साउन ८, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना एजेन्डामा अरूले दाबी गरेको भन्दै पार्टीपंक्तिलाई चनाखो रहन निर्देशन दिएका छन् । 

२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना एजेन्डामा अरूले दाबी गरेको भन्दै पार्टीपंक्तिलाई चनाखो रहन निर्देशन दिएका छन् । 

२"/>

2026-07-25 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसले गर्यो माओबादी केन्द्रको एजेन्डा ‘हाइज्याक’ ?

साउन ८, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना एजेन्डामा अरूले दाबी गरेको भन्दै पार्टीपंक्तिलाई चनाखो रहन निर्देशन दिएका छन् । 

२ साउनदेखि जारी पार्टी सचिवालयको विस्तारित बैठक शनिबार टुंग्याउँदै दाहालले दुई चरणको स्थानीय चुनावको नतिजा हेर्दा त्यस्तो अनुभूति भएको बताएका हुन् ।

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धि माओवादी लडाइँको उपज हो, तर यसलाई हामीले जनतामा ठीक ढंगले लैजान चुक्दा परिवर्तनका विरोधीहरू हावी भए,’ दाहालले भने, ‘एजेन्डा हाम्रा थिए, अरूले हाइज्याक गरे । 

अब हामी यत्तिकै बस्ने कि जनतामा जाने ?’ बैठकको अन्तिम दिन दाहालको मुख्य तारो एमाले बनेको थियो । उनले एमाले वामपन्थी पार्टी भन्ने गरे पनि परिवर्तन कमजोर पार्न भूमिका खेलेको आरोप लगाए ।

‘जसले वैदेशिक शक्तिकेन्द्रसित साँठगाँठ गरेर नेपालको परिवर्तन प्रक्रियामाथि निरन्तर आक्रमण गरिरह्यो, आज उही सबभन्दा ठूलो राष्ट्रवादी देखिने विडम्बनापूर्ण अवस्था छ,’ एमाले अध्यक्ष केपी ओलीको नाम नलिई दाहालले भने, ‘एमालेलाई सही ठाउँमा ल्याउन हामीले प्रयास गरेकै हो, सहकार्य पनि गरेको हो । राजनीतिक शक्तिसन्तुलन र संविधान कार्यान्वयनका लागि अझै पनि एमालेलाई सच्चिन उत्प्रेरित गर्नुको विकल्प छैन ।’

माओवादी केन्द्रका निर्णय

अन्तर्घात छानबिन गर्न प्रदेशस्तरीय समिति
थापालाई उम्मेदवार छनोटको नेतृत्व
प्रदेश र संघको चुनावी एजेन्डा तय गर्ने जिम्मा श्रेष्ठलाई
बाबुराम, वैद्य र नेत्रविक्रमसँग एकता प्रस्ताव लैजाने

बैठक स्रोतका अनुसार दाहालले माओवादीभित्र कल्पनै गर्न नसकिने स्तरमा गुटबन्दी र अन्तर्घात मौलाएको भन्दै अब त्यसविरुद्ध अघि बढ्ने घोषणा गरे । उनले स्थानीय चुनावका क्रममा भएका अन्तर्घातको एक–एक छानबिन गरिने बताए । माओवादीले हरेक प्रदेशका अन्तर्घात छानबिन गर्न केन्द्रीय नेतासमेत रहेको तीन–तीन सदस्यीय कमिटी बनाउने भएको छ ।

प्रदेश २ को स्थानीय चुनाव तयारीका लागि माओवादीले साउन दोस्रो साता कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । त्यस्तै यसपछिका प्रदेश र संघ चुनावका लागि राजनीतिक प्रतिबद्धतापत्र र दस्तावेज निर्माण गर्ने जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिएको छ । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार छनोटको अगुवाइ नेता रामबहादुर थापाले गर्नेछन् ।

पोहोर जेठमा पार्टी एकता गरे पनि चुनावमा त्यसको आंशिक प्रभाव देखिएको भन्दै दाहालले बाबुराम भट्टराईदेखि मोहन वैद्य, नेत्रविक्रम चन्द आदिसँग पुनर्मिलनका लागि खुला प्रस्ताव लैजाने पार्टी नेताहरूसँग राखे । उनले संविधान निर्माणमा लचकता अपनाउँदा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रस्ताव बिसाएको भन्दै अब त्यसलाई फेरि उठाउने बताए ।

संविधानपछिको समृद्धि मार्गमा राजनीतिक अस्थिरता बाधक बन्ने, सत्ता गठबन्धन निर्माणका लागि अस्वस्थ प्रतिस्पर्धा हुने देखिएको भन्दै अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतिकै माग फेरि उठाउने उद्घोष गरे । 

निर्वाचन प्रणाली भने पूर्ण समानुपातिक गरिनुपर्ने मागलाई राजनीतिक एजेन्डाकै रूपमा अरू दलहरूसित संवादमा लैजाने उनको भनाइ थियो । दाहालले भद्दा केन्द्रीय समिति चुस्त बनाएर मातहत समिति निर्माणमा लाग्नुपर्ने सुझाव कार्यान्वयनमा लगिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । 

‘बैठकमा बादलजी (रामबहादुर थापा) लगायतका नेताहरूले राखेका कुराको अध्यक्ष दाहालले स्पष्टीकरण, सुझाव ग्रहण, प्रतिबद्धता आदि जनाउने काम गर्नुभयो,’ पार्टी प्रवक्ता पम्फा भुसालले भनिन् । 

उनले आइतबार अपराहन पेरिसडाँडास्थित पार्टीको मुख्यालयमा अध्यक्ष दाहाल आफैंले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरिन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल