By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    7 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    10 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आगामी हिउँद पनि लोडसेडिङ हुन नदिने यस्तो छ तयारी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आगामी हिउँद पनि लोडसेडिङ हुन नदिने यस्तो छ तयारी
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

आगामी हिउँद पनि लोडसेडिङ हुन नदिने यस्तो छ तयारी

साझासवाल
Last updated: July 26, 2017 1:44 am
साझासवाल
6 Min Read
Share


साउन ११, काठमाडौं । विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ । 

भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५०-५० मेगावाट बिजुली ल्याई गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्यमा जुट्दै छन् ।

भारतले पुसमा निर्माण सम्पन्न गरेको कुसाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारण लाइनबाट नेपालले आयात गर्ने थप बिजुलीको भाउ तय गर्न लागेको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए । यी दुई प्रसारण लाइनबाट आउने बिजुलीको भाउ तय भएपछि आगामी हिउँदमा सय मेगावाट बिजुली आयात हुने अधिकारीले जानकारी दिए । ‘निर्माण सम्पन्न भएर पनि भाउ तय नभएका कारण यी लाइन (कुसाहा र रक्सौल) बाट थप बिजुली आयात भएको छैन’, अधिकारीले मंगलबार अन्नपूर्णसित भने, ‘व्यापारिक तवरमा आयात हुने भाउ छिनोफानो भएपछि नेपालमा बिजुली आयात गर्न सहज हुनेछ ।’

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विद्युत्मन्त्री पीयूष गोयललाई भेटी नेपाल-भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को बैठक राखी थप आयात हुने बिजुलीको भाउ तय गर्न आग्रह गरेका थिए । उपाध्यायको आग्रह स्वीकार गर्दै भारतीय विद्युत्मन्त्री गोयलले सम्बद्ध भारतीय अधिकारीलाई निर्देशन दिएपछि बैठक बस्न लागेको हो । नयाँदिल्लीस्थित नेपाली दूतावासले यही साउन ४ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाई बैठक बस्न लागेको अवगत गराएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । 

‘भारतीय विद्युत्मन्त्री गोयलले एक साताभित्र पीईसीको बैठक बसी खरिद-बिक्री मूल्य पुनरवलोकन गर्न निर्देशन दिएको जानकारी नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयबाट पाइयो’, अधिकारीले भने, ‘नेपाली पक्षले पनि सोहीअनुसार भारतीय पक्षसँग बैठकका लागि समन्वय गरिरहेको छ।’

यसअघि १४ फेब्रुअरी २०१७ मा काठमाडौंमा भएको ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जेएसटी) को बैठकले कुसाहा-कटैया र रक्सौल-परावानीपुर १३२ केभी प्रसारण लाइनबाट कारोबार हुने बिजुलीको व्यापारिक सर्त तय गर्न निर्देशन दिएको थियो । तीन महिनाअघि प्राधिकरण र भारतीय अधिकारबीच नयाँदिल्लीमा यस सम्बन्धमा छलफल भए पनि सहमति हुन सकेको थिएन ।

अधिकारीका अनुसार पीईसीको बैठक यसै साता बस्ने अपेक्षा गरिए पनि भारतीय पक्षसित छलफल गर्दा उसले चाँडो मिति तय गरिने जानकारी दिएको छ । हाल नेपालले विभिन्न नाकाबाट भारतीय बिजुली आयात गरिरहेको छ ।

सन् २०११ देखि पीईसीको बैठक बसेको छैन । पछिल्लोपटक सन् २०११ मा भएको उक्त बैठकले ‘आगामी सन् २०१३ सम्ममा बैठक बस्ने र उक्त बैठक नबसुन्जेल नेपालले आयात गर्ने बिजुलीको मोलमा वार्षिक ५.५ प्रतिशत मूल्यवृद्धि हुने’ सहमति भएको थियो ।

नेपालले १३२ केभी प्रसारण लाइनबाट बिजुली आयात गर्दा ५० मेगावाटसम्म प्रतियुनिट ५.६२ (भारु), ५० मेगावाटभन्दा माथि ५.५५ (भारु) र ३३ केभीमा प्रतियुनिट ६.०८ (भारु) मा बिजुली आयात गरिरहेको छ ।

नेपालले पटक-पटक पीईसीको बैठकका लागि प्रयास गरे पनि भारतीय पक्षले वास्ता गरेको थिएन । बैठक बस्न नसक्दा विभिन्न भारतीय नाकाबाट आयात हुने बिजुलीको भाउ पुनरवलोकन हुन पाएको छैन । बैठक नबसेकै कारण सन् २०१७ को जनवरीमा सम्पन्न कुसाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारण लाइनबाट नेपालले आयात गर्ने बिजुली अनिश्चित बनेको थियो । ‘अब बैठक चाँडो हुनेछ, बैठकले प्राधिकरणको पक्षमा बिजुलीको दररेट तय गर्नेछ र यसले प्राधिकरणको वित्तीय अवस्थामा सकारात्मक प्रभाव पार्नेछ’, अधिकारीले भने ।

डिसेम्बरभित्र ढल्केबरस्थित २२० केभीको सवस्टेसन निर्माण कार्य चाइना सेन्ट्र पावर ग्रीड (सीसीपीजी) ले सम्पन्न गर्ने लक्ष्य थियो । उसैले ठेक्का लिएका भरतपुर-बर्दघाट २०० केभीको प्रसारण लाइन निर्माण कार्य गर्न नसकी प्राधिकरणले ठेक्का रद्द गरेका कारण ढल्केबरमा काम गर्न छाडेको थियो । यसले गर्दा डिसेम्बरभित्र उक्त सवस्टेसन पूरा हुन नसकी नेपाललाई चाहिने थप बिजुली आयात गर्न समस्या पर्ने भएकाले प्राधिकरण चिन्तित थियो ।

उक्त सवस्टेसन निर्माणपश्चात् थप ६० मेगावाट बिजुली आयात गर्न सकिन्छ, जसले नेपालको हिउँदयामको बढ्दो माग पूरा गर्न केही मद्दत गर्न सक्थ्यो । उक्त सीमापार प्रसारण लाइनबाट एक सय ६० मेगावाट बिजुली ल्याउने सम्झौता भए पनि सवस्टेसन भएकाले हाल सय मेगावाट मात्र आयात भइरहेको छ । ‘तर अब नेपाललाई आगामी हिउँदमा बिजुली आपूर्तिको खासै समस्या हुनेछैन’ अधिकारीले भने ।

उनका अनुसार आगामी हिउँदमा गत वर्षको भन्दा दुई सय मेगावाट बिजुली थप माग हुनेछ । गत वर्ष १३ सय मेगावाटसम्म उच्चतम माग थियो । कुसाहा र रक्सौल लाइनबाट सय, धनगढी-पालिया (भारत) बाट १०, टनकपुरको ट्रान्सफरमर सुदृढीकरणबाट ४०, स्वदेशका निजी क्षेत्रबाट हिउँदयाममा ५०, प्राधिकरणको चमेलियाबाट ३० (पिकिङ) गरी आगामी हिउँदको पिक लोड धान्न सकिनेछ ।

‘अबको हिउँदमा स्वदेशका निजी क्षेत्रबाट एक सय ५० मेगावाट प्रणालीमा आउँदै छन्’, अधिकारीले भने, ‘तिनले हिउँदमा एकतिहाइ उत्पादन गरे पनि ५० मेगावाट हुनेछ ।’ यसबाट उपत्यकालगायत देशका प्रमुख स्थानका गार्हस्थ उपभोक्ताका लागि लोडसेडिङ नहुने र उद्योगमा बढीमा आठ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणको प्रक्षेषण छ ।

हिउँदमा थपिने बिजुली

– कुसाहा र रक्सौलबाट सय मेगावाट

– धनगढी-पालिया बाट १० मेगावाट

– टनकपुरको ट्रान्सफरमर सुदृढीकरणबाट ४० मेगावाट

– स्वदेशका निजी क्षेत्रबाट हिउँदयाममा ५० मेगावाट

– चमेलियाबाट ३० मेगावाट

– निजी क्षेत्रबाट १५० मेगावाट

– १३२ केभीका दुई प्रसारण लाइनबाट ५०-५० मेगावाट

– गत वर्ष १३ सय मेगावाट माग

– यो वर्षको हिउँदमा दुई सय मेगावाट बिजुली थप माग हुने

Share This Article
Facebook Email Copy Link Print
Previous Article ३० हजार कमाउने आशामा जीबन जोखिमयुक्त बनाई विदेसिँदै युवा
Next Article माओवादी केन्द्रसँग एकता गर्न नयाँ शक्तिभित्र दबाब
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

वैदेशिक सहायता रकममा ३० प्रतिशतले वृद्धि

57 years ago
काठमाडौँ - KTMविश्व

जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो

57 years ago
काठमाडौँ - KTMराजनीति

स्थानीय निकाय पुनःसंरचना विवाद समाधान गर्न तीन दल सहमत

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

खाद्य कम्पनीले मुस्ताङबाट च्याङ्ग्रा नल्याउने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?