७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा गैरकानुनी कामदारले १० दिन भित्रै नाम दर्ता गर्नुपर्ने

८ असार २०७४, बिहीबार ०३:११

असार ८, मलेसिया | मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारको नाम दर्ता गराउन रोजगारदाताहरूलाई १० दिन (यही जुन ३०) को समय दिएको छ ।

नाम दर्ता नगरी काम दिइए जुन ३० पछि रोजगारदाताले कारबाही भोग्नुपर्ने चेतावनी मलेसियाली सरकारले दिएको छ । सरकारी समाचार संस्था ‘बर्नामा’ ले मलेसियाली अध्यागमन विभागका महानिर्देशक दातुक मुस्ताफिर अलीलाई उद्धृत गर्दै जुन ३० भित्र आफूसँग भएका गैरकानुनी कामदार दर्ता नगर्ने रोजगारदाताले कानुनी कारबाही बेहोर्नुपर्ने जनाएको छ । रोजगारदाता र कामदारले उक्त अवसरको सदुपयोग गर्नुको सट्टा ‘जरिवाना तिरपछि सबै ठीक हुन्छ’ भन्ने मनसायले ढुक्कै भएर बसेको भन्दै समयसीमाभित्रै दर्ता नगरे कडा कारबाही हुने पनि महानिर्देशक अलीले बताए ।

कतिपय रोजगारदाताले सरकारी प्रावधानविपरीत दर्ताबिनै रोजगारी दिंदै आएका छन् । गैरकानुनी कामदारलाई काम दिने रोजगारदातालाई १० हजारदेखि ५० हजार रिंगिटसम्म जरिवाना र एक वर्ष जेल वा दुवै सजाय हुने कानुनी प्रावधान छ । वैदेशिक रोजगारीका लागि नेपालीको समेत प्रमुख गन्तव्य मलेसियामा कानुनी रूपमा करिब ५ लाख नेपाली छन् । गैरकानुनी अवस्थामा कार्यरत पनि थुप्रै हुन सक्ने अनुमान छ । 

यस्तो छ दर्ता प्रक्रिया 

नाम दर्ता गराउन आफ्नो पूर्ण विवरण र रोजगारदाता कम्पनीको प्रतिनिधिसहित अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने प्रावधान छ । त्यसपछि रोजगारदाताले प्रतिकामदार ५ सय रिंगिट र कामदार स्वयंले ३ सय गरी ८ सय रिंगिट जरिवाना तिर्नुपर्नेछ । यसरी दर्ता हुन कामदार गैरकानुनी भएको कम्तीमा ६ महिना पुगेको, आपराधिक पृष्ठभूमि नभएको, संयुक्त राष्ट्रसंघमार्फत शरणार्थी परिचयपत्र नलिएको हुनुपर्नेलगायत नियम छन् । कामदारको बायोमेट्रिक विवरण दर्ता गरपछि विभागले त्यस्तो कार्ड उपलब्ध गराउछ । उक्त कार्डको म्याद आगामी वर्ष फेब्रुअरी १५ सम्म रहने जनाइएको छ । महानिर्देशक अलीका अनुसार त्यस्तो कार्ड गत जुन ७ सम्ममा १ लाख ४ हजार ५ सय ७ जना कामदारले लिइसकेका छन्। तीमध्ये हजारौं नेपाली रहेको अनुमान छ ।

दर्जन अवसर

मलेसियाले गत २००९ यता झन्डै दर्जनपटक यस्तो अवसर दिइसकेको छ । पछिल्लोपटक फेब्रुअरी १५ देखि यही जुन ३० सम्मका लागि अध्यागमन विभागमा दर्ता गराई ‘इन्फोर्समेन्ट कार्ड’ लिनुपर्ने नयाँ कार्यक्रम घोषणा गरको थियो ।  त्यसअघि उसले ‘रिहाइरिङ प्रोग्राम’ भनिने दर्ता कार्यक्रम सञ्चालन गरको थियो। उक्त कार्यक्रमको अवधि गत जनवरी १५ मा सकिएको थियो । लगत्तै फेब्रुअरी १५ बाट ‘पुनः भर्ना एवं स्थानान्तरण कार्यक्रम’ सुरु भएको हो ।  पटकपटक यस्ता अवसर ल्याए पनि गैरकानुनी कामदार मलेसियालाई पिरलो बन्दै आएको छ । गैरकानुनी विदेशी कामदारको संख्या घटाउन सफल भए पनि मलेसिया अपेक्षित रूपमा मुलुकबाटै हटाउन भने सफल छैन । बिचौलियाबाट हुने कामदार ठगी

नियन्त्रण गर्न यो प्रक्रिया प्रभावकारी भए पनि अझै लाखौं विदेशी कामदार दर्ताबिनै काम गरिरहेको अनुमान छ । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या