असार ११, काठमाडौं | सरकारी कारोबार अब नगदमा गर्न नपाइने भएको छ । कर्मचारी र सेवाग्राहीबीच हुने अनधिकृत लेनदेन, अनौपचारिक अर्थतन्त्र नियन्त्रण र सम्बन्धित व्यक्तिको र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ११, काठमाडौं | सरकारी कारोबार अब नगदमा गर्न नपाइने भएको छ । कर्मचारी र सेवाग्राहीबीच हुने अनधिकृत लेनदेन, अनौपचारिक अर्थतन्त्र नियन्त्रण र सम्बन्धित व्यक्तिको र"/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सरकारी भुक्तानी नगदमा गर्न नपाइने

२०७४, ११ असार आईतवार ०२:५६

असार ११, काठमाडौं | सरकारी कारोबार अब नगदमा गर्न नपाइने भएको छ । कर्मचारी र सेवाग्राहीबीच हुने अनधिकृत लेनदेन, अनौपचारिक अर्थतन्त्र नियन्त्रण र सम्बन्धित व्यक्तिको रकम सम्बन्धितकै खातामा पुर्याउन कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने भएको हो। 

निजी क्षेत्रलाई भुक्तानी, तलब भत्ता (औषधि उपचारदेखि बिदा शुल्क) र वृद्धवृद्धालाई वितरण गरिने सामाजिक सुरक्षा भत्ताको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्नेछ । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने सम्बन्धमा अर्थ मन्त्रालयलाई सबै सरकारी निकायलाई उक्त पत्राचार गरिसकेको छ । अनौपचारिक कारोबार निरुत्साहित गर्न सरकारले सिंहदरबारभित्र सरकारी भुक्तानी अनलाइनबाट कार्यान्वयन गरिसकेको छ । ‘अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रणमा ल्याउन सरकारी निकायको भुक्तानी अनिवार्य बैंकिङ प्रणालीबाट गर्नुपर्ने व्यवस्था गरका हौ ।’ अर्थसचिव शान्तराज सुवेदीले भने, ‘सिंहदरबारमा जस्तै सरकारी रकम भुक्तानी अनलाइनबाटै मात्र गर्ने व्यवस्था क्रमिक रूपमा अन्य सरकारी निकायमा पनि विस्तार गर्नेछौं ।’ अधिकांश सरकारी निकायले भुक्तानीका लागि बैंकिङ प्रणाली नै प्रयोग गर्ने गर पनि स्पष्ट नीति निर्देशन भने बनिसकेको थिएन । ‘स्थानीय तहबाट वितरण हुने समाजिक सुरक्षा भत्ता, तलब, निवृत्तिभरण नगदमै हुने गरको थियो। अब यी शीर्षकमा पनि नगद कारोबार नहोस् भन्ने मुख्य उद्देश्य हो,’उनले भने, ‘यसबाहेक अन्य सेवाबापतको भुक्तानी बैंकिङ प्रणालीबाटै गर्नुको उद्देश्य अनौपचारिक अर्थतन्त्रको दायरालाई नियन्त्रण गर्नु पनि हो।’

कमिसन, सेवाबापतको घूस, कर नतिरको रकम शुद्धीकरण गर्ने प्रवृत्ति कम गर्न आगामी साउन १ गतेदेखि निजी तथा सरकारी निकायबाट हुने कुनै पनि ठूलो कारोबार (१० लाखभन्दा बढी) नगदमा गर्न नपाइने व्यवस्था सरकारले लागू गरिसकेको छ । 

सम्पत्ति खरिद–बिक्री, ऋण तथा सापटी, सेवाबापतको भुक्तानीलगायतका जुन कुनै कारोबारमा काम गर्दा दस लाख रुपैयाभन्दा बढी हुन गएमा बैंकिङ प्रणाली नै अपनाउनुपर्ने बाध्यात्मक व्यवस्था सरकारले गरको हो। यसअघि ३० लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्य बैंकिङ प्रणाली अपनाउनुपर्ने व्यवस्था थियो । यसै वर्ष यसलाई संशोधन गर्दै राजपत्रमा सूचना प्रकाशित गरी १० लाखको सीमा तोकिएकाले उक्त व्यवस्था साउन एक गतेदेखि कार्यान्वयन हुने जनाइएको छ ।- कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त