साउन ५, काठमाडौँ । चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ । 

विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ५, काठमाडौँ । चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ । 

विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारत"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीन–भारत बढ्दो तनावले नेपालमा के प्रभाव पर्छ ?

२०७४, ५ श्रावण बिहीबार ०१:५४


साउन ५, काठमाडौँ । चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ । 

विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारतलाई चेतावनी दिइरहेको चीनले आफ्नो सैन्य शक्ति सीमाक्षेत्रतर्फ अघि बढाएको छ । चिनियाँ सेनाको एउटा ठूलो समूह दशौँ हजार टन हतियारसहित तिब्बततर्फ अघि बढेको चिनियाँ जनसेनाको मुखपत्र पिएलएले जनाएको छ ।

एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा वर्षको सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो जसको भिडियो चिनियाँ टेलिभिजनबाट प्रसारण गरिएको थियो । चीनले हतियार ओसारेको र युद्ध अभ्यास गरेको क्षेत्र दोकलामबाट नजिकै रहेको हङकङस्थित साउद चाइना मर्निङ पोस्टले जनाएको छ ।

पछिल्ला दिनमा चीनबाट प्रकाशित हुने विभिन्न सञ्चारमाध्यमहरूले भारतलाई निरन्तर चेतावनी दिँदै आएका छन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्ह्वाले पनि भारतीय सेना विवादित भूमिबाट नफर्किएमा भारतले अप्रिय परिणामको सामना गर्नुपर्ने चेतावनी दिँदै आएका छन् । चीन र भारतका सेना सीमावर्ती क्षेत्र दोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ ।

यसैबीच, भारतीय सेनाले पनि सीमा क्षेत्रमा टेन्ट टाँगेर २४सै घन्टा निगरानी बढाएको छ । चिनियाँ सेनाले सीमामा गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने अधिकारीहरूले बताएका छन् । १० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई नियमित रूपमा खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको भारतीय अधिकारीहरूले बताएका छन् । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ सेनाले दोकलाममा सडक निर्माण गरेपछि दुई देशबीचको तनाव चुलिएको हो । सो भूमिमा भुटानको दाबी छ र भुटानलाई भारतले समर्थन गरिरहेको छ । चीनले आफ्नो भूमिमा सडक निर्माण गरेको भन्दै भारतलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ । सडक निर्माणले सिक्किममा सुरक्षा खतरा बढेको भारतको दाबी छ । 

परराष्ट्र जानकार हिरण्यलाल श्रेष्ठसँगको कुराकानी आजको नयाँ पत्रिकामा प्रकाशित छ । 

चीन–भारतबीच सन् १९६२ को युद्धमा नेपालको भूमिका 

त्यतिखेर नेपालको तर्फबाट राजाले साँढेको जुधाइमा बाच्छाको मिचाइमा नेपाल पर्न चाहँदैन भन्दै दुवै छिमेकीले वार्ताबाट समस्या समाधान गर्न जोड दिऊन् भनेर अपिल गरेका थिए । नेपाल सरकारले तटस्थ नीति पनि अंगीकार गरेको थियो । सन् १९५० को सन्धिलाई मान्ने हो भने नेपालले त्यतिवेला भारतलाई साथ दिनुपर्ने थियो । तर, नेपाल सरकारले पूर्ण रूपमा असंलग्नताको नीतिलाई अंगीकार गर्यो ।

हाम्रा नागरिक भारतीय सेनामा पनि छन्, तनावकै बीच भारत सरकारले ती सैनिकलाई पनि लडाइँमा प्रयोग गरेमा चीनले नेपाललाई हेर्ने दृष्टिकोणमा के असर गर्छ ? 

चीनले नेपालका नागरिक गोरखा भर्तीमा रहेको कुरा राम्रोसँग बुझेको छ । नेपालका नागरिक भारतीय सेनामा रहनु नै चीनका लागि समस्या होइन भन्ने उसको बुझाइ छ । तर, युद्ध नै भएको स्थितिमा नेपाल सरकारले आफ्ना नागरिकलाई कुनै पनि छिमेकी मुलुकको हितविपरीत प्रयोग गर्न दिनुहुँदैन । नेपाल सरकारले भारतीय सेनामा कार्यरत भए पनि आफ्ना नागरिकलाई अर्को छिमेकी मुलुकको विरुद्ध प्रयोग नगर्न जोड दिनुपर्छ । सरकारले भारतको पक्ष र चीनको विरुद्ध, चीनको पक्ष, भारतको विरुद्ध गतिविधि हुन दिनै हुँदैन । त्यसकारण हाम्र्रा नागरिकलाई त्यो मोर्चामा जान दिनुहुँदैन । 

नेपालको अहिलेको मौनता ?

नेपाल मौन बस्ने होइन । संवादबाट समस्याको समाधानका लागि अपिल गर्नुपर्छ । हामीलाई घेरेका छिमेकी देशहरूबीच विवाद बढ्दा मौन बस्नु राम्रो हुँदैन । भोलि द्वन्द्व भएमा त्यसको मारमा हामी पर्छौँ । त्यसैले नेपाल सरकारले सम्भावित खतराप्रति चिन्ता व्यक्त गर्दै समाधानका लागि अपिल गर्नुपर्छ ।

विवाद तत्काल साम्य नभएर तनाव बढ्दै जाँदा नेपालले भोग्नुपर्ने समस्या के हुन सक्छ ? 

तनाव बढ्दै जाँदा भारतले आफ्नो सेनामा रहेका नेपाली नागरिकलाई लडाइँमा परिचालन गर्न सक्छ । त्यसक्रममा नेपाली नागरिकको भौतिक क्षति हुन सक्ने खतरा छ । यस्तै, नेपाल र छिमेकीबीचको पारस्परिक सहयोगमा समेत गम्भीर समस्या ल्याउन सक्छ । यस्तै, आर्थिक संकटहरू सिर्जना हुन सक्छ । हाम्रो मुलुकको आयात र निर्यातमा समस्या आउन सक्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा