साउन १८, काठमाडौं । नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। पहिलो चरण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १८, काठमाडौं । नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। पहिलो चरण"/>

2026-09-22 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब यस्तो हुनेछ नेपाली सेनाको संरचना


साउन १८, काठमाडौं । नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको स्थानीय निर्वाचनअघि भएको मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनाले आफ्नो संरचना परिवर्तन गर्न लागेको हो।

सरकारको निर्णयअनुरूप हरेक प्रदेशमा नेपाली सेनाको पृतनालाई मुख्यालयका रूपमा राखेर त्यसअनुसारको कमान्ड संरचना तथा संख्या तय गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । जसअनुसार संख्या नबढाई संरचना चुस्त बनाउँदै दुई पृतना थप्ने तयारी छ। सेनामा संख्या पनि बढाउने बहस भए पनि हाललाई यही संख्याबाट पद मिलान गर्दै पृतना थप्न लागिएको हो।

नवनियुक्त रक्षामन्त्री भीमसेनदास प्रधानले सेनाको संगठन पुनः संरचनालाई प्राथमिकतासाथ अघि बढाउन लागिएको बताए। २०७२ फागुनमा गठित ‘रक्षा मन्त्रालय र नेपाली सेनाको सांगठनिक पुनः ढाँचासम्बन्धी अध्ययन कार्यदल’ ले दिएको सुझावका आधारमा काम अघि बढाइएको उनले बताए। सेनाको वर्तमान संरचना विकास क्षेत्र, अञ्चल र जिल्लामा आधारित छ। देशको राजनीतिक तथा प्रशासनिक विभाजनअनुसार बनाइएको यसखाले सैनिक संरचनालाई अब प्रादेशिक तहमा लगिनेछ।

उपत्यका र हरेक प्रदेशमा पृतना मुख्यालय राख्ने गृहकार्य अन्तिम चरणमा पुगेको सेनाका प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले जानकारी दिए। नयाँ संरचनाअनुसार पृतनाहरूको संख्या ८ हुने भएकाले दुई पृतनापतिको व्यवस्थापनका लागि दरबन्दी समायोजन तयारीसमेत अन्तिम चरणमा पुगेको सैन्यस्रोतले जनायो। अहिले पाँच विकास क्षेत्र र राजधानीमा गरी सेनाका ६ वटा पृतना छन्।

पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको हेटौंडा, पश्चिमाञ्चलको पोखरा, मध्यपश्चिमाञ्चलको सुर्खेत र सुदूरपश्चिमाञ्चलको धनगढी तथा उपत्यकामा एउटा पृतना मुख्यालय छ । अब दुई नम्बर र पाँच नम्बर प्रदेशमा पृतना थपिनेछन्। हरेक प्रदेशमा पृतना रहने र त्यो क्षेत्रको कमान्ड त्यही पृतनाबाट रहने भए पनि मुख्य कमान्ड भने केन्द्रीय प्रणालीबाट हुनेछ । सुरक्षाको नेतृत्व पनि केन्द्रमै रहनेछ।

पृतनाले आफ्नो प्रदेशअन्तर्गतका सबै बाहिनी, गण, गुल्म तथा अन्य युनिटहरूको समन्वय गर्ने गरी नयाँ संरचना तय गर्न लागिएको स्रोत बताउँछ। सेनाको कमान्ड संरचनामा तीन टुकडी बराबर एक गुल्म, तीन गुल्म बराबर एक गण, तीन गण बराबर एक बाहिनी र तीन बाहिनी बराबर एक पृतना रहन्छन्।

सबै प्रदेशमा सुरक्षा सन्तुलन र कमान्ड संरचना मिलाउन संख्यादेखि अन्य दरबन्दीसमेत हेरफेर गर्न लागिएको सैन्य अधिकारीले जनाए। संरचनामा हेरफेर भए पनि तत्काल दरबन्दी तथा संख्या भने बढ्ने छैन। नेपाली सेनामा हाल करिब ९६ हजारको संख्यामा दरबन्दी छ। -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी