२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमै ढलले निल्यो बालिका !

२०७४, १ श्रावण आईतवार ०१:३१

साउन १, काठमाडौं । ‘एकछिन खेलेर आउँछु’ भन्दै जाने छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान् ? तर, राजधानी काठमाडौंको नेपालटारमा अव्यवस्थित ढलका कारण झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ छोरीलाई सदाका लागि गुमाउनुपरेको छ। फुयाँल दम्पतीले आँखै अगाडि पुतलीझैं यताउति गरिरहेकी छोरी ११ वर्षीया विनीतालाई गुमाउनुपरेको हो। 

तस्बिर : ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाल दाजु विजय फुयालसँगको तस्बिरमा ।  

स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत विनीता सानिमाका छोरो आठ वर्षीय रिदमसँग खेल्दै थिइन्। साँझको ४ बजेको थियो। उनले भनिन्, ‘आमा, हामी एकछिन खेल्छौं है !’ उनका बुबा घरनजिकै रहेको रामजानकी मिठाई पसलमा व्यस्त थिए। ‘सधैंजस्तै दिदी–भाइ खेल्न गए भनेर हामी ढुक्क थियौं तर १०–१५ मिनेटपछि रिदम आएर दिदीलाई ढलले बगायो भन्यो’, केही बेरअघि झरी परेर रोकिएको स्मरण गर्दै झंकनाथले भने, ‘हत्तपत्त पुग्दा केही थाहै भएन, सामुन्ने देखिने चौकीमा प्रहरीलाई फोन गरें, लगत्तै आएन। बगाएको देख्नेहरूले त्यो लेदो भेलमा जाने आँटै गरेनछन्।’

उनका अनुसार विष्णुमतिमा मिसिएको महादेव खोलाले चार–पाँच किलोमिटर पर पुर्‍याएको रहेछ। करिब दुई घन्टापछि विनीतालाई प्रहरीसहित स्थानीयले उद्धार गरेको जानकारी दिँदै उनले छाम्दा नाडी चलिरहेको पाएको सुनाए। त्यसलगत्तै पिपुल्स हस्पिटल पुर्‍याएर पानी बान्ता गराएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज रिफर गरिदियो। साँझ करिब ७ बजेतिर शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले विनीतालाई मृत घोषणा गरेका थिए। विनीताका दाजु विजय भने कक्षा ६ मा अध्ययनरत छन्।

विनीता तारकेश्वरस्थित मामाघरमा बसेर कक्षा १ सम्म अध्ययन गरी दुई वर्षअघि मात्र बुबाआमासँग नेपालटार आएकी थिइन्। बोर्डिङ स्कुल युरेकाले सरकारी विद्यालय पढेको भन्दै कक्षा १ मै भर्ना लिएकाले अध्ययन ढिलो भएको बुबा झंकनाथको भनाइ छ।

प्रहरी नायव निरीक्षक अर्जुन सोठारीको नेतृत्वमा गएको प्रहरी टोली चमति पुलनेर विनिताको उद्धार गरेको थियो। सोठारीले नेपालटारबाट एक किलोमिटरभन्दा बढी बगाएको र जीवितै फेला पारे पनि लेदो पानी खाएकाले बान्ता गराउन कठिन भएको बताए। उनले विनितालाई बगाएको देख्ने छिमेकीले फोन गरेको तर पुग्दा बालाजुको उक्त पुलमुनि रहेको ढलको ठूलो भँगालो भएकाले तुरुन्त उद्धार गर्न कठिन भएको जानकारी दिए।

झंकनाथले विकास निर्माणमा हुने चरम लापरवाहीका कारण छोरी गुमाउनुपरेको गुनासो गरे। उनका अनुसार गत वर्ष स्कुटी बगाउँदा चालक युवतीले जेनतेन ज्यान जोगाएकी थिइन्। सोही ठाउँमा पुनः दुई जना पनि परेर मुस्किलले बाँचेका थिए। 

बालाजुबाट मनमैजु हुँदै नेपालटार जाने सडकको बीच भागमै ठूल्ठूला भ्वाङ छन्। पानी पर्दा उक्त सडक पोखरीजस्तो बन्ने र धमिलो पानी भरिएपछि भ्वाङको पत्तो नहुने हुँदा यात्रुले ज्यानसमेत गुमाउनुपर्ने अवस्था छ। 

‘नेपालटार तारकेश्वर नगरपालिकाको मुख्य सहर हो, मुटु हो तर यहाँ तीन वर्षदेखि निर्माण प्रक्रिया यसरी नै लापरवाही ढंगमा भइरहेको छ’, उनले भने, ‘म त भन्छु जनप्रतिनिधि जनताका सरकार हुन् भने नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षलाई ज्यान मारेको केशसा मुद्दा हाल्नुपर्छ।’

यस्तै सामाखुसीमा शुक्रबार विद्यालयबाट फर्किएर सडकमा हिँड्दै गरेकी एक बालिका पनि ढलमा डुबेर केही बेर गायव भइन्। उक्त घटना यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

ढलले हुत्याएर एकछिनमै बृहष्पति विद्यासदनको कक्षा ९ मा अध्ययनरत सत्या सापकोटालाई केही पर पुर्‍याए पनि पैदलयात्रुले उनलाई उद्धार गरेका थिए। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ