२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हारपछि के गर्दैछन् विभाजित माओवादीहरू ?

२०७४, ३० असार शुक्रबार ०१:१७

असार ३०, काठमाडौं । शान्तिपूर्ण प्रतिस्पर्धामा आएको माओवादीदेखि 'अझै क्रान्ति आवश्यक' रहेको भन्दै अघि बढेका माओवादी घटकसम्म अहिले गम्भीर' समीक्षामा जुटेका छन् । 

स्थानीय तह निर्वाचनलाई आफूअनुकूल प्रयोग गर्न नसकेपछि माओवादी घटक यसरी समीक्षामा लागेका हुन् ।

माक्र्सवाद, लेनिनवाद र माओवादको पहिचान अब रहने कि नरहने भन्ने स्तरसम्मको बहसमा जुटेको नेताहरूले बताउन थालेका छन् । माओवादी केन्द्रमा संसद्वादी शक्तिभन्दा आफूहरू कुन अर्थमा फरक रह्यो भन्ने बहस उठ्न थालेको छ । 

नेकपामा निर्वाचनले 'प्रतिक्रियावादी सत्ता' झन् सुदृढ भएको भन्ने बहस सुरु भएको छ । माओवादी केन्द्र, क्रान्तिकारी माओवादी, नयाँ शक्ति निर्वाचनमा सहभागी भएका थिए । नेकपाले भने निर्वाचन बहिष्कारको नीति अवलम्बन गरेको थियो ।

पुष्पकमल दाहाल-डा. बाबुराम भट्टराई नेतृत्वका पार्टीले संविधान कार्यान्वयनका लागि प्रतिस्पर्धा, मोहन वैद्यले मात्र उपयोग र नेत्रविक्रम चन्दले निर्वाचन खारेजीको रणनीतिका रूपमा यसलाई व्याख्या गरेका थिए । निर्वाचनमा न दाहाल-भट्टराई नेतृत्वका पार्टीले अपेक्षित जित हासिल गर्न सके न त चन्दको पार्टीले भनेझैं निर्वाचन खारेज हुन सक्यो । कुनै पनि घटकको अपेक्षित रणनीति पूरा हुन नसकेपछि गम्भीर समीक्षामा जुटेको नेताहरू बताउँछन्।

'अब समग्र विषयमै केन्द्रित रहेर गम्भीर समीक्षा गर्नुपर्छ', माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले भन्नुभयो, 'माओवादी आन्दोलनको दिशा, भविष्यलगायत विषयमा पार्टी सचिवालयको विस्तारित बैठकमा गम्भीर समीक्षा हुनेछ ।' उक्त पार्टीले २ साउनदेखि पार्टी सचिवालयको विस्तारित बैठक बोलाएको छ । बैठकमा जिल्ला इन्चार्जसम्म बोलाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले 'शक्ति सञ्चय'का लागि निर्वाचनलाई उपयोगको नीति बनाएको थियो । उसले काभ्रेको रोशी नगरपालिका, बागलुङको ढोरपाटनमा वडाध्यक्षबाहेक अन्यमा जित्न सकेन । 'हामी निर्वाचन जित्ने भनेर उठेकै होइनौं, संगठनको आधार निर्माणका लागि उपयोग मात्र गरेका हौं', उक्त पार्टीका केन्द्रीय सदस्य हीरामणि दुःखीले भन्नुभयो, 'अहिले हामी केन्द्रीय समिति बैठकमा यसको पनि समीक्षा गरिरहेका छौं ।' क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक २५ असारदेखि जारी छ । बैठकमा अध्यक्ष वैद्यले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेताहरूले धारणा राख्ने काम चलिरहेको दुःखीले जानकारी दिनुभयो ।

भट्टराई नेतृत्वको नयाँ शक्तिले पनि निर्वाचन समीक्षा, पार्टीको एकवर्षे संगठनात्मक योजनालगायत विषयमा केन्द्रित रहेर छलफल गर्न बैठक बोलाएको छ । प्रवक्ता खिमलाल देवकोटाका अनुसार साउन ९ र १० गते केन्द्रीय कार्यालय र ११ र १२ गते केन्द्रीय परिषद् बैठक बोलाइएको छ । 'निर्वाचन चिह्न पाउन सकेनौं, परिणाम अपेक्षित आएन', प्रवक्ता देवकोटाले भन्नुभयो, 'निर्वाचन समीक्षा, अबको योजनालगायत विषयमा बैठकमा हामी गम्भीर समीक्षा गर्दै छौं ।'

निर्वाचन खारेजीको रणनीति बनाएको चन्द नेतृत्वको नेकपा पनि छलफलमा छ । 

केही दिनअघि मात्रै उसले पाँच सदस्यीय स्थायी समिति बैठकमा निर्वाचन परिणामपछि पार्टीको अवस्थाका विषयमा समीक्षा गरेको स्रोतले बतायो । स्थायी समितिले पार्टी कार्यनीतिअनुसार कसरी अगाडि बढ्ने भन्ने विषयमा व्यापक छलफल आवश्यक रहेको निष्कर्ष निकालेको छ । साउन पहिलो सातातिर केन्द्रीय समिति बैठक बोलाउने तयारी देखिएको छ ।

'हामी पार्टी केन्द्रीय समिति बैठकको तयारीमा छौं, नेताहरूले छलफल गरी बैठक बोलाउने तयारी गर्नुभएको छ', पोलिटब्युरो सदस्य अनिल शर्माले भन्नुभयो । स्थानीय तहमा आधारइलाका ठानेकै क्षेत्रका कार्यकर्ताले नै अटेर गरिदिएपछि उक्त पार्टी थप दबाबमा देखिएको छ । रोल्पाको थवाङमा आफ्नै पार्टी केन्द्रको निर्णय कार्यकर्ताले अस्वीकार गर्दै स्थानीय निर्वाचनमा भाग लिएपछि चन्द दबाबमा पर्नुभएको हो ।

कुन दल के गर्दै छ ?

माओवादी केन्द्र

२ साउनदेखि सचिवालयको विस्तारित बैठक आह्वान ।

क्रान्तिकारी माओवादी

२५ असारदेखि पार्टी केन्द्र्रीय समिति बैठकमा ।

नयाँ शक्ति

साउन ९ र १० गते केन्द्रीय कार्यालयको बैठक आह्वान । ११ र १२ गते गते केन्द्रीय परिषद् बैठक ।

नेकपा

स्थायी समिति बैठक सम्पन्न । साउन पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने तयारी । -अन्नपुर्ण पोष्ट दैनिक 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ