असार ६, काठमाडौँ । साउदी अरब र संयुक्त अरव इमिरेट्स (युएई) का नागरिकको लगानीमा कतारमा सञ्चालित कम्तीमा ६ सयभन्दा बढी कम्पनीहरु जेखिममा परेका छन् ।

साउदी र युए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ६, काठमाडौँ । साउदी अरब र संयुक्त अरव इमिरेट्स (युएई) का नागरिकको लगानीमा कतारमा सञ्चालित कम्तीमा ६ सयभन्दा बढी कम्पनीहरु जेखिममा परेका छन् ।

साउदी र युए"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका साउदी र युएईका सयौं कम्पनीहरु जोखिममा

June 20, 2017

असार ६, काठमाडौँ । साउदी अरब र संयुक्त अरव इमिरेट्स (युएई) का नागरिकको लगानीमा कतारमा सञ्चालित कम्तीमा ६ सयभन्दा बढी कम्पनीहरु जेखिममा परेका छन् ।

साउदी र युएई सरकारले नै  ती कम्पनीहरु बन्द गर्न दबाब दिन थालेको कतारबाट प्रकाशित हुने अरबिक दैनिक अरैयाहले जनाएको छ । कतारमा साउदी नागरिकको मात्रै लगानीमा ३ सय ५ र कतारीसँगको साझेदारीमा ३ सय ३ कम्पनी सञ्चालित छन् । यी कम्पनीमा एक सय २३ बिलियन रियाल लगानी भएको मानिएको छ । 

साउदीको नेतृत्वमा छिमेकी देश बहराइन र संयुक्त अरब इमिरेट्स (युएई)ले कतारसँग जुन ५ मा कुटनीतिक सम्बन्ध बिच्छेद गरेपछि ती कम्पनी जोखिममा परेका हुन् । यी देशले आफ्ना नागरिकलाई १४ दिनभित्र कतार छोड्न निर्देशन दिएका थिए । कतारले भने कुनै पनि देशको नागरीकलाई नपठाउने र आफ्नो कामलाई निरन्तरता दिन अनुरोध गरेको छ । साउदीले आफ्ना नागरिकको लगानी रहेका कम्पनीलाई बन्द गर्न दबाब दिएपछि यी कम्पनीहरुको भविष्य संकटमा परेको छ ।

युएई कम्पनीलाई बैंकले समेत ऋण दिन बन्द समेत गरेको छ । युएईका नागरिकको लागनीमा कतारमा कति कम्पनी छन् भन्ने खुलाइएको छैन । ‘यी कम्पनीहरु बन्द गर्नुपर्ने अवस्थाको जोखिममा पुगेका छन्,’ एक ब्यापारीक बिशेषज्ञले भनेका छन्, ‘यो कतार सरकारको कारण होइन, उनीहरुको आफ्नै सरकारले लिएको नीतिको कारणबाट सिर्जित भएको हो ।’ साउदी र युएई नागरीकबाट सञ्चालित कम्पनीहरु वन्दै हुनुपर्ने अवस्था आए ठुलो सख्यामा रहेका नेपालीको रोजगार पनि धरापमा पर्न जानेछ । 

‘कम्पनी ब्यबस्थापन निकै तनावमा देखिन्छ,’ साउदी लगानीमा सञ्चालित एक कम्पनीका नेपाली म्यानेजर अरुण पुडासैनीले कान्तिपुरलाई भने, ‘यो कम्पनीमा ७ सय नेपाली मात्रै काम गर्छन् । मालिक रमजानमा साउदी गएपछि फर्केका छैनन् । यही हुन्छ भनेर अहिले नै भन्न सक्ने स्थिति छैन ।’

कतारी अर्थशास्त्री र अर्थ बिज्ञहरुले कतारको ब्यापारमा निर्भर साउदी र युएईका कम्पनीहरु घाटामा जान थालेको बताएका छन् । ‘जताको कम्पनी वन्द वा घाटामा परे पनि रोजगारी गुमाउने नेपालीले नै हो,’ कतारमा कार्यरत एक नेपाली ब्यबसायले भने, ‘यी देशवीचको कुटनीति संकटले हामीले रोजगारी गुमाउनु पर्ला भन्ने डर भयो ।’ 

युएई र साउदी लगानी कम्पनीले ती देशका सरकारी दवाव थेग्न नसकेर बन्दै गर्नुपरेमा ठुलो सख्याले रोजगारी गुमाउनुपर्ने उनको बुझाई छ । ‘अरुलाई कम्पनी वेचे त ठिकै हो । हामीलाई असर पर्दैन । वन्दै गर्छन् कि भन्ने चिन्ता छ,’ पुडासैनीले वताए । -कान्तिपुर दैनिक

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक