असार २०, पोखरा । दाङको तुलसिपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष राजकुमार श्रेष्ठ जेठ २६ गते बेपत्ता भए ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २०, पोखरा । दाङको तुलसिपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष राजकुमार श्रेष्ठ जेठ २६ गते बेपत्ता भए ।&nbs"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका व्यवसायी श्रेष्ठ हत्याको खुलासा पोखराबाट यसरि भयो

२०७४, २० असार मंगलवार १०:२१


असार २०, पोखरा । दाङको तुलसिपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष राजकुमार श्रेष्ठ जेठ २६ गते बेपत्ता भए । 

त्यस दिन साझा रोटरी क्लब अफ तुलसीपुरको बैठकमा सहभागी श्रेष्ठको ७ बजेपछि मोबाइल अफ भयो । बा११च १०७१ नम्बरको कार लिएर घरबाट निस्किएका श्रेष्ठ त्यो रात घर नअएपछि परिवार आत्तिनु स्वाभाविकै थियो । तीन दिन बितिसक्दा समेत श्रेष्ठ घर फर्केनन् । तर उनको खबर भने परिवारकहाँ आयो । श्रेष्ठ अपहरणमा परेको भन्दै फिरौतीका लागि ३ करोड व्यवस्था नगरे ज्यान नरहने धम्कीपूर्ण खबर आयो ।

ज्यानभन्दा ठूलो पैसा होइन भन्दै फिरौती तिर्ने निर्णय परिवारले गरे । पैसा कहाँ दिने कसलाई दिने केही टुंगो भएन । श्रेष्ठ अपहरणमा परेको कुरा प्रहरी र सर्वसाधारणलाई समेत थाहा भयो । प्रहरी उनको खोजीमा लाग्यो तर उनी कहाँ छन् भनेर कुनै सुइँको पाएनन् । प्रहरीले व्यापारी श्रेष्ठको अवस्थाबारे जानकारी दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने समेत घोषणा ग¥यो, तर परिणाम शून्य रह्यो ।

घटना अनुसन्धान गर्न नेपाल प्रहरीले चार सदस्यीय समिति गठन ग¥यो । अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहको संयोजकत्वमा गठित समितिमा दाङ, सल्यान र बाँकेका प्रहरी प्रमुख सदस्य रहे । समितिले पनि घटनाको अनुसन्धानमा पाइला चाल्यो । घटना अञ्चलमा मात्र सीमित रहने कुनै भएन ।

अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट समेत टोली खटियो । टोलीले घटनाको सुक्ष्म अनुसन्धान सुरु ग¥यो । कलडिटेलको आधारमा प्रहरीले कडी फेला पा¥यो । अपहरणको घटनामात्र  नभएर हत्याको घटना त्यति बेला बाहिर आयो जब टोली पोखरा आएर २ जनालाई पक्राउ ग¥यो ।

असार १३ गते शंकास्पद व्यक्तिलाई पक्राउ गर्न पोखरा आएको टोलीले वडा प्रहरी कार्यालय बगरसँग सहयोग माग्यो । इन्स्पेक्टरको कमान्डमा २ सई र एक हबल्दार अनुसन्धानको क्रममा पोखरा आएकै दिन माछापुच्छे« गाउँपालिका–४ लाहाचोक पुग्यो तर कसैलाई पक्राउ गरेन । व्यापारी श्रेष्ठको अपहरणमा संलग्न रहेको भन्ने बलियो कडी पाएको टोली भोलिपल्ट फेरि असार १४गते लाहाचोक पुग्यो ।

त्यसदिन टोलीले त्यहाँबाट ५ जनालाई पक्राउ गरेर वडा प्रहरी कार्यालय बगर ल्यायो । प्रारम्भिक सोधपुछ गरेपछि टोलीले दुईजना रुवत थापा मगर र अविरल महतरालाई दाङ लग्यो । पोखरामा केही नबोलेका ती २ जनाले दाङ पुगेपछि घटनाको सिलसिला एकपछि अर्को गर्दै फुकाए । लाहाचोकमा उनीहरु आफन्तकहाँ लुकेर बसेका रहेछन् । दाङबाट ३ वर्षअघि ज्याला मजदुरी गर्न लाहाचोक आइपुगेका आफन्तकहाँ आएका रहेछन् उनीहरु ।

व्यापारी श्रेष्ठको अपहरणपछि हत्या गरी भागेर यी २ सोझै लाहाचोक आएको खुलाए । उनीहरुकै बयानको आधारमा दाङ प्रहरीले श्रेष्ठको शव फेला पा¥यो ।

अपहरणको सुरुआत एक युवतीबाट भयो । जेठ २६ गते साँझ जब श्रेष्ठ रोटरी क्लब अफ तुलसीपुरको बैठकमा थिए उनलाई लगातार फोन आयो । बैठकबाट बाहिर निक्लिएर उनले फोन उठाए । उनलाई कल गर्ने अरु कोही थिइनन् उनले चिनैकै दाङ तुल्सीपुरकी १७ वर्षीया पूजा घर्ती मगर थिइन् । पूजाको बुबा निर्मल उर्फ टीकाराम घर्ती मगरकै योजना अनुसार फोन श्रेष्ठलाई आयो ।

विगतमा पनि उनीहरु बिच पटकपटक फोन सम्पर्क हुँदोरहेछ । त्यसदिन पूजाले श्रेष्ठलाई सल्यान घुम्न जाने प्रस्ताव राखिन् । श्रेष्ठले पनि केही नसोची प्रस्ताव सजिलै स्वीकारे । घरमा श्रीमतीलाई ‘एकै छिनमा आउँछु’ भन्दै कार लिएर घरबाट निस्किए । केही पर पुगेपछि पूजालाई कारमा हालेर सल्यानतिर लागे ।

करिब १ घण्टा पछि भन्ज्याङ जंगल नजिक केही समूहले बाटो छेकेर व्यापारी श्रेष्ठको अपहरण गरे । त्यसपछि उनलाई टोलीले जंगलको बाटो हिँडयो । बिना खानपिन हिँड्दा मधुमेहका रोगी श्रेष्ठ झन् बिरामी परे । ठाउँठाउँमा लडे पनि । हिँड्न नसकेपछि अपहरणकारीले उनको हत्या गर्ने निस्कर्षमा पुगे । सल्यानको छत्रेश्वरी गाउँपालिका लेक भन्ज्याङको जंगलमै ढुंगाले हानेर उनको हत्या गरे ।

त्यसपछि प्रहरीको डरले सबै अपहरणकारी फरक–फरक ठाउँमा भागे । सोही क्रममा असार १ गते मगर र महतरा कास्की माछापुच्छे« गाउँपालिका–४ लाहाचोक भागेर आएको दाङका एसपी धीरजप्रताप सिंहले बताए । ‘उनीहरुकै बयानको आधारमा श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ को पाथिभरा लेकस्थित जंगलमा भेटियो,’ उनले भने, ‘अपहरण भएको तीनदिनपछि उनको हत्या गरिएको रहेछ ।’

घटनाको थप अनुसन्धान भइरहेको सिंहले बताए । ‘घटनामा संलग्न चार जना पक्राउ परेका छन्,’ उनले भने, ‘ती दुईसहित मनबहादुर पुन र जमा पुनलाई पक्राउ गरेका छौ,’ अन्य तीन जना फरार भएको एसपी सिंहले जानकारी दिए । घटनामा संलग्न सल्यान झिम्पे– ४ का ३५ वर्षीय मानबहादुर भण्डारी, तुलसीपुर–६ का ४० वर्षीय टीकाराम घर्ती र उनकी १७ वर्षीया छोरी फरार छन् । -सेतोपाटी अनलाइनबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो