असार ८, काठमाडौं | मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ८, काठमाडौं | मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको "/>

2026-09-22 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली विद्यार्थीले बनाए मंगलग्रहको उपग्रह ‘फोबोस’मा बासस्थल


असार ८, काठमाडौं | मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ । अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिस्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी) को संयुक्त समूह छनोट भएको हो । 

समूहमा थापाथली इन्जिनियरिङ क्याम्पसका राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक इन्जिनियरिङ क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर सम्मिलित छन् । प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीको समूहले ६ वटा सिलिन्डर आकारका नमुनाको डिजाइन तयार गरेको छ। समूहका सदस्य राजन भण्डारीले प्रत्येक सिलिन्डर १३ दशमलव ७ मिटर लम्बाई र ६ दशमलव ७ मिटर फराकिलो हुने बताए ।

एउटा सिलिन्डर बसोवासका लागि प्रयोग हुनेछ जसमा ६ जना बस्न सक्नेछन् । त्यसमा शौचालय, स्नानगृह, भान्साघरका साथै आराम तथा शारीरिक अभ्यासका लागि समेत स्थान छुट्ट्याइएको छ। दोस्रो सिलिन्डरमा मेडिकल र एस्ट्रोबोयोलोजी ल्याब हुनेछ । तेस्रो र चौथो सिलिन्डरमा अन्न उत्पादन गर्न सकिनेछ जहाँ धान, भटमास र सागको खेती हुनेछ । पाँचौं सिलिन्डरमा अभ्यास कक्ष हुनेछ भने छैटौं सिलिन्डरलाई स्टोरका रूपमा प्रयोग गर्न सकिन्छ ।

भण्डारीका अनुसार हरेक सिलिन्डरको चाप र ताप नियन्त्रण गरिएको छ । २५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम नरहने गरी डिजाइन गरिएको उनले जानकारी दिए । मोडल तयार गर्न ६ महिना लागेको थियो। विद्यार्थीलाई पुल्चोक क्याम्पसका सह-प्राध्यापक सुदीप भट्टराईले सुपरिवेक्षण गरेको थियो भने नेपाल एस्ट्रोनमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सहयोग गरेका थिए ।

विजेता विद्यार्थी समूह आफ्नो नमुनाबारे जानकारी राख्न आगामी सेप्टेम्बर एआईएएले आयोजना गरेको ‘स्पेस फोरम’ मा भाग लिन अमेरिका जानेछ । – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित