साउन १८, काठमाडौं । अस्थायी र राहत कोटाका भरमा चलिरहेका मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन् ।

एकैसाथ ठूलो संख्यामा जोस–जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद औंल्याउँछन् ।

तर, त्यसका लागि शिक्षक सेवा आयोगले भदौ पहिलो साता लिन लागेको परीक्षा सफलतापूर्वक सम्पन्न हुनु अनिवार्य छ ।

आयोगले वर्षौंदेखि अस्थायी रुपमा कार्यरत शिक्षकलाई स्थायी गराउन भन्दै भदौ ३ मा आन्तरिक परीक्षा लिँदैछ । गत वर्ष संशोधित शिक्षा ऐनअनुसार ०४९ अघिदेखि ०७२ सम्म नियुक्ति लिएका २६ हजार अस्थायी शिक्षकको व्यवस्थापन गर्न यो परीक्षा लिन लागिएको हो ।

यसका लागि १९ हजार २ सय ६५ दरबन्दीमा विज्ञापन गरिएकामा १५ हजार ६ सय ९० ले परीक्षा दिँदैछन् । यीमध्ये करिब ९ हजार योग्य शिक्षक स्थायी हुनेछन् ।

भदौ ३ को परीक्षा लगत्तै आयोगले खुला प्रतिस्पर्धाका लागि विज्ञापन खुलाउनेछ् । उक्त विज्ञापनबाट २१ हजारभन्दा बढी नयाँले स्थायी जागिरको अवसर पाउनेछन् । -कान्तिपुर दैनिक