साउन ७, काठमाडौं | अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ।सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं | अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ।सं"/>
2026-09-22 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी हट्यो नेपाली आकाश कालोसूचीबाट ?

साउन ७, काठमाडौं | अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ।संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण कमिटीको जुलाई २० मा बसेको बैठकले नेपाललाई कालोसूचीबाट हटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए। 

संगठनको मिसन टोलीले सन् २०१३ मा गरेको अडिट रिपोर्टका आधारमा आईकाओले नेपाली आकाशलाई कालोसूचीमा राखेको थियो। संगठनले नेपालको हवाईसम्बन्धी गतिविधिलाई मापदण्डभन्दा अति नै कमजोर रहेको भन्दै कालोसूचीमा राखेको थियो।

सोही मिसन टोलीको रिपोर्टलाई आधार मानेर ईयू (युरोपियन हवाई संगठन) ले समेत नेपाली हवाई जहाज कम्पनीलाई युरोपियन आकाशमा उड्न प्रतिबन्ध लगाएको थियो।चार वर्षअघि लागेको प्रतिबन्धपछि नेपालले डिसेम्बरमा आईकाओको मिसन टोलीलाई बोलाएको थियो। जुलाई ४ मा नेपाल आएको आईकाओको दुई सदस्यीय अडिटर टोलीले चारवटा अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्स कम्पनी र हवाई क्षेत्रका ऐन–कानुनको अध्ययन तथा निरीक्षण गरेका थिए।

निरीक्षण टोली अडिटकै क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा सुपरिवेक्षणको प्रभावकारिता बुझ्न नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको समेत निरीक्षण भ्रमण गरेको थियो। अडिटर टोलीले नेपालको अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिस पालनामा आइकाओले निर्धारण गरेको औसत ६० प्रतिशत हुनुपर्ने प्रावधान भए पनि नेपालको ६६.०८ प्रतिशत रहेको रिपोर्ट संगठनमा पेस गरेको थियो। सन् २०१३ को अडिटमा नेपाल ४३ प्रतिशतमा थियो।

सोही रिपोर्टका आधारमा नेपाललाई आईकाओले कालोसूचीबबाट हटाउने निर्णय गरेको हो। अब ईयूको प्रतिबन्ध पनि हट्न सक्ने श्रेष्ठको विश्वास छ। प्राधिकरणले छिट्टै ईयूलाई प्रतिबन्ध हटाउन आग्रह गर्दै पत्रचार गर्ने भएको छ।

प्रतिबन्ध हटेको अवस्थामा नेपाली वायु सेवा कम्पनीले सिधै युरोपका आकाशमा उडान भर्न पाउनेछन्। सन् १९९६ मा सम्पन्न आईकाओको ३२ औं बैठकले विश्वव्यापी उडान सुरक्षा सुपरिवेक्षण अडिटको अवधारणालाई स्वीकृत गरेपछि १९९९ देखि अडिट कार्यक्रम सुरु भएको थियो।अडिटकै क्रममा नेपाल सन् २०१३ मा आईकाओको गम्भीर सुरक्षा चासोको सूचीमा परेको थियो। प्राधिकरणका महाप्रबन्धक सञ्जीव गौतमले आईकाओको गम्भीर सुरक्षा चासोको सूचीबाट हटे पनि युरोपियन युनियनको कालोसूचीबाट भने हट्न बाँकी रहेको बताए।

‘रिपोर्टका आधारमा ईयूलाई पनि कालोसूचीबाट हटाउन आग्रह गरिनेछ’, उनले भने, ‘यही रिपोर्टका आधारमा युरोपियन युनियनले कालोसूचीबाट हटाउने सम्भावना कम छ।’आईकाओले हवाई कानुन, संगठन, व्यक्तिगत इजाजत, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना जाँच, एयर नेभिगेसन सेवा र विमानस्थल सञ्चालन गरी आठ वटा क्षेत्रको निरीक्षण गर्दै आएको छ।

प्रतिबन्ध सुधारका लागि नेपाल र आईकाओ बीच सन् २०१५ मा प्राविधिक सहयोग गर्ने सम्झौता भएको थियो। सोही प्राविधिक सहयोगमा नेपालले आईकाओको मापदण्ड सुधार गर्न सफल भएको गौतमको भनाइ छ। यसलाई निरन्तर जोगाइराख्न आवश्यक हुने उनको भनाइ छ। – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित