असार ५, काठमाडौँ । टिकट वितरणमा चरम असन्तुष्टि रहेको नेपाली कांग्रेस डडेल्धुरामा असन्तुष्ट पक्षधर नेताहरू ‘बागी’ उठेका छन् ।

पार्टी निर्णयका विरुद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ५, काठमाडौँ । टिकट वितरणमा चरम असन्तुष्टि रहेको नेपाली कांग्रेस डडेल्धुरामा असन्तुष्ट पक्षधर नेताहरू ‘बागी’ उठेका छन् ।

पार्टी निर्णयका विरुद"/>

2026-06-16 06:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाको गृह जिल्लामै कांग्रेसका बागी उम्मेद्वार

२०७४ असार ५, सोमवार


असार ५, काठमाडौँ । टिकट वितरणमा चरम असन्तुष्टि रहेको नेपाली कांग्रेस डडेल्धुरामा असन्तुष्ट पक्षधर नेताहरू ‘बागी’ उठेका छन् ।

पार्टी निर्णयका विरुद्ध आफ्नो उम्मेदवारी जनाउँदै कांग्रेस कार्यकर्ताले एउटा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र विभिन्न वडामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । डडेल्धुरा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । 

अजयमेरु गाउँपालिकाको अध्यक्ष पदमा पार्टीका महाधिवेशन प्रतिनिधि रहेका लोकराज भट्टले बागी उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । उनी त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति हुन् । सोही गाउँपालिकामा किशोर बिष्टले उपाध्यक्षमा मनोनयन दर्ता गरे। नेपाली कांग्रेसले अध्यक्षमा कमलसिंह भाट र उपाध्यक्षमा कमला बिष्टलाई टिकट दिएको थियो ।

यसैगरी नवदुर्गा गाउँपालिकाको–४ बाट टेकबहादुर साउदले बागीमा मनोनयन दर्ता गराएका छन् । 

अमरगढी नगरपालिकाको वडा नम्बर २ अध्यक्षमा पुष्पराज जोशी, वडा नम्बर–३ आध्यक्षमा वीरबहादुर ऐर, वडा नम्बर–४ अध्यक्षमा गगन सिंह बिष्ट र तेजबहादुर बोहरा, वडा नम्बर–६ अध्यक्षमा बलराम भट्टले बागी उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् ।

डडेल्धुरा कांग्रेसमा सभापति कर्णबहादुर मल्ल र पूर्वसभापति रघुवर भट्टका दुई धार छन् । दुवै पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको छत्रछायामा हुर्किएका नेता हुन् । पार्टीको तेह्रौं महाधिवेशनताका देउवाको इच्छाविपरीत मल्ल भट्टलाई पराजित गर्दै पार्टी सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि मल्ल र भट्टबीच ध्रुवीकरण चलिरहेको छ ।

जिल्लामा उम्मेदवारको अन्तिम टुंगो लाग्न नसकेपछि डडेल्धुरा कांग्रेसले केन्द्रमा सिफारिस गरेको थियो । केन्द्रले मल्ल पक्षधर नेतालाई पाखा लगाउँदै भट्ट पक्षलाई टिकट दिने निर्णय गरेको थियो । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते