असार ७, काठमाडौं | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै बेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन्। ‘पार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ७, काठमाडौं | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै बेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन्। ‘पार"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुर्वराजा वीरेन्द्रबारे प्रचण्डको नयाँ खुलासा

२०७४, ७ असार बुधबार ०१:४१

असार ७, काठमाडौं | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै बेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन्। ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’को मंगलबार लोकार्पण गर्दै प्रचण्डले भने, ‘वीरेन्द्रको वंश विनाशपछि वार्ताको कडी टुट्यो, एउटा असली राजा र नाटकीय रूपमा आएका राजाले सोच्ने तरिका फरक हुँदोरहेछ। एउटा विद्रोही नेताको नाताले मैले त्यस्तै अनुभूति गरेँ ।’ 

प्रचण्डले राजकुमार दिक्पालको कथाको प्रसंग सुनाउँदै सक्कली र नक्कली राजाले सोच्ने तरिकामा फरक हुने विचार व्यक्त गरे। नक्कली राजा (ज्ञानेन्द्र शाह) ले परिस्थिति आफ्नो हातमा राख्न नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई आएको मौका समाउन नसक्दा दिल्लीमा १२ बुँदे समझदारी भएको खुलासा गरेका छन्। ‘१२ बुँदे समझदारी यता वा उताबाट भए पनि हुनैपर्ने थियो। त्यो जरुरी भइसकेको पनि थियो,’ प्रचण्डले भने, ‘ज्ञानेन्द्रले सकेनन्। राजाको हातमा आएको मौकासमेत उनले समाउन सकेनन् र १२ बुँदे समझदारी दिल्लीमा बन्न पुग्यो।’

जनयुद्ध सुरुवात गर्दा र शान्तिप्रक्रियामा आउने वातावरण राष्ट्रिय

अवस्थाले मात्र नभई अन्तर्राष्ट्रिय परिस्थितिले पनि निर्माण गरेको प्रचण्डले बताए। ‘युद्ध गर्ने र शान्तिप्रक्रियामा आउने वातावरण विल्कुल मनोगत रोमान्सका आधारमा मात्र भएको थिएन,’ उनले भने, ‘नेपाली समाजको विकास प्रक्रियाको आवश्यकता र अन्तर्राष्ट्रिय परिस्थिति सबैको वस्तुवादी विश्लेषणका आधारमा भएका थिए।’

१२ बुँदे समझदारीको वातावरण रोल्पामै

७ मंसिर ०६२ मा दिल्लीमा तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीचमा १२ बुँदे समझदारी भएको थियो। दिल्लीमा भएको उक्त सम्झौताको स्वदेशभित्र सम्झौता नगरी बाह्य मुलुकमा गरेको भन्दै वेलाबखत आलोचना हुँदै आएको छ। तर, प्रचण्डले १२ बुँदे समझदारी दिल्लीमा भए पनि त्यसको वातावरण भने रोल्पाको लोसेवाङ बैठकमै भएको दाबी गरे।

‘रोल्पाको लोसेवाङमा दुई दिन वार्ता गरेपछि १२ बुँदे समझदारी गर्ने रोल त्यसले निर्माण गरेको हो,’ प्रचण्डले भने, ‘कसैले माने वा नमाने पनि यो एउटा हिस्टोरिकल फेनामेना हो, यसैका कारण गणतन्त्र, धर्मरिनपेक्षता, संघीयता, समानुपातिक समावेशिताजस्ता मुद्दा नेपालमा सम्भव भएको छ। यो सामान्य परिघटना होइन, आलोचना गर्नेलाई वस्तुवादी भएर हिस्टोरिकल पर्सपेक्टिभमा रहेर गरियोस्।’

दलहरूले आँट नगरेपछि राजासँगै संवाद

शान्तिप्रक्रियाको सुरुवात गर्ने र संविधानसभाको निर्वाचन गर्ने विषयमा सिलगुढी बैठकमा अरू दलका नेताहरूलाई प्रस्ताव गरे पनि उनीहरूले आँट नगरेपछि राजासँगै संवादको प्रक्रिया सुरु गरेको प्रचण्डले खुलासा गरे। ‘सिलगुढी वार्ताको प्रस्तावमा राजालाई मनाउन नसकेर दलहरू सक्षम नदेखिएपछि आफूहरूले भरिया होइन, सीधै मालिकसँग वार्ता गर्ने प्रस्ताव राखेका थियौँ, त्यो निकै चर्चामा पनि रह्यो,’ प्रचण्डको भनाइ थियो, ‘राजालाई मनाउन दलहरू सक्षम नदेखिएपछि हामीले सीधै मालिकसँग वार्ता गर्ने प्रस्ताव राखेका थियौँ।’ – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ