असार २५, काठमाडौँ । धादिङमा एकैदिनमा दुई जना बालिका बलात्कारको घट्ना दर्ता भएको छ ।

छुट्टा छुट्टै स्थानमा भएपनि बालत्कृत हुने दुवैजना १५ बर्ष मुनिका रहेका छन् । दुवै बालिका आफ्नै घरभित्र बलात्कृतको सिकार बेनको हुन् ।

अपाङगता भएकी १४ बर्षीया बालिका र अर्की १३ बर्षाीया बालिका बलात्कार भएको उजुरी बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको हो ।

१४ बर्षकी अपाङ्ग बालिकालाई ७० बर्षका पुरुषले र १३ बर्षीकी बालिकालाई ४० बर्षका शिक्षकले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । -नागरिक दैनिक