पढ्न करिब 1 मिनेट लाग्छ

साउन १५, काठमाडौं । ३३ किलो सुनको अवैध कारोबार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार खत्रीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेश बेरीतपूर्वक भएको भन्दै खत्री मुलुकी ऐन अदालती बन्दोबस्त १७ नम्बरअनुसार उच्च अदालतमा निवेदन लिएर पुगेका थिए ।

खत्रीसहित सुन प्रकरणमा मुछिएका गोपालबहादुर शाही, रामहरि कार्की, राजकुमार ढकाललगायतले पनि पुरनावेदन गरेका थिए । -गोरखापत्र दैनिक