असार २६, काठमाडौं । चुनावी विजयी सभालाई सम्बोधन गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओलीले आइतबार गृहजिल्ला झापा पुगेर ‘पार्टीभित्र अन्तर्घात’ भएको विश्लेषण सुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २६, काठमाडौं । चुनावी विजयी सभालाई सम्बोधन गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओलीले आइतबार गृहजिल्ला झापा पुगेर ‘पार्टीभित्र अन्तर्घात’ भएको विश्लेषण सुन"/>

2026-06-17 03:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुसीसँगै एमालेमा ‘अन्तर्घात’को पीडा

2017-07-10


असार २६, काठमाडौं । चुनावी विजयी सभालाई सम्बोधन गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओलीले आइतबार गृहजिल्ला झापा पुगेर ‘पार्टीभित्र अन्तर्घात’ भएको विश्लेषण सुनाए । 

विशेष गरी झापाका गौरादह, बुद्धशान्ति र मेचीनगर तीनवटा स्थानीय तहमा एमालेको हार ओलीका लागि अप्रत्याशित थियो। त्यसैले उनले नवनिर्वाचितलाई बधाई दिन आयोजित कार्यक्रममा धेरै समय पार्टीभित्रको अन्तर्घातबारे बोले। 

‘गौरादहजस्तो ठाउँमा एमालेले मेयर हार्ने कुरा सोच्न सकिन्छ ? तर हारियो, किन हारियो भन्दा हाम्रैले हराए,’ निर्वाचित नेता र अधिकांश अगुवा कार्यकर्तामाझ ओलीले प्रश्न गरे, ‘बुधबारे भनेको उहिलेदेखि नै हाम्रो किल्ला हो। २०४९ र २०५४ मा हामीले शतप्रतिशत जितेको होइन ? त्यस्तो ठाउँमा जिल्ला अध्यक्षजस्तो प्रतिष्ठित नेता एउटा गाउँपालिकामा हार्नुभो, त्यहाँ हार्ने ठाउँ हो ? नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न। पार्टी उम्मेदवार हराउनेहरू एमाले होइनन्, तिनीहरूको यो पार्टीमा स्थान छैन।’

ओलीले झापामा गरेको विश्लेषण एमालेले अपेक्षा गरेअनुसारका सिटमा विजय हासिल गर्न नसकेको छटपटी पुष्टि हुन्छ। दुई चरणकै चुनावबाट एमाले पहिलो पार्टीका रूपमा स्थापित भएको छ। तर पार्टी नेताहरूमा पहिलो हुनुको खुसी सँगसँगै आफ्नो पकड रहेका स्थानमा हार्नुको पीडा उत्तिकै झल्किन्छ।

दुई चरणको चुनावमा गरी एमालेले प्रमुखमा २ सय ७३ सिट जितिसकेको छ। चार स्थानको मतगणना जारी छ। हालसम्म प्राप्त परिणामअनुसार उपप्रमुखमा भने एमालेले ३ सय ८ सिटमा विजय हासिल गरेको छ। अर्थात् प्रमुखमा भन्दा ३२ वटा बढी सिटमा एमालेले उपप्रमुख जितेको छ। प्रमुखले हार्ने र उपप्रमुखले जित्ने यो शैलीभित्र पार्टीभित्रको अन्तर्घात, उम्मेदवार चयनको गडबडी मुख्य कारक रहेको नेताहरूको विश्लेषण छ।

‘एमालेलाई जनताले रुचाएका छन् र हामी पहिलो पार्टी भएका छौं तर पनि केही स्थानमा आन्तरिक कमीकमजोरीले परिणाम राम्रो आउन सकेन,’ एमाले निर्वाचन परिचालन तथा अनुगमन समितिका संयोजकसमेत रहेका महासचिव ईश्वर पोखरेलले भने, ‘हामी चुनावको समीक्षा गरिरहेका छौं, पार्टीका उम्मेदवारलाई कमजोर बनाउनेलाई कारबाही हुन्छ।’

निर्वाचनको मुख्य कमान्ड सम्हालेका पोखरेलका अनुसार एमालेले दुवै चरणको निर्वाचनमा ५० देखि ६० प्रतिशत स्थान जित्ने आकलन गरेको थियो। पहिलो पार्टी बन्ने त ढुक्क नै थियो, दोस्रो पार्टीसँगको अन्तर पनि धेरै नै हुने आकलन थियो। तर परिणाम त्यसअनुसार आएन। हालसम्मको परिणामअनुसार ४५ प्रतिशत स्थानमा मात्र एमालेले प्रमुख जित्यो।

‘उम्मेदवारी चयनमा ढिलाइ र निर्वाचन परिचालनमा सबै ठाउँमा उत्तिकै ध्यान दिन नसक्दा सोचेअनुसारको परिणाम आएन,’ उनले भने, ‘कतिपय ठाउँमा सत्ताको दुरुपयोग गरेर चुनाव प्रभावित पार्ने काम पनि भयो, त्यसका कारण केही स्थानमा पछि परियो।’

झापामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक नै गाउँपालिकाको प्रमुखमा हारे। विराटनगर महानगरको मेयरमा जिल्ला अध्यक्ष विनोद ढकाल पराजित भए। झापामा सधैं चुनाव जित्दै आएको हालको क्षेत्र नम्बर ६ मा पर्ने गौरादह र गौरीगन्ज दुवै स्थानमा एमालेले हार्‍यो। गौरादहमा झापा जिल्ला सचिव मदन अधिकारी पराजित भए। जिल्लाका अन्य स्थानमा विजयी हुँदा पनि केही अध्यक्षहरू नै पराजित भए। -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ