साउन ८, काठमाडौं । १० वर्षे सशस्त्र द्धन्द्धबाट छोराको मृत्युभएको नक्कली कागजातको आधारमा स्याङ्जाको श्रीकृष्ण ९ की गीता भट्टराईले १० लाख रकम लिएकी छन् ।

आफ्नो छोरा राजेन्द्र भट्टराईको द्धन्द्धको क्रममा माओवादीले हत्या गरेको कागन बनाई शान्ति तथा पुननिर्माण मन्त्रालयको पाचाैं प्रतिवेदनमा द्धन्द्ध प्रभावितको नामावलीमा नाम अङ्कित गरी रकम लिएकी हुन् ।

वि.सं. २०४८ जेठ १३ गते मृत्यु भएको छोराको ५ वर्ष पछाडि ०५३ जेठ १३ गते मृत्यु दर्ता गरार्इ सरकारी ढुकुटीको दुरुपयोग गरेको स्थानीय इन्द्र थापाले बताए ।

उनले मृतक राजेन्द्र र छिमेकी रेश्मीराज भट्टराई आँप खान बगैंचामा गएको बेला आँप झार्न रेश्मीले फालेको झटारोले रुखमा गएका राजेन्द्रलाई लागेर घाइते हुँदा धेरै रगत बगेको र उपचार अभावमा मृत्यु भएको शताए ।

झटारोले लागेर राजेन्द्रको मृत्युपश्चात दोषि ठहरिएका रेश्मीलाई भवितव्य मुद्दामा अदालतले दुई वर्ष जेल सजाय तोकी भुक्तानी गरेको अदालतको तथ्यांकमा रहेको छ । -गोरखापत्र दैनिक