पढ्न करिब 1 मिनेट लाग्छ

साउन १५, नवलपरासी । जिल्लाको कावासोती नगरपालिका २ भाट्टोलाका ४५ वर्षीय लक्ष्मण थापा १५ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

उनका परिवारले खोजी गरिदिन पत्रकार, प्रहरी, नागरिक समाजलाई आग्रह गरका छन् । साउन १ गते काठमाडौँबाट नवलपरासीतर्फ फर्कंदै गर्दा चितवनको मुग्लिनसम्म सम्पर्कमा रहेका उनी एक्कासि सम्पर्कविहीन भएको श्रीमती रुचिका थापाले बताइन् ।

आमाको अप्रेसनका लागि असार २९ गते काठमाडौँ गएका थिए । घरबाट राम्रैसंग निस्किएका र साउन १ गते साझं ७ बजेसम्म फोन सम्पर्कमा रहेका उनी बेपत्ता भएपछि परिवार पिरोलिएका छन् ।

उनले कावासोतीमा पुस्तक पसल सञ्चालन र हकरको काम गर्दै आएका थिए । -कान्तिपुर दैनिक