असार ६, काठमाडौं । हनुमानढोका दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदाको सूचीबाट हटाएर खतराको सूचीमा राख्ने सम्भावना बढेको छ । 

पोल्यान्डमा हुने आगामी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ६, काठमाडौं । हनुमानढोका दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदाको सूचीबाट हटाएर खतराको सूचीमा राख्ने सम्भावना बढेको छ । 

पोल्यान्डमा हुने आगामी "/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व सम्पदा सूचीबाट किन हट्यो हनुमानढोका ?

June 20, 2017


असार ६, काठमाडौं । हनुमानढोका दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदाको सूचीबाट हटाएर खतराको सूचीमा राख्ने सम्भावना बढेको छ । 

पोल्यान्डमा हुने आगामी १४१ औं महासभाले खतरामा राख्ने सम्भावना रहेको पुरातत्व विभागका अधिकारीहरूले बताएका छन् । भूकम्पका कारण हनुमानढोका दरबारका धेरै ऐतिहासिक दरबार र मठमन्दिर पूर्ण वा आंशिक क्षति भएका छन् । ती मठमन्दिर पुनःनिर्माणको गति सुस्त छ । 

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल यस्ता सम्पदा खतराको सूचीमा पर्नु राम्रो नभए पनि भत्किएका सम्पदाहरूलाई छिटो निर्माण गर्न नेपाल लगायत विश्वलाई नै दबाब सिर्जना गर्ने भएकाले नेपालका लागि सकारात्मक नै हुने धारणा राख्छन् ।

वसन्तपुर क्षेत्रमा भूकम्पले क्षति पुराएका सम्पदा निर्माणका लागि विभिन्न मुलुकले जिम्मा लिएका छन् । त्यस क्षेत्रमा अमेरिकी राजदूत कोष (एम्बेस्डर फन्ड), चीन र जापानले विभिन्न मन्दिरको पुनःनिर्माणका लागि काम गरिरहेका छन् ।

यसैबीच, जर्मनी सरकारले पनि भूकम्पका कारण क्षति भएका सम्पदा निर्माणमा गरिदिने इच्छा व्यक्त गरे पनि कुन मन्दिर निर्माण गरिदिने भन्ने निर्णय भएको छैन । पुरातत्व विभागले जर्मनीलाई टेकु दोभानका भत्किएका सम्पदा निर्माण गरिदिन आग्रह गरे पनि उसको पहिलो चाहना भने भक्तपुरका सम्पदामा रहेको पुरात्व विभागले जनाएको छ । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन