असार २१, काठमाडौँ । स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ति गरेको भन्दै हेटौंडाका उपमहानगरपालिकाका मेयरका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, काठमाडौँ । स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ति गरेको भन्दै हेटौंडाका उपमहानगरपालिकाका मेयरका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।&nb"/>

2026-06-17 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव लडेकोमा पश्‍चाताप गर्दै मेयर उम्मेदवारले गरे आफ्नै श्राद्ध !

2017-07-05


असार २१, काठमाडौँ । स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ति गरेको भन्दै हेटौंडाका उपमहानगरपालिकाका मेयरका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् । 

मंगलबार हेटौंडा ५ स्थित सानोपोखरामा मेयर उम्मेदवार राकेश कुमार शर्माले आफ्नै श्राद्ध गरेका हुन् । २०७२ असोज ३ गते जारी संविधान मरिसकेको भनेर उनले पटकपटक विभिन्न ठाउँमा संविधानको श्राद्ध गरेका थिए । 

तर उक्त संविधान कार्यान्वयनको लागि भएको स्थानीय तह निर्वाचनमा उनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। हेटौंडा–२ का शर्माले आफुले आफैलाई हालेको मत समेत मतगणनाको बेला हराएपछि चर्चाको विषय बनेको थियो । निर्वाचनमा ६२ हजार २ सय ५ मत खसेको थियो।

'संविधान मरिसकेको भनेर घोषणा गर्नेले नै स्थानीय तह निर्वाचन लडेर ठूलो भुल गरेको छु’, उहाँले भन्नुभयो, ' भुलसुधारका लागि आफ्नै श्राद्ध गरेको हुँ।' शुद्ध वस्त्र र शुद्धभोजन गरी अघिल्लो दिन एक छाकमात्र खाएर उनले मंगलबार आफ्नै श्राद्ध गरेका हुन्। प्रधानमन्त्री, ६०१ सभासद् (सांसद्), नेताहरु र संविधानको श्राद्ध गरेर उनी परिचित बनेका छन्।

आफु जिवित छँदै आफ्नो श्राद्ध गर्ने प्रचलन तथा किम्बदन्तीहरु गरुड पुराण, भविष्य पुराण, अन्त्य पद्दति र जीवच्छ्रद्ध पद्दति पुस्तकमा पनि उल्लेख भएको भन्दै शर्माले आफ्नो श्राद्ध आफैले गरेका हुन्न्।

पुष्पकमल दाहाल र सुभासचन्द्र नेम्वाङजस्ता पहाडिया नेताले डलर र पाउण्ड खाएर हिन्दुराष्ट्र फालेको उहाँको दाबी छ । राजा सच्चा राष्ट्रवादी भएकाले ठूला नेताहरुले राजसंस्था फालेको आरोप लगाउँदै उहाँले राष्ट्रघाती र बिकाउ नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको दाबी गर्नुभयो।

आफ्नै श्राद्धपछि उहाँले जारी गर्नुभएको विज्ञेप्तीमा भनिएको छ,'मुलुकको स्वाधिनता र रक्षाका लागि पृथ्वीनारायण शाह, महेन्द्र र जंगबहादुर राणा जस्ता राष्ट्रवादी र सैनिक शासनको आवश्यकता रहेको छ ।’ संविधान र नेताहरुको श्राद्ध गर्दै गर्दा उनलाई पटक पटक प्रहरीले पक्राउ गरिसकेको छ । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ