असार ५, काठमाडौँ । नेकपाको नेतृत्वले चुनाव ‘खारेजी’ गर्ने नीति ल्याएपनि रोल्पाको थबाङ गाउँपालिकाका नेकपाका निकट नेता र कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ५, काठमाडौँ । नेकपाको नेतृत्वले चुनाव ‘खारेजी’ गर्ने नीति ल्याएपनि रोल्पाको थबाङ गाउँपालिकाका नेकपाका निकट नेता र कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्"/>

2026-09-19 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस र नेकपाबीच चुनावी तालमेल गर्ने ‘गोप्य सहमति’


असार ५, काठमाडौँ । नेकपाको नेतृत्वले चुनाव ‘खारेजी’ गर्ने नीति ल्याएपनि रोल्पाको थबाङ गाउँपालिकाका नेकपाका निकट नेता र कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । थबाङलाई विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको प्रभावकारण सुरक्षा संवेदनशील मानिएको छ । उच्च सुरक्षा संवेदनशिल ठाउँमै उम्मेदवारी दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको हो ।

स्थानीय तहको निर्वाचन ‘खारेजी’ को नीति लिएको नेकपाका कारण थबाङमा मनोनयन दर्ता कस्तो हुन्छ भन्ने सबैमा चासो हुँदै गर्दा शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थबाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा निकट जन स्वंसेवक दलका जिम्मेवार अगुवा अमित घर्तीले गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा भने कसैले पनि स्वतन्त्र उम्मेदवारी दिएका छैनन् । नेपाली कांग्रेसबाट उपाध्यक्ष पदका लागि श्रीकुमारी रोकामगरले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतले जनाए।

कांग्रेसबाट अध्यक्ष पदमा कोही उम्मेदवार वनेन्। स्वतन्त्रमा उपाध्यक्ष नउठाईनु र कांग्रेसबाट अध्यक्ष उम्मेदवार नवनाईनु संयोग होईन । स्रोतका अनुसार स्वतन्त्रका अध्यक्ष र कांग्रेसबीच अघोषित सहमति भएको छ । गोप्य योजना अनुसार नै स्वतन्त्रबाट उपाध्यक्ष र कांग्रसबाट अध्यक्ष उम्मेदवार नवनाईएको हो।

नेकपा एमालेबाट अध्यक्षमा हितबहादुर रोकामगर र उपाध्यक्षमा जान रोकामगरले उम्मेदवारी दिएका छन्। नेकपा माओवादी केन्द्रबाट बीरबहादुर घर्ती अध्यक्ष र रामकिरणी रोका उपाध्यक्ष पदको उम्मेदवार बनेका छन्। स्वतन्त्रबाटै भक्तबहादु घर्ती पनि अध्यक्षको उम्मेदवारी दिएका छन्। एमाले र माओवादी केन्द्रले गाउँपालिका देखि वडा सबै पदमा उम्मेदवार खडा गरेका छन्।

पाँच वटा वडा रहेको थबाङ गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुमा भने स्वतन्त्र र कांग्रेसबाट अलगअलग उम्मेदवार दर्ता गरिएको छ। स्वतन्त्रबाट अध्यक्षका रुपमा वडा नं. १ मा फर्कबहादुर बुढा, वडा नं. २ मा लिलाराम रोका, वडा नं. ४ बाट हिक्मत घर्ती र वडा नं. ५ बाट डुकमन रोका उम्मेदवार बनेका छन्।

नेकपाको नेतृत्वले उम्मेदवार नहुन पटकपटक आग्रह गरेपनि नेकपाका आस्थावान थबाङी मतदाताको भावनाको कदर गर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवार वनेको दावी गरिएको छ। स्थानीय तहको निर्वाचन भएकाले उपयोग गर्न मतदाता ईच्छुक रहेको उनीहरुले जिकिर गरेका छन्। नेकपाले पार्टी योजना र निर्देशनमा स्वतन्त्र उम्मेदवार नवनेको जनाएको छ। ‘पार्टीको नीति चुनाव खारेजी नै हो । चुनाव उपयोग गर्ने भन्ने नै होईन । स्वतन्त्रबाट उम्मेदवार पार्टीको योजनामा होईन।’, नेकपाका जिल्ला सचिव दलबहादुर खत्री ‘जागृति’ भन्छन्, ‘पार्टीको नीति विपरित जानेलाई कारवाही हुनसक्छ।’ नेकपाका नेता एवं थबाङका रैथाने जयप्रकाश रोका ‘प्रताप’ ले स्वतन्त्र उम्मेदवारीमा पार्टी संलग्न नरहेको दावी गर्छन्।

खारेजी भनेपनि नेकपाका स्थानीय नेता, कार्यकर्ता र आस्थावानले थबाङमा ‘स्थानीय चुनाव उपयोग’ गर्ने रणनीति अपनाएको स्पष्ट भएको छ । स्वतन्त्र उम्मेदवारले पनि व्यक्तिगत स्वतन्त्रता प्रयोग गरेर उम्मेदवारी दिएको वताएका छन । नेकपाका आस्थावान थबाङीको भावनामा चोट नपुग्ने गरी नेकपाको नेतृत्व मौन वस्यो भने यहाँ चुनाव शान्तिपुर्ण आंकलन गरिएको छ । संविधान सभाको दोस्रो चुनावमा थबाङ गाविसमा शून्य मतदान भएको थियो । थबाङ गाउँपालिकामा साविकका छिमेकी गाविस मिरुल र उवा गाभिएका छन्।  -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई