2026-07-24 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी सरकारबाट बाहिरिन सक्ने प्रचण्डको चेतावनी


साउन ३, काठमाडौ । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहने वा नरहने भन्ने प्रश्न उब्जिएको बताउनु भएको छ । 

पार्टीको पेरिसडाँडामा सोमबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले काँग्रेसकै कारण त्यस्तो प्रश्न उब्जिएको बताउनु भएको हो । 

आफू प्रधानमन्त्री हुँदा काँग्रेसलाई नौ वटा मन्त्रालय दिएको र अहिले काँग्रेसलाई प्रधानमन्त्रीमा समर्थन गर्दा माओवादी केन्द्रलाई काँग्रेसले सात वटा मन्त्रालय प्रस्ताव गरेको र आफूहरुले नौ वटा मन्त्रालय माओवादी केन्द्रले पाउनु पर्ने तर्क राखिरहेको प्रचण्डले नेताहरुलाई बताउँदै आउनु भएको थियो ।

‘एक दुई दिन भित्र मन्त्रिपरिषद विस्तार भएन भने मन्त्रिपरिषदमा रहने कि नरहने भन्ने प्रश्न उठन सक्छ । तेस्रो चरणको चुनाव (असोज २ ) गतेसम्म पनि मन्त्रिपरिषद विस्तार भएन भने हामी सरकारमा बस्ने कि नबस्ने भन्ने प्रश्न उठन सक्छ’ पार्टीको बैठकमा प्रचण्डले व्यक्त गरेको भनाई उघृत गर्दै एक बरिष्ठ नेताले अन्नपूर्णसँग भन्नुभयो । 

तर पार्टी भित्र मन्त्री बन्न बार्गेनिङ गर्ने,मन्त्री भएर पैसा लुकाउने,संस्थागत नगर्ने,आफू मात्रै मन्त्री भइराख्नु पर्छ भन्ने सोच राख्ने प्रबृत्ति देखिएको पनि प्रचण्डले बैठकमा बताउनुभयो । 

‘केन्द्रीय कार्यालयका एक जना बरिष्ठ कमरेडले त आफू पनि गुट बनाउनुपर्छ कि भन्न आउनु भएको थियो । जसले गुट बनाएका छन् उनीहरुले नै पद प्रतिष्ठा पाउने भएपछि इमान्दार कमरेडहरु पनि त्यसो भन्न आउन थाल्नु भएको छ’ प्रचण्डले बैठकमा भन्नुभयो ‘यो पार्टीलाई बिघटन गराउने कि राम्रो बनाउने भन्ने प्रश्न हाम्रा अगाडि आएको छ । गुटवन्दी गर्ने हो भने सल्लाह गरेर नै गुटवन्दी गरौ । रोल्पाको गुट,रुकुमको गुट,सिराहाको गुट,सप्तरीको गुट,सिन्धुलीको गुट, रामबहादुरको गुट,श्यामबहादुरको गुट भइराख्ने हो भने पार्टीलाई बिघटन गराऊ ।’ रुसमा लेनिनले पनि पार्टीलाई बिघटन गरेको पनि प्रचण्डले स्मरण गराउनु भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष प्रचण्डले गुटवन्दी र पार्टी विघटनको बिषय बोलिरहदा गुटवन्दीमा रमाइरहेका नेताहरुको अनुहार भने मलिन देखिन्थ्यो । 

प्रचण्डलाई नेता मात्रिका यादवले जवाफ दिनु भएको थियो । गुटको संरक्षण प्रचण्ड स्वंयमले गरेको आरोप यादवले लगाउनुभयो । ‘गुट बनाउन र भत्काउन कमरेड प्रचण्ड नै सिपालु हुनुहुन्छ । गुट भत्काउन तपाईबाटै शुरु गर्नुस । पार्टी बिघटन हामीलाई मान्य छैन’यादवले बैठकमा भन्नुभयो । 

स्थानीय तहको निर्वाचनमा एमालेलाई परिवर्तन विरोधी शक्तिहरुले स्थापित गराएको आरोप पनि प्रचण्डले लगाउनुभयो । समानुपातिक र समावेशी प्रतिनिधित्व हटाएर दुई सय ४० प्रत्यक्ष निर्वाचन क्षेत्र कायम गर्न खोज्नु पनि त्यहि परिवर्तन बिरोधीको फण्डा रहेको पनि प्रचण्डले बताउनुभयो । 

संविधानमा आफूहरुले राखेका विमतिका मुद्दालाई उठाउनु पर्ने पक्षमा पनि प्रचण्ड बैठकमा प्रस्तुत हुनुभएको थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय स्वरुपको मुद्दा राजनीतिक रुपमा उठाउनु पर्ने उहाँले बताउनुभयो । 

राष्ट्रलाई अस्थिर हुनबाट जोगाउन,कमजोर हुन नदिन,विकास र समृद्धिको दिशामा अगाडि बढाउन,बिखण्डनकारीलाई कमजोर बनाउन र राष्ट्रलाई एकताबद्ध गर्न पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्थाको पक्षमा जानु पर्ने प्रचण्डले बताउनुभयो । 

माओवादीको आधिकारिक शक्ति आफूहरु नै रहेको तथ्य पुष्टी भएको पनि प्रचण्डले बताउनुभयो । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति,मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गठनको औचित्य पुष्टी हुन नसकेको पनि उहाँले बताउनुभयो । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक