साउन १५, काठमाडौँ ।

पहिलो: माओवादीको सशस्त्र युद्ध घोषणा

पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले ०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, काठमाडौँ ।

पहिलो: माओवादीको सशस्त्र युद्ध घोषणा

पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले ०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सा"/>

2026-09-22 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता थिए देउवाका तीन पटकको भारत भ्रमण


साउन १५, काठमाडौँ ।

पहिलो: माओवादीको सशस्त्र युद्ध घोषणा

पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले ०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सातदिने औपचारिक भ्रमण गरेका थिए । त्यसवेला प्रधानमन्त्री देउवा भारतमा रहेकै वेला माओवादीले १ फागुनमा रोल्पा, रुकुम, सिन्धुली र गोर्खामा आक्रमण गरेर सशस्त्र युद्ध घोषणा गरेको थियो । 

तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावको निमन्त्रणामा भारत गएका देउवाको समयमा भारतसँग २१ बुँदे संयुक्त समझदारीपत्र भएको थियो । त्यसअघि भएको महाकाली सन्धिको शीघ्र कार्यान्वयन र परियोजनामा निजी लगानीसमेत आकर्षित गर्ने सहमति भएको थियो । महाकाली सन्धिको २२ वर्षपछि दिल्ली जाँदै गरेका देउवाले सन्धि कार्यान्वयनलाई जोड दिने तयारी गरेका छन् ।

दोस्रो : माओवादीलाई आतंककारी घोषणा

दोस्रोपटक प्रधानमन्त्री हुँदा देउवा ०५८ चैत ७ देखि ११ सम्म भारतको औपचारिक भ्रमणमा गएका थिए । तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निमन्त्रणामा भएको भ्रमणमा माओवादीविद्धको लडाइँमा देउवाले भारतसँग सहयोगको प्रस्ताव गरेका थिए । त्यसवेला माओवादीलाई सरकारले आतंककारी घोषणा गरेको थियो भने नेपालमा संकटकालको अवस्था थियो । भारतले पूर्व–पश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति त्यतिवेलै गरेको थियो । त्यसवेला महाकाली सन्धिको कार्यान्वयनलाई दुवै सरकारले उच्च प्राथमिकतामा राखेको संयुक्त वक्तव्यमा उल्लेख थियो ।

तेस्रो : माओवादीविरुद्ध सहयोगको माग

एमाले र कांग्रेस प्रजातान्त्रिकको संयुक्त सरकार गठनपछि देउवाले प्रधानमन्त्रीका रूपमा ०६१ भदौ २३ देखि २७ सम्म भारत भ्रमण गरेका थिए । प्रधानमन्त्री डा. मनमोहन सिंहको निमन्त्रणामा भएको भ्रमणका वेला २५ बुँदे संयुक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

त्यसवेला देउवाले माओवादीविरुद्धको सरकारी लडाइँमा सहयोगका लागि आग्रह गरेका थिए । भारतीय तत्कालीन प्रधानमन्त्री सिंहले सहयोगको वचन दिएका थिए । त्यसवेला भारतले प्रहरीसहित सुरक्षाफौजलाई मद्दत गर्ने वचन दिएको थियो ।

चौथो : माओवादी परराष्ट्र मन्त्रीसँगै भ्रमणमा

संयोगले देउवाको यसपालिको भारत भ्रमणमा साथमा परराष्ट्रमन्त्रीका रूपमा माओवादी नेता कृष्णबहादुर महरा साथमा हुनेछन् ।  -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ