जेठ २६, काठमाडौं । छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुग्नुभयो । 

उहाँलाई लाग्यो, ‘छोरीको अन्त्येष्टि नगर्नु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २६, काठमाडौं । छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुग्नुभयो । 

उहाँलाई लाग्यो, ‘छोरीको अन्त्येष्टि नगर्नु "/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविनाको अन्त्येष्टि, चालकलाई कस्तो कारबाही होला ?

२०७४, २६ जेष्ठ शुक्रबार ०१:५५

जेठ २६, काठमाडौं । छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुग्नुभयो । 

उहाँलाई लाग्यो, ‘छोरीको अन्त्येष्टि नगर्नु आफूसँगै परिवारको पीडा पनि थपिँदै जानु हो ।’छोरी दुर्घटनामा परी मारिएको पाँचौं दिन बिहीवार बिहान शिक्षण अस्पतालमा छोरीको शव बुझेर उहाँले अन्त्येष्टि गराउनुभयो । ‘सधैं उही साथ पाउन सकिन्न । दिनदिनै घरमा आउनेहरू घट्दै छन् । म पनि यही कुरामा अल्झेर बस्न सक्दिनँ । परिवार छ, पाल्नुपर्छ । काम नगर्दा खान पाइँदैन । 

कति दिन यही घटनाको पछाडि लाग्नु ? अस्पतालमा छोरीको शव छ भन्ने सोच्दा पनि भक्कानो छुटेर आउँथ्यो’, छोरीको अन्त्येष्टि गरेपछि सूर्यले थकित स्वरमा भन्नुभयो ।उहाँले आफ्नो एउटा अडान भने परिवर्तन गर्नुभएको छैन, ‘छोरीका हत्यारालाई कडाभन्दा कडा सजाय ।’गत सोमवार बिहान वीरगन्ज-काठमाडौं चल्ने रात्रिबसले बसुन्धरामा जेब्रा क्रसमा ठक्कर दिँदा सूर्यकी २३ वर्षीया छोरी रविनाको घटनास्थलमै निधन भएको थियो ।

स्कुल पढाउन घरबाट हिँडेकी छोरीको दुर्घटनाको खबर सुन्नेबित्तिकै सूर्यको होसहवास उडेको थियो । चार छोरी र श्रीमतीसाथ सुकेधारामा विगत १७÷१८ वर्षदेखि बस्दै आएका उहाँ गाडी मेकानिक हुनुहुन्छ । इटहरीबाट काठमाडौं सरेका सूर्यलाई काममा भान्जा ईश्वरले सघाउँदै आएका थिए । बीबीएस चौथो वर्षको परीक्षा दिएर बसेकी रविना परिवारको आशा थिइन् । ‘मलाई कुनै कुराको लोभ छैन । छोरीको हत्यारालाई कडाभन्दा कडा सजाय दिइनुपर्छ । मैले जन्मकैद नै माग गरेको छु । प्रहरीले पनि कडाभन्दा कडा सजाय गर्छु भनेको छ’, सूर्यले भन्नुभयो ।

त्यसो त तेस्रो पक्ष बिमाबापत सूर्यको परिवारले पाँच लाख रुपैयाँ पाउनेछ । ‘तर, पैसाले मेरो छोरीको जीवन आउँदैन । मेरो छोरीको हत्याराले जन्मकैद पाओस् ता कि भविष्यमा फेरि यस्तो घटना नदोहोरियोस्’, उहाँले भन्नुभयो । घटना भएको भोलिपल्ट मंगलवार यातायात व्यवसायी संघका प्रतिनिधि र पीडित पक्षबीच छलफल भएको थियो ।

छलफलमा पीडित पक्षले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग राखेपछि व्यवसायी संघका प्रतिनिधि हिँडेका थिए । त्यसयता यी दुई पक्षबीच छलफल भएको छैन । ‘उहाँहरू (यातायात व्यवसायी)सँग कुरा गरिरहनु आवश्यक छैन । कानुनअनुसार हामीले न्याय पाउनुपर्‍यो’, सूर्य भन्नुहुन्छ । सूर्यले शुक्रवार आफूलाई प्रहरीले बोलाएको बताउनुभयो । रविनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ । रिपोर्टमा रविनाको करङ भाँच्चिएको र टाउकोबाट गाडीको चक्का कुदेको पाइएको छ ।

घटनाको अनुसन्धान महाराजगन्ज प्रहरी वृत्तले गरिरहेको छ । सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहे पनि कुन दफा लगाउने भन्ने चाहिँ बृहत् अनुसन्धान र प्रमाणको संकलनपछि मात्र थाहा हुने अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् ।प्रहरीले बसका चालक बाराको निजगढ स्थायी घर भएका २५ वर्षीय विनय तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सवारी ज्यान मुद्दामा घटनाको प्रकृतिअनुसार विभिन्न सजायको व्यवस्था छ । लापरबाही ढंगले चलाएर ज्यान गएको हो भने चालकलाई २ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको हो भने चालकलाई एक वर्षसम्मको कैद वा २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसैगरी ज्यान मार्ने नियतले सवारी चलाएर ज्यान लिएको हो भने चालकलाई जन्मकैदसम्मको सजाय हुन्छ । मृतक रविनाका आफन्तको माग भने प्रष्ट छ, ‘अपराधीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

रविनाको दुर्घटना गराउने चालकलाई अधिकतम सजाय २ देखि १० वर्षसम्मको कैद सजाय हुन सक्छ । यातायात व्यवसायी र पीडित पक्षबीच हुने सहमतिले गर्दा अधिकांश सवारी ज्यान मुद्दा ‘सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको’ दफा लगाएर अपराधीलाई उन्मुक्ति दिने विगतको प्रचलन रहेको पाइन्छ । यसमा प्रहरीको समेत मिलेमतो रहने गरेको पाइएको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ