असार ५, काठमाडौं । सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । 

के"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ५, काठमाडौं । सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । 

के"/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमै सिआइबीको नक्कली कार्यालय !

June 19, 2017

असार ५, काठमाडौं । सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो । उनीहरूबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ । घटनाको अनुसन्धान भइरहेको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

विगतमा पनि जेल परेर छुटेका शुक्रे लामा नेतृत्वको गिरोहलाई सिआइबीले पक्राउ गरेको हो । उनीहरूले विभिन्न व्यापारीलाई पक्राउ गरी कुटपिटका साथै थुनामा राखेर पैसा असुल्दै आएका थिए । 

सञ्चार सेट र पेस्तोलसमेत बोक्ने र आफूहरू सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरूले यस्तो धन्दा चलाउँदै आएका थिए । एक घर भाडामा लिएर त्यो सिआइबीको सेफहाउस भएको भन्दै त्यसमा थुनामा राखेर पैसा असुलेको प्रहरीले जनाएको छ । गिरोहका नाइके शुक्रे भने फरार छन् । उनका सहयोगी सरु श्रेष्ठलगायतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

नाटकीय शैलीमा ठेकेदारको अपहरण 

सो समूहका दुईजना गत माघमै पक्राउ परिसकेका छन् । हाल पक्राउ परेकी तिनै युवती सरुमार्फत उनीहरूले गत ४ पुसमा सिन्धुलीका ठेकेदार रमेश कुँवरलाई अपहरण गरी लुटपाट गरेका थिए । 

आफूलाई जागिर लगाइदिन भन्दै युवतीले महाराजगन्जको इन्द्रेणी फुड क्याफेमा भेट्न बोलाएकी थिइन् । भेटपछि युवतीले चिया खान आफ्नो डेरामा जाने भन्दै नजिकको गणेशबस्तीको घरमा पु¥याइन् । फ्ल्याटमा पुगेको केही समयमै आफू युवतीको दाइ बताउने एक युवक आएर आफ्नो बहिनीलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीलाई खबर गरेको भन्दै आफ्नै गिरोहका व्यक्तिलाई बोलाएका थिए ।

दुई व्यक्ति आफूहरू प्रहरी भन्दै पेस्तोल र सञ्चारसेट बोकेर पक्राउ गरेको नाटक गरी कुटपिट गरेका थिए । 

पैसा दिए छाडिदिने भन्दै उनीहरूले डिल सुरु गरेका थिए । जसअनुसार कुँवरसँग भएको ५० हजार नगद र सुनका गहना लिएर ११ लाख रुपैयाँ चेक दिन लगाएका थिए । त्यहाँबाट अन्यत्र लैजान खोज्दा कुँवर गौशालाबाट भागेका थिए । 

त्यसरी उनलाई अपहरण गर्ने कुमानन्द खड्का र नवीन राईलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको थियो । उनीहरू दुवैजना हाल जेलमा छन् । त्यसवेलादेखि नै शुक्रे र सरुलगायत व्यक्ति फरार थिए । 

फरार भएकै वेला उनीहरूले धेरै व्यक्तिलाई त्यही शैलीमा युवती लगाई अपहरण गरी बलात्कार मुद्दामा फसाउने भनेर नक्कली प्रहरी कार्यालयसमेत खडा गरी पैसा लिँदै आएको खुलेको हो । सो गिरोहबाट सरकारी कर्मचारीसमेत पीडित भइसकेका छन् ।

 युवतीमार्फत चिनजान, कुरा नमिलेपछि पक्राउ

प्रहरीका अनुसार सुरुमा ठेकेदार तथा कर्मचारीहरूलाई सरु नामक युवतीले विभिन्न स्थानमा भेट्न बोलाउँथिन् । उनले थप कुरा गर्न फ्ल्याटमा लिएर जान्थिन् ।

शारीरिक सम्बन्ध राख्नसमेत उनले नै उक्साउँथिन् । त्यही बीचमा केही व्यक्ति युवतीको आफन्त बनेर फ्ल्याटमा पुग्थे । आफ्नो मान्छेलाई बलात्कार गरेको भन्दै सिआइबीलाई खबर गरेको नाटक गर्थिन् । 

तत्कालै पेस्तोल र हत्कडी बोकेका व्यक्तिहरू त्यहाँ पुगेर ती व्यक्तिलाई पक्राउ गर्थे । पक्राउ गरी एक गोप्य घरमा हत्कडी लगाएर लैजान्थे । उक्त घर सिआइबीको सेफहाउस भएको भन्दै रातभरि थुनामा राखेर ब्ल्याकमेलिङ गरी पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते