२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनप्रतिनिधिको पहिलो निर्णय: आफैलाई १२ लाखको मोबाइल

२०७४, ९ असार शुक्रबार ०२:५५

असार ९, काठमाडौं । काठमाडौं महानगरपालिकाका ४० जनप्रतिनिधिले मोवाइल फोन खरिदको लागि प्रति व्यक्ति ३० हजार रुपैयाँ बुझेका छन् । 

३२ वडाका वडाध्यक्ष र नगर कार्यपालिकाका ८ सदस्यले ३० हजार रुपैयाँको दरले १२ लाख रुपैयाँ बुझेका हुन् । जनप्रतिनिधिले जनताकै करबाट उठेको रकमबाट मोवाइल खरिद गर्न लागेका हुन्।

जनताको काम गर्न मोवाइल फोन आवश्यक पर्ने भन्दै मोवाइल फोन खरिदको लागि सम्बन्धित वडा कार्यालयमा बजेट पठाइसकेको महानगरपालिकाले जनाएको छ ।

मोवाइल खरिद गर्ने निर्णय मंगलबार बसेको नगर कार्यपालिका बैठकले गरेको महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए ।

पौडेलले भने–‘४० जनप्रतिनिधिलाई मोवाइल फोन र सिम कार्ड खरिदको लागि बजेट व्यवस्था गरिएको हो, सहज ढंगले जनताको काम गर्नको लागि मोवाइल आवश्यक पर्ने हुँदा यसलाई सामान्य रुपमा लिनुपर्छ ।’ -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ