साउन १७, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी २ र ३ भदौमा काठमाडौंमा हुँदैछ । निष्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी २ र ३ भदौमा काठमाडौंमा हुँदैछ । निष्क"/>
2026-09-22 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ वाईसीएलको सम्भावित नेतृत्व

साउन १७, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी २ र ३ भदौमा काठमाडौंमा हुँदैछ । निष्क्रिय जस्तै रहेको वाईसीएललाई सशक्त र सक्रिय बनाउने पार्टी सचिवालय बैठकको निर्णयअनुसार पार्टीले समेत वाईसीएलको सम्मेलनलाई महत्व दिएको पाइएको छ ।

वाईसीएलले राष्ट्रिय सम्मेलनमार्फत १ सय ५१ सदस्यीय कार्यसमिति तथा १५ सदस्यीय पदाधिकारी चयन गेर केन्द्र तथा पार्टीको अन्य सहायक तथा भातृसंगठनलाई चुस्त दुरुस्त संगठन गर्न सबक सिकाइने वाईसीएलका नेता बताउँछन् ।

वाईसीएलले नेतृत्व चयनमा छुट्टै विधि तय गरेको छ । जसअन्तर्गत ४० वर्षमाथिकालार्य उमेर हदबन्दी लाग्ने भएको छ । पार्टीमा अन्य कुनै जिम्मेवारीमा कार्यकारी भूमिका निभाएकाले पनि वाईसीएलमा कार्यकारी पदमा उम्मेद्वारी दिन पाउनेछैनन् ।

उमेर हदका कारण आयोजक समिति संयोजक निबबहादुर कुँवरले सम्मेलनबाट नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पदै बिदा हुनेछन् ।

वाईसीएलको नेतृत्वमा अहिले तीन जनाले आकांक्षा देखाएका छन् । जसमा संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा, पूर्ववरिष्ठ उपाध्यक्ष लक्ष्मी चौलागाईं र पूर्वउपाध्यक्ष युवराज दुलाल आकांक्षी देखिएका छन् । तर अहिलेसम्म कसैले पनि सार्वजनिक रुपमा उम्मेद्वारी घोषणा गरेका छैनन् ।

वाईसीएलको महासचिव पदमा भने प्रतिस्पर्धाको सम्भावना बढी छ । पूर्वसचिव नरेन्द्र पाण्डे, निर्मल जिसी, पूर्वकोषाध्यक्ष सुबोधराज शेर्पाली, सुमन देवकोटा, नेकपा क्रान्तिकारी माओवादीबाट एकता प्रक्रियाबाट आएका दीपक देवकोटाले पनि महासचिव पदका लागि आकांक्षा देखाएका छन् ।

वाईसीएलले निर्वाचन कार्यविधिमा प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था गरे पनि प्यानल बनाएर प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने वा सहमतिबाट भन्ने विषय भने टुंगिएको छैन । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी