साउन १३, काठमाडौं । नयाँ शक्तिभित्र माओवादी केन्द्रसँग नजिकिनुपर्ने दबाब बढ्दै गउको छ । 

संघीय परिषद्मा बोल्ने नेताहरुले एजेन्डा मिल्ने पार्टीसँग कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं । नयाँ शक्तिभित्र माओवादी केन्द्रसँग नजिकिनुपर्ने दबाब बढ्दै गउको छ । 

संघीय परिषद्मा बोल्ने नेताहरुले एजेन्डा मिल्ने पार्टीसँग कार्"/>

2026-09-22 05:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रसँग नजिकिँदै नयाँ शक्तिका नेता, यसरी बन्यो वातावरण

साउन १३, काठमाडौं । नयाँ शक्तिभित्र माओवादी केन्द्रसँग नजिकिनुपर्ने दबाब बढ्दै गएको छ । 

संघीय परिषद्मा बोल्ने नेताहरुले एजेन्डा मिल्ने पार्टीसँग कार्यगत एकता गर्नुपर्ने भन्दै माओवादीसँग नजिक हुनुपर्ने धारणा राखेका छन् । संघीय परिषद्मा बोल्ने ७० मध्ये अधिकांशले एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्दै जानुपर्ने धारणा राखेको नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले बताए ।

नेताहरुले माक्र्सवादी विचारलाई थप सुदृढ गर्दै एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्नुपर्ने धारणा राखेका थिए । संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया भाँडिएपछि पूर्वमाओवादीहरु माओवादी केन्द्रसँग नजिकिन थालेका छन् ।

संघीय परिषद् बैठकमा दुई विचार जबर्जस्त रुपमा उठेको एक नेताले बताए । एकथरीले एजेन्डा मिल्नेसँग कार्यगत एकता हुँदै पार्टी एकतासम्म जानुपर्ने र अर्को धारले नयाँ शक्तिलाई थप सुदृढ गर्दै लैजानुपर्ने धारणा राखेका छन् । एजेन्डा मिल्नेसँग ध्रुवीकरण गर्दै एकता गर्नुपर्ने पक्षमा पूर्वमाओवादीहरु उभिएका छन् । नयाँ शक्ति पार्टीलाई नै अझै सुदृढ बनाउँदै लैजानुपर्ने धारणा राख्नेको संख्या पनि धेरै छ ।

एजेन्डा मिन्लेसँग ध्रुवीकरण गर्नुपर्ने पक्षमा देवेन्द्र पौडेल, वामदेव क्षेत्री, महेन्द्र पासवान, मुक्ति प्रधान, कुमार पौडेल, बलिराम साह, बहिद अन्सारीलगायत माओवादी पृष्ठभूमिका नेता छन् । तर, पञ्चलाल महर्जन, कुमार क्षेत्रीलगायत नेताले नयाँ शक्तिलाई थप सुदृढ गर्दै लैजानुपर्ने धारणा राखेका छन् ।

यसरी बन्यो माओवादीसँग नजिकिने वातावरण 

संघीय फोरमसँग नयाँ शक्तिले गर्ने भनिएको एकता नेतृत्वका विषयमा कुरा नमिल्दा भाँडिएको थियो । फोरमसँगको एकता तोडिएपछि माओवादी पृष्ठभूमिका नेताहरु एजेन्डा मिल्नेसँग एकता गर्ने भन्दै माओवादसिँग नजिकिन थालेका छन् । फोरमसँग आधारभूत सैद्धान्तिक विषयमा सहमति भएपनि नेतृत्वको विवादले एकता भाँडिएको थियो ।

पार्टीको झन्डा, निर्वाचन चिह्न र पार्टीको नामका विषयमा मिल्न सक्ने देखिएको थियो । तर, उपेन्द्र यादवले आफ्नो नेतृत्वमा भए मात्र एकता हुने भनेपछि नेतृत्वमा कुरा नमिलेको हो । नयाँ शक्तिभित्र यादवको नेतृत्वमा नजान पूर्वमाओवादीहरुले चर्को दबाब दिएका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ