असार ७, काठमाडौं । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशैभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ७, काठमाडौं । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशैभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मन"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशैभर मनसुन सक्रिय, यसपालि औसत वर्षा

२०७४, ७ असार बुधबार ०१:२३


असार ७, काठमाडौं । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशैभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो । देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ सुवास रिमालले बताए ।

बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम बदली मात्र हुन सक्ने अनुमान छ ।

प्रिमनसुन र मनसुनमा प्राकृतिक प्रकोपबाट धेरै विनाश हुने भएकाले मातहतका सबै निकायलाई तयारी अवस्थामा रहन गृह मन्त्रालयले निर्देशन दिएको छ । ‘हामीले प्रिमनसुन सुरु भएलगत्तै १० चैतमा गृह मन्त्रालयमतहतका सबै निकायलाई प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिमका विषयमा तयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौँ,’ गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले भने । प्राकृतिक प्रकोपबाट हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुने भएकाले मन्त्रालयको नियमित कार्यतालिकाअनुसार काम हुने राउतले बताए । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । उनका अनुसार ५५ जिल्लाका आकस्मिक कार्यसञ्चालन केन्द्रलाई पनि तयारी अवस्थामा रहन भनिएको छ ।

ठूला नदीमा पूर्वसूचना दिने उपकरण जडान

उच्च जोखिममा रहेका केही नदीमा तीन दिनअघि पूर्वसूचना दिने उपकरण जडान गरिएको जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीले बताए । यस वर्षदेखि कर्णाली नदी क्षेत्र, पश्चिम सेती, भेरी, दाङ बबई, नारायणी नदी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, बुढीगण्डकी र त्रिशूली नदीमा बाढीको पूर्वसूचना दिने उपकरण जडान गरिएको हो । पश्चिम राप्ती, कोसी नदीमा उपकरण राख्ने काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी जलाधार क्षेत्रमा परेको पानीको आधारमा बाढीको तीन दिनअघि पूर्वानुमान गर्न सकिने पराजुलीले बताए । ‘हामीले नदी वा खोलाको जलाधार क्षेत्रका ९० ठाउँमा वर्षामापन गर्ने उपकरण राखेका छौँ,’ उनले भने, ‘सोही वर्षाको आधारमा बाढी कति ठूलोसम्म आउन सक्छ भन्ने अनुमान गर्न सक्छौँ ।’ बाढीले अत्यन्तैै प्रभावित गर्ने नदी वा खोलाका जलाधार क्षेत्रमा वर्षामापन केन्द्रले दिएको सूचनाका आधारमा तीन दिनअघि सूचना दिइनेछ भने बाँकी नदीमा आठ घन्टाभन्दा अगाडि पूर्वसूचना दिन सकिने विभागले जनाएको छ ।

यस वर्ष औसत वर्षा हुने प्रक्षेपण 

यस वर्षको मनसुनमा औसत वर्षा हुने अनुमान गरिएको छ । गत वैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसमसम्बन्धी विज्ञहरूको दसौँ दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा यस वर्ष औसत वर्षा हुने अनुमान गरेको थियो । मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूार्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । ‘कम वर्षा हुने भन्दैमा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन,’ मौसमविद् कँडेलले भनिन्, ‘केही घन्टाको मुसलधारे वर्षाले ठूलो प्राकृतिक प्रकोप हुन सक्छ ।’ नेपालमा हरेक वर्ष जुन १० देखि मनसुन सुरु भई सेप्टेम्बर २३ सम्म सकिन्छ । नेपालमा यो चार महिनामा १४ सय मिलिमिटर पानी पर्छ ।

सबैभन्दा धेरै वर्षा पोखरामा 

जल तथा मौसम विज्ञान विभागको मंगलबार बेलुकासम्मको तथ्यांकअनुसार पोखरामा सबैभन्दा धेरै १७ दशमलव १ मिलिमिटर वर्षा भएको छ । दाङमा १५ दशमलव ४, ओखलढुंगामा १३ दशमलव ७ र काठमाडौंमा ११ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

हरेक वर्ष प्राकृतिक प्रकोपबाट पाँच सयको मृत्यु 

प्राकृतिक प्रकोपले मानवीयसँगै ठूलो मात्रामा धनजनको क्षति गर्दै आएको छ । हरेक वर्ष प्राकृतिक प्रकोपबाट करिब पाँच सयको ज्यान जाने गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार गत वर्ष प्राकृतिक प्रकोपबाट मात्र ४६७ को मृत्यु भएको थियो भने ७१९ घाइते भएका थिए । प्राकृतिक प्रकोपबाट ४९ बेपत्ता र १२ हजार ७२५ परिवार प्रभावित भएका थिए ।

सबैभन्दा धेरै मृत्यु पहिरोबाट 

गत वर्ष पहिरोबाट मात्र १४५ को मृत्यु भएको थियो । चट्याङबाट १ सय ७, बाढीबाट १ सय एक, आगलागीबाट ५०, महामारीबाट १८, लेक लागेर १६, डुंगा पल्टिएर सात, हिमपहिरोबाट एक र विविध गरी १२ को मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल