन ।’

उनले नेपाल भ्रमणमा आफूले देखे–भोगेका कुरालाई यसरी लेखमा उतारेका छन्– ‘काठमाडौंबाट उत्तरपूर्वी गन्तव्य नगरकोट जाने हाम्रो ट्याक्सी चालकले त नेपालको राजनीतिप्रति कुनै कुरा गर्न नै मानेन । ऊसँग मधेसीहरुको बारेमा कुरा गर्न खोज्दा उसले ट्याक्सीको रेडियोको आवाज ठूलो बनाएर कुरा सुनेको नसुन्यै गरिदियो । अर्थात् कुराकानीको अन्त्य । मैले कुरा बुझेँ ।’

अघिल्लो भ्रमणको तुलना गर्दै उनले लेखमा भनेका छन्, ‘अघिल्लो पटकको तुलनामा यसपटक आम नेपाली पनि हिन्दीमा कुरा गर्न इच्छुक देखिएनन् । दूर–दराजका क्षेत्रमा स्वास्थ्यसम्बन्धी एनजिओ चलाउने एक युवाले त विनम्रतापूर्वक यहाँसम्म भने कि उनी अंग्रेजीमा बोल्न चाहन्छन्, हिन्दीमा बोल्न उनलाई दिक्क लाग्छ । मोटरसाइकल–ट्याक्सी चालकसम्मले आफू अंग्रेजी सुधार्न थालेको भन्दै हिन्दी भाषा प्रयोग नगर्न भने ।’

उनले भारतीय रुपैयाँको अस्वीकार्यता पनि सबैभन्दा अचम्मलाग्दो अनुभव भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘पहिले भारतीय मुद्राको शान थियो, नेपालको दुर्गम क्षेत्रमा पनि यो अधिक स्वीकार्य मुद्रा थियो । यसबाट ती क्षेत्रमा पुग्ने भारतीयको सहज स्वीकार्यता र अपनत्वको भावना महसुस हुन्थ्यो । तर नोटबन्दीका कारण भारतीय मुद्रा बेकार भएको छ ।’

होटलमा समेत विभिन्न मुलुकका मुद्राको सटही दर सबैले देख्नेगरी राखिएको तर भारतीय मुद्राको लेनदेन अथवा स्वीकार्यता हुन छाडेको उनले उल्लेख गरेका छन् ।

लेखक खरे सन् २००९ देखि २०१३ सम्म भारतका तल्कालिन प्रधानमन्त्री डा. मनमोहन सिंहका प्रेस सल्लाहकार थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ