असार २१, काठमाडौँ । सरकारले यही सातादेखि लागू हुने गरी दैनिक ११ घन्टा मुग्लिन–नारायणगढ सडकमा सवारी आवागमन बन्द गर्ने भएको छ । 

साँझ ६ बजेदेखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, काठमाडौँ । सरकारले यही सातादेखि लागू हुने गरी दैनिक ११ घन्टा मुग्लिन–नारायणगढ सडकमा सवारी आवागमन बन्द गर्ने भएको छ । 

साँझ ६ बजेदेखि"/>

2026-09-22 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुग्लिन–नारायणगढ सडकखण्ड रातभर बन्द हुँदै


असार २१, काठमाडौँ । सरकारले यही सातादेखि लागू हुने गरी दैनिक ११ घन्टा मुग्लिन–नारायणगढ सडकमा सवारी आवागमन बन्द गर्ने भएको छ । 

साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भएको सडक विभागले जनाएको छ । सडक निर्माण कार्यलाई तीव्रता दिने भन्दै रात्रि समयमा आवागमनमा रोक लगाइएको हो । ‘चितवन प्रशासनसँग यस विषयमा छलफल सुरु गरिएको छ, भोलि वा पर्सिदेखि रात्रि यातायात सेवालाई पूर्ण रूपमा बन्द गरिनेछ,’ विभागका उपमहानिर्देशक तथा मुग्लिङ–नारायणगढ सडक आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठले भने ।

६ जनाको मृत्यु, ४० घन्टा सडकमै बास

सो सडकखण्डमा पहिरोका कारण यो वर्षको तीन महिनामा ६ जनाको ज्यान गइसकेको छ । देशकै सबैभन्दा धेरै ट्राफिक हुने यो सडकमा दैनिक १४ हजार सवारीसाधन गुड्ने गरेको तथ्यांक छ । यात्रुले ४० घन्टासम्म सडकमै बिताउनुपर्ने बाध्यता पनि छ ।

राती सडक बन्द गर्न विकास समितिको निर्देशन 

संसद्को विकास समितिले मुग्लिन–नारायणगढ सडक डेढ महिनासम्म राति बन्द गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले सडक विस्तारका क्रममा आवागमन असहज हुनुका साथै नजिकै रहेका बस्तीमा पहिरोको जोखिम बढेको समितिले निष्कर्ष निकालेको छ ।

बैठकले सडकखण्डमा थप सडक सुरक्षाको प्रवद्र्धन गर्न निर्देशन दिएको छ । त्यस्तै, सडकखण्ड विस्तारलाई द्रुतगतिमा लैजान र सन् २०१७ भित्रै निर्माण सम्पन्न गरिसक्न समितिले निर्देशन दिएको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित