असार १८, दाङ । तुलसीपुरका ५९ वर्षीया व्यापारी राजकुमारमा श्रेष्ठको अपहरण र हत्याका प्रमुख योजनाकार नेपाली सेनाका पूर्वहवल्दार रहेको थाहा भएको छ।

टिकार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १८, दाङ । तुलसीपुरका ५९ वर्षीया व्यापारी राजकुमारमा श्रेष्ठको अपहरण र हत्याका प्रमुख योजनाकार नेपाली सेनाका पूर्वहवल्दार रहेको थाहा भएको छ।

टिकार"/>

2026-06-19 08:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका व्यापारी श्रेष्ठ अपहरण र हत्या गर्ने नेपाली सेनाका पूर्व हवल्दार

2017-07-02


असार १८, दाङ । तुलसीपुरका ५९ वर्षीया व्यापारी राजकुमारमा श्रेष्ठको अपहरण र हत्याका प्रमुख योजनाकार नेपाली सेनाका पूर्वहवल्दार रहेको थाहा भएको छ।

टिकाराम घर्तीले आफ्नी १७ वर्षिय छोरी पूजा घर्तीलााई प्रयोग गरेर श्रेष्ठको अपहरण र हत्या गरेको खुलेको हो। ४० वर्षीय घर्तीले उपदान लिएर सेनाको जागिर छोडेको प्रहरीले बताएको छ। पेन्सन हुन झण्डै दुई वर्ष बाँकी छँदा लगभग दुई वर्षअघि उनले नेपाली सेनाको जागिर छोडेका थिए। हाल घर्ती र उनकी छोरी दुबै फरार छन्।

पूजाले जेठ २६ गते साँझ व्यापारी राजकुमार श्रेष्ठलाई फोन गरेर सल्यान घुम्न जाने प्रस्ताव गरेकी थिईन्। सो प्रस्ताव मानेर गएका श्रेष्ठ अपहरणमा परेका थिए। श्रेष्ठ र युवती बिचको संम्बन्धका बिभिन्न आयाम बारे पनि प्रहरीले अनुसन्धान शुरु गरेको नारायण खड्काले सेतोपाटी अनलाइनमा लेखेका छन् ।

पुजाको एक फोनमै श्रेष्ठ उनको पछि लाग्नुले उनीहरू बीचको सम्वन्ध यसअघि पनि थियो कि भन्ने आशंका गरिएको छ। २६ जेठमा श्रेष्ठकी श्रीमती माईत गएको समयमा पूजाले श्रेष्ठलाई फोन गरेर सल्यान घुम्न जानका लागि प्रस्ताव गरेको र उनले सो प्रस्ताव स्वीकार गरेको प्रहरीले दाबी गरेको छ। श्रेष्ठ निजी कारमा पुजालाई राखेर साँझमा निस्कनुले उनीहरुका बीच सम्बन्धको घनिष्टतालाई संकेत गरेको प्रहरीले दावी गरेको छ।

यही सम्वन्धको उपयोग गरेर श्रेष्ठको अपहरण भएको हुनसक्ने दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले बताए।

अपहरणमा संलग्न भएको आरोप लागेका तुलसीपुर उपमहानगरपालिका वडा नं १२ टरिगाउँ एयरपोर्ट छेउ घर भएका २५ वर्षीय कमल भन्ने अविरल महतरा र टीकाराम घर्तीको गाउँ पनि एउटै रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।

महतराकै बयानको आधारमा असार १६ गते प्रहरीले श्रेष्ठको शव सल्यानको घना जंगलमा फेला पार्न सकेको थियो। महतरा गत पुस माघ तिर मात्रै खाडी मुलुकवाट घर फर्किएका व्यक्ति हुन्। उनलाई नजिकबाट चिन्नेहरूका अनुसार यसअघि उनको जीवन सामान्य थियो। कुनै अपराधिक क्रियाकलापमा संलग्नताबारे थाहा नभएको छिमेकीहरू समेत बताउँछन्। महतरा पनि लालच कै कारण श्रेष्ठको अपहरण र हत्या जस्तो जघन्य अपराधमा सम्लग्न भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

पूजाका बाबुछोरीसँगै श्रेष्ठको अपहरण र हत्याका अर्का प्रमुख योजनाकार सल्यान झिम्पेका ३५ बर्षीय मानबहादुर भण्डारी रहेको आशंका गरेको छ। भण्डारीको घर भएको क्षेत्रबाटै श्रेष्ठको शव फेला परेको थियो। दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले भण्डारी हात हतियार तथा खरखजाना मुद्दामा दुई वर्ष सुर्खेत जिल्लामा जेल जिवन विताएका व्यक्ति हुन्।

यसैगरी श्रेष्ठसँगै अपहरणमा परेका भनिएका घोराहीका अर्का युवा रणबहादुर घर्तीको अवस्था भने हालसम्म अज्ञात छ। उनी पनि पटक/पटक जेल परेका व्यक्ति हुन्। उनको पनि श्रेष्ठ अपहरणमा मिलेमतो छ कि भन्ने आशंका प्रहरीले गर्दै आएको छ । घर्ती अहिले फरार छन्।

यी लगायत श्रेष्ठको अपहरण र हत्यामा संलग्न रहेको भन्दै चार जना अभियुक्तलाई प्रहरीले श्रेष्ठको शव फेला परेकै दिन पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेको छ। उक्त पत्रकार सम्मेलनमा प्रहरीले कास्की र धादिङ लगायतका जिल्लाका केही आपराधिक व्यक्तिहरुको समेत श्रेष्ठ अपहरण र हत्या काण्डमा संलग्नता देखिएको जानकारी दिएको थियो।

पोखरा र धादिङ प्रहरीको सहयोगमा उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पूजासहित फरार सबैको नाम इन्टरपोलमा  पठाएर खोजीलाई तीब्र पारेको र छिट्टै पक्राउ पर्ने विश्वास दिलाएको छ।

प्रहरीले श्रेष्ठको अपहरणको मुख्य कारण पैसाकै लागि भएको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो।

यसरी भएको थियो व्यापारी श्रेष्ठको अपहरण

जेठ २६ गते शुक्रबार अपरान्ह रोटरी क्लब अफ तुलसीपुरको बैठक डाकिएको थियो। उनी त्यही बैठकमा सहभागी थिए। बैठकमै रहँदा उनको फोनको घन्टी बज्यो।

फोन थियो, १७ वर्षीया पूजा घर्ती मगरको। पूजाले घुम्न जाउँ भनेर प्रस्ताव राखेपछि व्यापारी श्रेष्ठ बैठक सकेर घरमा पुगे। केहीबेरमा आउँछु भनेर बा ११ च १०७१ नम्बरको कार लिएर घरबाट निस्किएका थिए श्रेष्ठ।

युवतीलाई तुलसीपुरको वीरेन्द्र चोकदेखि उत्तरतिर सल्यान रोडबाट गाडीमा राखे, अनि लागे सल्यानतिर। ‘चिनेजानेकै युवती भएकाले पनि ढुक्क भएर व्यापारी श्रेष्ठ कपुरकोटतिर गएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने। प्रहरीका अनुसार श्रेष्ठका अपहरणमा युवतीको प्रयोग गरिएको समेत पुष्टि भएको छ। व्यापारी श्रेष्ठ अपहरणमा परेको भने भोलिपल्ट मात्रै थाहा भएको थियो।

व्यापारी श्रेष्ठकी पत्नीले आफ्ना श्रीमान शुक्रबारदेखि नै घर पनि नआएको र सम्पर्कविहीन भएको खबर प्रहरीलाई जानकारी गराएपछि उनको अपहरण भएको खुलेको थियो। जेठ २६ गते साँझ घर अलिक पछि आउँछु भनेर निस्किएका पति श्रेष्ठ भोलिपल्ट दिउँसोसम्म घर नआएपछि पत्नीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा खबर गरेकी थिइन्।

त्यसपछि व्यापारी श्रेष्ठको खोजीमा खटिएको प्रहरीको टोलीले जेठ २७ गते श्रेष्ठ सवार बा १२ च १०७१ नम्बरको कार सल्यानको कपुरकोट गाउँपालिकास्थित सिनबाङ र रिमको बीचमा पर्ने जंगलमा हावा फुस्काइएको अवस्थामा फेला परेको थियो। उनको कारसँगै भारतीय नम्बर प्लेटको कार पनि सोही स्थानमा फेला परेपछि भने प्रहरी व्यापारी श्रेष्ठ अपहरणमा परेको निष्कर्षमा पुगेको थियो।

फिरौती दिन्छौं भन्दा  भन्दै  हत्या?

अपहरणकारीले व्यापारी श्रेष्ठको आवाजमा भ्वाइस रेकर्ड गरेर फोनमा श्रेष्ठका परिवारलाई पठाएका थिए। परिवारलाई पठाइएको भ्वाइस क्लिपमा ‘आफू सकुसल रहेको र मुक्तिका लागि तीन करोड रुपैयाँ दिनू’ भन्ने उल्लेख थियो। प्रहरीका अनुसार तीन करोड रकम फिरौती दिन श्रेष्ठको परिवार सहमत भइसकेको थियो। तर, उनी त्यही दिन अचेत भएपछि सबै फस्ने डरले ढुंगाले थिचेर हत्या गरेको अभियुक्तहरुले बयानमा भनेका छन्।

‘व्यापारी श्रेष्ठ अचेत भएर बिरामी परेपछि अस्पताल पनि लैजान नसकिने र त्यत्तिकै छोडेर जाँदा पछि आफूहरुलाई अप्ठेरो पर्न सक्ने भएपछि ओडारजस्तो ठाउँमा लगेर ढुंगाले थिचेर हत्या गरेका हौं,’ अभियुक्त महतराले आफ्नो बयानमा भनेका छन्।

एसपी लोहनीले अपहरणका प्रमुख योजनाकार टिकाराम घर्ती मगर जंगलमा नआएको र बिरामी भएर अचेत बनेका व्यापारी श्रेष्ठलाई त्यसै छोडेर जाँदा आफूहरु फस्ने डरले हत्या गरेको अभियुक्तहरुले बयान दिएको बताए। उनले व्यापारी श्रेष्ठको हत्या पैसा उठाउने उद्देश्य अनुसार नै गरिएको बताए।

बिरामी भएर अचेत भएपछि गरिएको थियो हत्या

मधुमेहका बिरामी व्यापारी श्रेष्ठ जंगलमा भोकै भएपछि बेला बेलामा अचेत हुने गरेको पक्राउ परेका अभियुक्त तुलसीपुर–१२ का कमल उर्फ अबिरल महतराले प्रहरीलाई दिएको बयानमा उल्लेख छ।

महतराले प्रहरीलाई दिएको बयानमा श्रेष्ठको परिवार तीन करोड रुपैयाँ फिरौती दिन सहमत भइसकेको थियो। तर, छत्रेश्वरी गाउँपालिकाको घनाजंगलमा व्यापारी श्रेष्ठ मधुमेह बढेर अचेत भएर लडेपछि सबै फस्ने त्रासका कारण ढुंगाले थिचेर हत्या गरिएको महतराले दिएको बयानमा उल्लेख छ।

अपहरणमा परेको तीन दिनसम्म श्रेष्ठलाई केही खाने कुरा दिएका थिएनन्। ‘मधुमेहका बिरामी त्यसमा छिन छिनमा भोक लाग्ने भएकाले पनि व्यापारी श्रेष्ठ बेला बेलामा अचेत भएर लड्न गर्दथें,’ अभियुक्त महतराले बयानमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी