असार १, काठमाडौं । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १, काठमाडौं । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानको मुद्दामा सर्वोच्चले भन्यो–‘खिलराज नेतृत्वको निर्णय स्वेच्छाचारी’

June 15, 2017


असार १, काठमाडौं । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषद निर्णयलाई सर्वोच्च अदालतले स्वेच्छाचारी ठहर गरेको छ । 

कार्कीको योग्यतासम्बन्धी मुद्दाको पूर्ण पाठमा सर्वोच्चले तत्कालीन संवैधानिक परिषद् र राजनीतिक संयन्त्रको निर्णयलाई गैरसंवैधानिक ठहर्‍याएको छ । प्रधानन्यायाधीशमा बहाल भएकै अवस्थामा अन्तरिम मन्त्रिपरिषदको अध्यक्षता गरेका रेग्मीले २०७० वैशाख २२ मा संवैधानिक परिषदको बैठक डाकेका थिए । रेग्मी नेतृत्वको पहिलो बैठकको निर्णयको पहिलो बुँदामै लोकमानको नियुक्तिको विषय समावेश छ । 

उक्त निर्णयमा रेग्मीसहित परिषदका तत्कालीन सदस्यहरू कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे, महिला, बालबालिकामन्त्री ऋद्धिबाबा प्रधान र सूचना तथा शिक्षामन्त्री माधव पौडेलले हस्ताक्षर गरेका थिए । संवैधानिक परिषद् बैठक हुनुअघि नै २०६९ चैत ३ मा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनसँगै कार्कीको नियुक्तिलाई प्रमुख एजेन्डा बनाइएको थियो ।

बैठकमा तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका विजयकुमार गच्छदार, एमाओवादीका तत्कालीन नेता बाबुराम भट्टराई, कांग्रेस नेता शेरबहादुर देउवा, तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुर र एमालेका उपाध्यक्ष वामदेव गौतम सहभागी थिए । निर्णयको अन्त्यमा भने दाहाल, कोइराला, खनाल र गच्छदारले मात्र हस्ताक्षर गरेका थिए ।

‘विवादित सिफारिस यान्त्रिक र स्वेच्छाचारीपूर्ण देखिएको छ,’ सर्वाेच्चको निर्णयको पूर्णपाठमा भनिएको छ, ‘संवैधानिक परिषद्ले वास्तविक अर्थमा आफ्नो बुद्धिमता प्रयोग गरेको पाइएन ।’ निर्णयकर्ताले बुद्धिमताको प्रयोग गरेको भन्ने जिकिरको आडमा स्वेच्छाचारी तवरबाट भएको निर्णयले कानुनी वैधता प्राप्त गर्न नसक्ने भन्दै सर्वोच्चले संवैधानिक परिषदको कामकारबाही न्यायिक परीक्षणको विषय हुने निष्कर्ष निकालेको हो ।

संवैधानिक पदमा सिफारिस गर्ने निकायले निर्णयको व्यहोरा र निर्णय प्रक्रियाबाट सिफारिसको औचित्य पुष्टि गर्नुपर्ने भन्दै सर्वोच्चले निर्णयको आधार र कारण खुलेको हुनुपर्नेसमेत ठम्याएको छ । तर लोकमानको नियुक्तिको सिफारिसका क्रममा भने केही पक्ष कानुनी र न्यायिक दृष्टिले दोषपूर्ण रहेको सर्वोच्चको ठहर छ । सर्वोच्चले संवैधानिक परिषदको निर्णयलाई विभिन्न सातवटा दृष्टिकोणबाट दोषयुक्त ठहर्‍याएको छ ।

लोकमान नियुक्तिका सन्दर्भमा संवैधानिक परिषदबाट आफ्नो बुद्धिमता प्रयोग नगरी ‘राजनीतिक सहमति’ कार्यान्वयन गरेको ठहर्‍याउँदै सर्वोच्चले भनेको छ, ‘राजनीतिक सहमति भनी नेपथ्यमा प्राप्त नामको अनुमोदन गरेको देखिएकाले परिषद्ले आफ्नो बुद्धिमताको प्रयोग गरेको ठान्नु तथ्यपरक देखिँदैन ।’ नेपालको तत्कालीन अन्तरिम संविधानले समेत संवैधानिक पदाधिकारीको नियुक्तिमा राजनीतिक सहमतिको परिकल्पना गरेको थिएन ।

विशिष्ट राजनीतिक परिस्थितिमा राजनीतिक सहमति औचित्यपूर्ण देखिन सक्ने भन्दै सर्वोच्चले त्यसले पनि संविधान र कानुनको दायरा पालना गर्नुपर्ने स्मरण गराएको छ । राजनीतिक सहमतिका नाममा संविधान र कानुनको मापदण्ड बाहिरको कुरालाई मान्यता दिई गरिएको सिफारिसले वैधता पाउन नसक्ने अदालतको बुझाइ छ । राज्यका सबै कामकारबाही र क्रियाकलापको मापन आधार संविधान हुने उल्लेख गर्दै उसले राजनीतिक गतिविधि, क्रियाकलापसमेत संविधानअन्तर्गत रहेर सञ्चालित हुनुपर्ने भनेको छ । निर्णयमा भनिएको छ, ‘संविधानले निर्धारण गरेको सीमारेखाभन्दा बाहिरका राजनीतिक सहमतिले वैधानिक मान्यता प्राप्त गर्न सक्दैन ।’

संवैधानिक परिषद्बाट लोकमानको नाम सिफारिसका क्रममा सार्वजनिक क्षेत्रको अवधिलाईे गोश्वारा रूपमा गणना गरेको र वस्तुगत रूपमा नखुलाएको अदालतको ठम्याइ छ । २०६६ मा जारी संवैधानिक परिषद् ऐनमा कुनै व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गर्दा उसको सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमानदारी, जनभावना र पहिले गरेको सेवा र पेसागत अनुभवसमेतलाई विचार गर्नुपर्नेमा लोकमानको हकमा त्यो नदेखिएको निष्कर्ष सर्वोच्चको छ ।

रायमाझी आयोगबाट भएको कारबाहीको सिफारिसका क्रममा लोकमानमाथि बर्खास्तको प्रारम्भसमेत भएको उल्लेख गर्दै सर्वोच्चले ‘कारबाहीको विषयलाई अनदेखा गरी’ सिफारिस गर्नु गलत भएको टिप्पणी गरेको छ । सम्बन्धित उम्मेदवारले पेस गरेको विवरण, जानकारी तथ्यपरक भए नभएको परीक्षण गरी यकिन गर्ने जिम्मेवारी संवैधानिक परिषदको हुने उल्लेख गर्दै सर्वोच्चले ‘गलत विवरण प्रस्तुत गरेमा’ अयोग्यताको विषय बन्ने जनाएको छ ।

लोकमानले संवैधानिक परिषद्मा पेस गरेको वैयक्तिक विवरणका केही तथ्य यथार्थपरक नदेखिएको ठहर्‍याउँदै सर्वोच्चले व्यक्तिगत विवरणलाई पुष्टि हुने कुनै प्रमाणपत्र, अभिलेख, कागजात आदि पेस नभएको उल्लेख गरेको छ । निर्णयमा भनिएको छ, ‘त्यस्तो कुनै अभिलेख नै नहेरी संवैधानिक परिषद् कसरी लोकमानको योग्यताका सम्बन्धमा सन्तुष्ट भयो भन्ने पक्ष अनुत्तरित देखिन्छ ।’

संवैधानिक परिषदबाट पेस भएको लोकमानको बायोडाटामा उनीविरुद्ध २०५३ सालमा सुनकाण्डसम्बन्धी भ्रष्टाचार मुद्दा चलेको कुरा उल्लेख छैन । उनले त्यसअघि नै अदालतबाट सफाइ पाएका थिए भने उक्त फैसला अन्तिम भएर बसेको थियो । तर उक्त विवरण लुकाएको पक्षलाई अदालतले सहजतासाथ लिन सकेन । जुन आयोगले लोकमानउपर भ्रष्टाचार मुद्दा चलाएको थियो, त्यही आयोगको प्रमुख पदमा नियुक्त गर्दा जनमानसमा पर्ने प्रभावबारे संवैधानिक परिषद्ले आफ्नो उच्च बुद्धिमता प्रयोग गर्न नसकेको सर्वोच्चले ठम्याएको छ । -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक