असार १०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो ।

चिया झुपडीको पुरानो बेन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो ।

चिया झुपडीको पुरानो बेन"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाका भाइ माओवादीका उम्मेद्वार

२०७४, १० असार शनिबार ०२:५६


असार १०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो ।

चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै थिए । डलेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नंं. १ मटेलामा हो प्रधानमन्त्री देउवाको गाउँ । यो गाउँपालिकामा माओवादीका अध्यक्ष पदका प्रत्याशी भण्डारीले देउवाको वडाको हिसाब–किताब गर्दै थिए । यो वडामा २ हजार ८ मतदाता छन् । साविकको आसखर्क गाविस अहिले गाउँपालिका भइसकेको छ । यही आसखर्क गाउँको खोलापारि मटेलामा देउवाको पुख्र्यौली घर छ । देउवाका आफन्त भने त्यहीँ बस्छन् ।

माओवादीका उम्मेदवार भण्डारीले मतदाताको हिसाब गर्दा आफैंले जित्ने आँकडा पाए । नजिकैका अर्का एकजनाले जवाफ फर्काए ‘लौ अब किन प्रचार गर्नुप¥यो र, तमिले जितिगयौ’, भण्डारी मुस्कुराए । त्यही बगलमा लठ्ठी टेक्दै एक वृद्ध मिसिन आइपुगे । उनी देउवाका आफन्ती भाइ, धर्मसिंह देउवा थिए ।

चियापसलमै गफिइरहेका एकजनाले जिस्क्याए ‘च्या खान्या हो, माउवादीको….? ‘ देउवाले जवाफ फर्काए ‘च्या पनि माओवादी र कांग्रेसको होला र ? , त्यो ता भोटका बेला मात्रै हो ।’ प्रधानमन्त्रीको घर कहाँनेर त ? प्रश्न खस्न नपाउँदै देउवाले भण्डारीतिर औंलो देखाएर भने, ‘त्यहाँ थियो, माओवादीले जलाइदिए…’ भण्डारी मुस्काइरहेका थिए ।

नाताले भाइभाइका छोरा पर्ने धर्मसिंह देउवाले आफ्ना भाइ शेरबहादुर देउवालाई दुई महिनाअघि मात्रै काठमाडौंमै भेटेका थिए । त्यसपछि प्रधानमन्त्री भए । धर्मसिंह पनि ०२६ सालदेखि ०३६ सालसम्म लगातार दुईपटक गाउँका प्रधानपञ्च थिए । ०३६ सालमा भएको जनमतसंग्रहका बेला उनले राजीनामा दिए । त्यसपछि ०४८ सालमा भएको निर्वाचनमा कांग्रेसका तर्फबाट उनी सभामुख पनि हुनुभएको थियो । देउवाको गाउँमा अहिलेसम्म कांग्रेसले हारेको छैन । त्यसैले पनि चुनाव जित्नेमा ढुक्क छन् कांग्रेसी । यो वडाबाट कांग्रेसका प्रत्याशी अध्यक्ष चेतराज भट्ट भन्छन्, ‘संगठन पहिलादेखि नै बलियो हो, हामीले जित्छौं हामीले हार्ने चान्सै छैन ।’ उनीसँग एमालेका रामचन्द्र जैशी र माओवादीका विक्रमबहादुर देउवा चुनावमा भिड्दै छन् । विक्रम शेरबहादुरकै काकाका छोरा हुन् ।

बीस वर्ष अघिको चुनाव सम्झिँदै शेरबहादुरका भाइ धर्मराज भन्छन्, ‘२० वर्षपछि यो बुढ्यौलीमा फेरि भोट हाल्न पाइने भो, त्यो चुनाव र यो चुनावमा हेर्दा जना धेरै बाठा भइसक्याछन् ।’ त्यहीबेला एक हुल महिला रोपाइँ सकेर फर्कंदै थिए । महिला मतदाता पनि कम देखिएनन् ।

उनीहरूलाई चुनावले त उत्साहित गराएको छ नै त्यसमा पनि प्रधानमन्त्रीको गाउँका महिला, अलि सचेत नै देखिए । एकजना महिला कमली सार्की भनिन्, ‘अब ता पैलाजस्तो काँ हुन्छ र, भोट त राजेर हाल्न्या हो, अरूले भन्ने हुन्न ।’ पहिलाजस्तो गाउँको वा घरको नेताले भनेर अब भोट नहाल्ने उनको भनाइ थियो । ‘टाइम त फेरियो नि, यी अब प्रधानमन्त्रीसँगै भोट हाल्न पाइने भो ।’

प्रधानमन्त्रीले गाउँकै आसखर्क उच्च माविको मतदान केन्द्रमा मतदान गर्नेछन् । त्यसका लागि प्रधानमन्त्री देउवा पत्नी आरजुसहित शनिबार डडेल्धुरा आइपुग्ने कार्यक्रम छ । शनिबार दिउँसो जोगबुढाको परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गरेपछि उनी सदरमुकाम अमरगढी बस्नेछन् ।

केही दिन पार्टीका कार्यकर्ता भेटघाटलगायत अन्य कार्यक्रममा व्यस्त रहने देउवा १४ गते आफ्नै टोलको मतदान केन्द्रमा पुगेर मतदान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री भोट हाल्न गाउँ आउने भएपछि सदरमुकामदेखि उनको गाउँसम्म जाने बाटोमा डोजर लगाउने तयारी भएको छ ।

हिउँदको बेलामा दिनको एक समय जिप मात्रै चल्नसक्ने उनको गाउँको बाटोमा वर्षायाममा गाडी चल्न सक्दैन । अहिले पनि बाटो केही बिग्रिसकेको छ। देउवाको पुख्र्यौली घरको खोलापारि जाने त झन् बाटो पनि छैन । एउटा सानो झोलुंगे पुल बनेपछि बल्ल त्यहाँ जान सजिलो भएको छ ।

चार/चार पटक प्रधानमन्त्री भइसकेका देउवाको आफ्नै गाउँको बाटो किन यस्तो त ? दुईपटकसम्म प्रधानपञ्च भइसकेका उनका भाइ धर्मसिंहले भने, ‘ऊ त सानैबाट देशको अनि सारा देशका जनताको विकास हेर्ने भैगो, अब गाउँको विकास त हाम्ले गर्ने हो ।’ घरका महिलाजति सबै रोपाइँमा व्यस्त छन् ।

युवाहरू आफू समर्थक पार्टीको चुनावी प्रचारमा टाढाटाढा गाउँगाउँ पुगेका छन् । त्यसैले देउवाको टोल अहिले सुनसानजस्तै छ । वरिपरिका घरहरू ठडिएका छन् । तर, देउवा जन्मिएको घर भने युद्धकालमै माओवादीले ध्वस्त पारिदिएको थियो ।  -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ