साउन ४, काठमाडौँ । सरकार गठनको झण्डै डेढ महिनापछि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय संख्या र नाम बाँडफाँडमा सहमति भएको छ । 

प्रधान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, काठमाडौँ । सरकार गठनको झण्डै डेढ महिनापछि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय संख्या र नाम बाँडफाँडमा सहमति भएको छ । 

प्रधान"/>

2026-09-22 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय बाँडफाँटमा सहमति: कसलार्इ कुन मन्त्रालय ?

साउन ४, काठमाडौँ । सरकार गठनको झण्डै डेढ महिनापछि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय संख्या र नाम बाँडफाँडमा सहमति भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित दुई दलका शीर्ष नेताबीच मंगलबार बालुवाटारमा भएको छलफलमा मन्त्रालयको संख्या र कसले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा)सँग बुधबार बिहान छलफल गरिसकेपछि मात्र मन्त्रालय विस्तार गर्ने सहमति दुई दलबीच भएको छ। कांग्रेस नेता रमेश लेखकका अनुसार कांग्रेसले १३ र माओवादी केन्द्रले ९ मन्त्रालय लिने सहमति भएको छ। बाँकी ६ मन्त्रालय फोरम लोकतान्त्रिक, राप्रपासहित साना दललाई दिने सहमति भएको हो।

कसलाई कुन मन्त्रालय ?

कांग्रेस 

अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सिंचाइ, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, रक्षा, सामान्य प्रशासन, श्रम तथा युवा स्वरोजगार, वाणिज्य र महिला, बालबालिका तथा समाज कल्याण

माओवादी केन्द्र 

परराष्ट्र, गृह, सहरी, स्वास्थ्य, उर्जा, कानुन, पशुपंक्षी, कृषि र आपूर्ति

लोकतान्त्रिक फोरम

स्थानीय विकास तथा संघीय मामिला, पर्यटन र भूमिसुधार

राप्रपा लगायत साना दल

शान्ति, उद्योग, वन र विज्ञान तथा प्रविधि

नेकपा (संयुक्त) 

वातावरण  -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित