2026-07-25 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा गैरकानुनी कामदारले १० दिन भित्रै नाम दर्ता गर्नुपर्ने

असार ८, मलेसिया | मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारको नाम दर्ता गराउन रोजगारदाताहरूलाई १० दिन (यही जुन ३०) को समय दिएको छ ।

नाम दर्ता नगरी काम दिइए जुन ३० पछि रोजगारदाताले कारबाही भोग्नुपर्ने चेतावनी मलेसियाली सरकारले दिएको छ । सरकारी समाचार संस्था ‘बर्नामा’ ले मलेसियाली अध्यागमन विभागका महानिर्देशक दातुक मुस्ताफिर अलीलाई उद्धृत गर्दै जुन ३० भित्र आफूसँग भएका गैरकानुनी कामदार दर्ता नगर्ने रोजगारदाताले कानुनी कारबाही बेहोर्नुपर्ने जनाएको छ । रोजगारदाता र कामदारले उक्त अवसरको सदुपयोग गर्नुको सट्टा ‘जरिवाना तिरपछि सबै ठीक हुन्छ’ भन्ने मनसायले ढुक्कै भएर बसेको भन्दै समयसीमाभित्रै दर्ता नगरे कडा कारबाही हुने पनि महानिर्देशक अलीले बताए ।

कतिपय रोजगारदाताले सरकारी प्रावधानविपरीत दर्ताबिनै रोजगारी दिंदै आएका छन् । गैरकानुनी कामदारलाई काम दिने रोजगारदातालाई १० हजारदेखि ५० हजार रिंगिटसम्म जरिवाना र एक वर्ष जेल वा दुवै सजाय हुने कानुनी प्रावधान छ । वैदेशिक रोजगारीका लागि नेपालीको समेत प्रमुख गन्तव्य मलेसियामा कानुनी रूपमा करिब ५ लाख नेपाली छन् । गैरकानुनी अवस्थामा कार्यरत पनि थुप्रै हुन सक्ने अनुमान छ । 

यस्तो छ दर्ता प्रक्रिया 

नाम दर्ता गराउन आफ्नो पूर्ण विवरण र रोजगारदाता कम्पनीको प्रतिनिधिसहित अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने प्रावधान छ । त्यसपछि रोजगारदाताले प्रतिकामदार ५ सय रिंगिट र कामदार स्वयंले ३ सय गरी ८ सय रिंगिट जरिवाना तिर्नुपर्नेछ । यसरी दर्ता हुन कामदार गैरकानुनी भएको कम्तीमा ६ महिना पुगेको, आपराधिक पृष्ठभूमि नभएको, संयुक्त राष्ट्रसंघमार्फत शरणार्थी परिचयपत्र नलिएको हुनुपर्नेलगायत नियम छन् । कामदारको बायोमेट्रिक विवरण दर्ता गरपछि विभागले त्यस्तो कार्ड उपलब्ध गराउछ । उक्त कार्डको म्याद आगामी वर्ष फेब्रुअरी १५ सम्म रहने जनाइएको छ । महानिर्देशक अलीका अनुसार त्यस्तो कार्ड गत जुन ७ सम्ममा १ लाख ४ हजार ५ सय ७ जना कामदारले लिइसकेका छन्। तीमध्ये हजारौं नेपाली रहेको अनुमान छ ।

दर्जन अवसर

मलेसियाले गत २००९ यता झन्डै दर्जनपटक यस्तो अवसर दिइसकेको छ । पछिल्लोपटक फेब्रुअरी १५ देखि यही जुन ३० सम्मका लागि अध्यागमन विभागमा दर्ता गराई ‘इन्फोर्समेन्ट कार्ड’ लिनुपर्ने नयाँ कार्यक्रम घोषणा गरको थियो ।  त्यसअघि उसले ‘रिहाइरिङ प्रोग्राम’ भनिने दर्ता कार्यक्रम सञ्चालन गरको थियो। उक्त कार्यक्रमको अवधि गत जनवरी १५ मा सकिएको थियो । लगत्तै फेब्रुअरी १५ बाट ‘पुनः भर्ना एवं स्थानान्तरण कार्यक्रम’ सुरु भएको हो ।  पटकपटक यस्ता अवसर ल्याए पनि गैरकानुनी कामदार मलेसियालाई पिरलो बन्दै आएको छ । गैरकानुनी विदेशी कामदारको संख्या घटाउन सफल भए पनि मलेसिया अपेक्षित रूपमा मुलुकबाटै हटाउन भने सफल छैन । बिचौलियाबाट हुने कामदार ठगी

नियन्त्रण गर्न यो प्रक्रिया प्रभावकारी भए पनि अझै लाखौं विदेशी कामदार दर्ताबिनै काम गरिरहेको अनुमान छ । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक