2026-09-22 05:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेतालाई यस्तो जिम्मेवारी दिइने

साउन ११, काठमाडौं । माओवादी केन्द्रले लामो समय जिम्मेवारीविहीन आफ्ना नेतालाई विभिन्न जिम्मेवारी सुम्पने तयारी गरेको छ । 

कार्यालय बैठकले ‘बेरोजगार’ नेताहरुलाई जिम्मेवारी दिने तयारी गरेको हो । माओवादी केन्द्रका केन्द्रीय कार्यालयकै दर्जन नेता जिम्मेवारी विहीन भएका थिए ।

केन्द्रीय कार्यालयका सदस्य अमिक शेरचन, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटा, दीनानाथ शर्मा, लोकेन्द्र विष्ट, नारायण शर्मा, लीलामणि पोखरेललगायत नेतासँग यसअघि पार्टीका कुनै जिम्मेवारी थिएन ।

‘केन्द्रीय कार्यालयकै शीर्ष नेताहरुसँग समेत पार्टी कामको जिम्मेवारी थिएन,’ केन्द्रीय कार्यालय सदस्य चक्रपाणि खनालले भने, ‘जिम्मेवारीविहीन नेताहरुलाई ठोस जिम्मेवारी बाँडफाँट गर्न लागिएको छ ।’ पार्टीका स्थापित र क्षमतावान नेताहरु नै कामविहीन भएपछि माओवादी केन्द्रको पार्टी संगठन र विभाग नै निष्प्रभावी बन्दै आएको थियो ।

नेतृत्वले पार्टी कार्यालय सदस्यलाई नै काम नदिएपछि अन्य तहका नेतासमेत जिम्मेवारीविहीन भएका थिए ।

माओवादी केन्द्रले पोखरेललाई सरकार, संसद्मा रहेका केही नेतालाई संसदीय दलको प्रमुख सचेतक, रायमाझीलाई निर्वाचन तयराीका लागि गठन गरिने प्राविधिक तयारी समिति, हितराज पाण्डेलाई प्रदेश र संसदीय क्षेत्र निर्धारण समिति गठन गरी जिम्मेवारी दिने तयारी गरेको छ ।

यसैगरी स्कुलिङ, प्रकाशन र प्रचारलाई प्रभावकारी बनाउन केन्द्रीय कार्यालयबाटै जिम्मेवारी दिन लागेको छ । माओवादीको केन्द्रयि कार्यालयमा ३५ सदस्य छन् ।

संगठन विभाग प्रमुख, प्रदेशका इन्चार्जबाहेक अन्य नेताको प्रभावकारी भूमिका नदेखिएपछि नेता आफूलाई दिइएको जिम्मेवारीप्रति असन्तुष्ट रहँदै आएका थिए । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ