नारायणगढ–मुग्लिन सडक निरीक्षण गर्दै प्रधानमन्त्री देउवा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

साउन १८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्ने भएका छन् ।

बुधबार बिहान ९ बजे उनी अवलोकनमा जाँदै छन्। उनीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी पनि जानेछन्। ‘अहिलेसम्म भएको कामको प्रगति निरीक्षण गर्नुको साथै कामलाई तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिनेछन्,’ यातायातमन्त्रीका सञ्चार अधिकृत रमेश जोशीले भने।

चाडपर्वअघि नै सडक सुचारु  गर्न निर्देशन दिने तयारी

प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी गरेका छन्। अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।

चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न गाह्रो हुने सडक विभागका अधिकारीहरूको भनाइ छ। अहिले पहिलो प्राथमिकतामा राखेर सडक निर्माण भइरहेको विभागका प्रवक्ता दयाकान्त झाले बताए। यसअघि मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की मुग्लिन–नारायणगढ सडक निर्माण क्षेत्रमा पुगिसकेका छन्।

महिना दिनदेखि दैनिक ११ घन्टा सडक बन्द

मुग्लिन–नारायणगढ सडकखण्डमा २५ असारदेखि रातको समयमा अनिश्चितकालीन बन्द गरिएको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सवारीसाधनको किसिम र सडकको रुटअनुसार साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिरहेको छ। यसको कारण दैनिक हजारौँ यात्रुले सास्ती खेप्नुपरिरहेको छ। सवारी सञ्चालन कार्य रातको समयमा ११ घन्टासम्म बन्द भइरहेको छ। संसद्को विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार सडकमा रात्रिकालीन समयमा सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइएको छ।

सडक विभागका उपमहानिर्देशक तथा मुग्लिन–नारायणगढ सडक आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठका अनुसार रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने कार्य भदौ पहिलो सातासम्म लम्बिन सक्नेछ।

यसअघि २४ असारसम्म निर्माणलाई तीव्रता दिने भन्दै दैनिक ६ घन्टा यातायात सञ्चालन गर्न बन्द गर्ने गरिएको थियो। गत १५ चैतदेखि दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द गरी काम गर्न सुरु गरिएको हो। १५ चैतअघि साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र बन्द गरेर दैनिक साढे ४ घन्टा काम गर्ने गरिएको थियो।

यस्तो छ रोकिने र छाडिने व्यवस्था

नारायणगढतर्फबाट राजमार्ग छिर्ने यात्रुबाहक सवारी (बस, मिनीबस, माइक्रोबस, साना सवारीसाधनलगायत) साधनलाई साँझ ६ बजे दासखोला पुलमा रोकिने गरिएको छ। त्यस्तै, बिहान ४ बजे छाडिने व्यवस्था मिलाइएको छ।

मालबाहक सवारीसाधन (ट्रक, लहरी, ट्रेलर, ट्रिपर, ट्यांकरलगायत) साधनलाई भने जुगेडी चौकीमा साँझ ६ देखि रोकिन्छ भने बिहान ४ बजे छाडिन्छ। यसैगरी मुग्लिनतर्फबाट राजमार्ग छिर्ने यात्रुबाहक सवारीसाधनलाई साँझ ७ बजे रोकिने र बिहान ५ बजे छाड्ने गरिएको छ।

ती सवारीमध्ये काठमाडौंतर्फबाट आउने सवारीसाधनलाई मुग्लिन बजारमा र पोखरातर्फबाट आउने सवारीसाधनलाई आँबुखैरेनीमा रोकिन्छ। अर्कोतिर मालबाहक सवारीसाधनलाई साँझ ७ बजे रोकिने र बिहान ५ बजे छाड्ने गरिएको छ। मालबाहक सवारीमध्ये काठमाडौंतिरबाट आउनेलाई लेवाटारमा र पोखरातर्फबाट आउनेलाई आँबुखैरेनीमा रोक्ने गरिएको छ। -नयाँ पत्रिका दैनिक

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply