असार ६, काठमाडौं  । परियोजनाको रुपमा  लिखु जलविद्युत् आयोजना अगाडि बढ्ने भएको छ ।

नेपालको जलविद्युत् लगानीको इतिहासमा नेपाल र भारतका लगानीकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ६, काठमाडौं  । परियोजनाको रुपमा  लिखु जलविद्युत् आयोजना अगाडि बढ्ने भएको छ ।

नेपालको जलविद्युत् लगानीको इतिहासमा नेपाल र भारतका लगानीकर"/>

2026-09-22 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र भारतको संयुक्त लगानीमा पहिलो पटक लिखु जलविद्युत आयोजना बन्दै


असार ६, काठमाडौं  । परियोजनाको रुपमा  लिखु जलविद्युत् आयोजना अगाडि बढ्ने भएको छ ।

नेपालको जलविद्युत् लगानीको इतिहासमा नेपाल र भारतका लगानीकर्ताको संयुक्त लगानीको सो आयोजनाको क्षमता ५२.४ मेगावाट रहेको छ ।

आयोजनाको हालै सिभिल र हाइड्रोमेकानिकल निर्माणमा परेको बोलपत्र मूल्यांकन भइरहेको छ । निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएपछि आयोजना निर्माण हुने आयोजना प्रमुख बद्री रिजालले बताउँछन् ।

आयोजनामा सिभिल निर्माणको काम आउँदो हिउँददेखि सुरु हुनेछ । आयोजनाको काम आगामी वि.सं. २०७७ को असोजमा सम्पन्न गर्ने प्रतिवद्धता प्रवद्र्धक ग्रिन भेन्चर्सले गरेको छ ।नेपालको त्रिवेणी समूह र भारतको भिल्वरा समूहले  ग्रिन भेन्चर्स प्रालिमार्फत आयोजना निर्माण गर्न लागेका हुन् । आयोजनामा भिल्बराको ८० र त्रिवेणीको २० प्रतिशत स्वामित्व छ ।

करिव रु ९ अर्ब अनुमानित लागत रहेको आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा सहवित्तीयकरणअन्र्तगत ऋण लगानी सम्झौता हुने काम अन्तिम चरणमा पुगेको छ  । आयोजनामा ग्रिनभेन्चर्सले रु १ अर्ब ३० करोड लगानी गरिसकेको छ ।

आयोजनाको व्यवस्थापन नेपालको त्रिवेणी समूहले हेर्ने सहमति भएको छ । प्राधिकरण र ग्रीन भेन्चर्सबीच वर्षातको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ ।

ग्रिनभेन्चर्सले भारतमा बिजुली निकासीका लागि आयोजना १२० मेगावाटमा डिजाइन गरेकोमा बजार बिजुलीको मूल्य, प्रसारणलाइन पूर्वाधारलगायत अन्य विभिन्न कारणले अनिश्चित भएपछि उसले नेपालमै बेच्ने भन्दै क्षमता घटाएर ५२.४ मेगावाटमा पीपीए गरेको हो ।

आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोटमा पर्छ । जुन राजधानीबाट २२० किलोमिटर टाढा छ । -अर्थसरोकारबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित