पढ्न करिब 1 मिनेट लाग्छ

असार १०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो ।

चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै थिए ।

डडेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नम्बर १ मटेलामा हो, प्रधानमन्त्री देउवाको गाउँ । यो गाउँपालिकामा माओवादीका अध्यक्ष पदका प्रत्याशी भण्डारीले देउवाको वडाको हिसाब–किताब गर्दै थिए ।

यो वडामा २ हजार ८ सय मतदाता छन् । साविकको असिग्राम गाविस अहिले गाउँपालिका भइसकेको छ । यही असिग्राम गाउँको खोलापारि मटेलामा देउवाको पुख्र्यौली घर छ । देउवाका आफन्त त्यही बस्छन् ।

गाउँलेहरु देउवा देश बनाउन लागेको र आफूहरु गाउँ बनाउन लागिपरेको बताउँछन् । -अन्नपूर्ण पोस्ट दैनिक