असार ११, काठमाडौं | सरकारी कारोबार अब नगदमा गर्न नपाइने भएको छ । कर्मचारी र सेवाग्राहीबीच हुने अनधिकृत लेनदेन, अनौपचारिक अर्थतन्त्र नियन्त्रण र सम्बन्धित व्यक्तिको र"/> Sajhasabal असार ११, काठमाडौं | सरकारी कारोबार अब नगदमा गर्न नपाइने भएको छ । कर्मचारी र सेवाग्राहीबीच हुने अनधिकृत लेनदेन, अनौपचारिक अर्थतन्त्र नियन्त्रण र सम्बन्धित व्यक्तिको र"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सरकारी भुक्तानी नगदमा गर्न नपाइने

११ असार २०७४, आईतवार ०२:५६

असार ११, काठमाडौं | सरकारी कारोबार अब नगदमा गर्न नपाइने भएको छ । कर्मचारी र सेवाग्राहीबीच हुने अनधिकृत लेनदेन, अनौपचारिक अर्थतन्त्र नियन्त्रण र सम्बन्धित व्यक्तिको रकम सम्बन्धितकै खातामा पुर्याउन कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने भएको हो। 

निजी क्षेत्रलाई भुक्तानी, तलब भत्ता (औषधि उपचारदेखि बिदा शुल्क) र वृद्धवृद्धालाई वितरण गरिने सामाजिक सुरक्षा भत्ताको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्नेछ । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने सम्बन्धमा अर्थ मन्त्रालयलाई सबै सरकारी निकायलाई उक्त पत्राचार गरिसकेको छ । अनौपचारिक कारोबार निरुत्साहित गर्न सरकारले सिंहदरबारभित्र सरकारी भुक्तानी अनलाइनबाट कार्यान्वयन गरिसकेको छ । ‘अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रणमा ल्याउन सरकारी निकायको भुक्तानी अनिवार्य बैंकिङ प्रणालीबाट गर्नुपर्ने व्यवस्था गरका हौ ।’ अर्थसचिव शान्तराज सुवेदीले भने, ‘सिंहदरबारमा जस्तै सरकारी रकम भुक्तानी अनलाइनबाटै मात्र गर्ने व्यवस्था क्रमिक रूपमा अन्य सरकारी निकायमा पनि विस्तार गर्नेछौं ।’ अधिकांश सरकारी निकायले भुक्तानीका लागि बैंकिङ प्रणाली नै प्रयोग गर्ने गर पनि स्पष्ट नीति निर्देशन भने बनिसकेको थिएन । ‘स्थानीय तहबाट वितरण हुने समाजिक सुरक्षा भत्ता, तलब, निवृत्तिभरण नगदमै हुने गरको थियो। अब यी शीर्षकमा पनि नगद कारोबार नहोस् भन्ने मुख्य उद्देश्य हो,’उनले भने, ‘यसबाहेक अन्य सेवाबापतको भुक्तानी बैंकिङ प्रणालीबाटै गर्नुको उद्देश्य अनौपचारिक अर्थतन्त्रको दायरालाई नियन्त्रण गर्नु पनि हो।’

कमिसन, सेवाबापतको घूस, कर नतिरको रकम शुद्धीकरण गर्ने प्रवृत्ति कम गर्न आगामी साउन १ गतेदेखि निजी तथा सरकारी निकायबाट हुने कुनै पनि ठूलो कारोबार (१० लाखभन्दा बढी) नगदमा गर्न नपाइने व्यवस्था सरकारले लागू गरिसकेको छ । 

सम्पत्ति खरिद–बिक्री, ऋण तथा सापटी, सेवाबापतको भुक्तानीलगायतका जुन कुनै कारोबारमा काम गर्दा दस लाख रुपैयाभन्दा बढी हुन गएमा बैंकिङ प्रणाली नै अपनाउनुपर्ने बाध्यात्मक व्यवस्था सरकारले गरको हो। यसअघि ३० लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्य बैंकिङ प्रणाली अपनाउनुपर्ने व्यवस्था थियो । यसै वर्ष यसलाई संशोधन गर्दै राजपत्रमा सूचना प्रकाशित गरी १० लाखको सीमा तोकिएकाले उक्त व्यवस्था साउन एक गतेदेखि कार्यान्वयन हुने जनाइएको छ ।- कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय