साउन २५, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ । 

राजपाको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ । 

राजपाको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाले दियो सरकारलाई एक साताको अल्टिमेटम

२०७४, २५ श्रावण बुधबार ०१:१५

साउन २५, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ । 

राजपाको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिँदै एक साताभित्र संविधान संशोधनलगायत माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ। ‘५/६ दिनभित्र सरकारले यथास्थितिलाई चिर्न सकेन भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं,’ राजपा महासचिव मनीष सुमनले भने, ‘हामीलाई चुनावमा लैजाने या आन्दोलनमा धकेल्ने हो, बल सरकारकै हातमा छ।’ 

चुनावमा जाने/नजाने भन्ने विषयमा पार्टी पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिमा व्यापक छलफल भएको थियो। केन्द्रीय कार्यसमिति, जिल्ला अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्षलगायत १५ सयभन्दा बढीको सहभागितामा राजधानीमा तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठक मंगलबार सम्पन्न गर्दै राजपाले निर्वाचनबारे पुरानै अडान कायम राख्ने निर्णय लिएको हो।

बैठकमा राजपा नेता महेन्द्र यादव, शरदसिंह भण्डारीसहितका नेताले भने संगठन र कार्यकर्ताको सुरक्षाका लागि पनि चुनावलाई प्रयोग गर्नुपर्ने धारणा राखेका थिए। केन्द्रीय कार्यसमितिमा बहुमत सदस्यहरू यथास्थितिमै चुनावमा जान नहुने पक्षमा अडिग देखिएपछि राजपाले पुरानै अडानलाई निरन्तरता दिएको हो। नेता सुमनका अनुसार बैठकले राजनीतिक प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय लिएको छ।

केन्द्रीय समितिका निर्णय :

-राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित

-विधानलगायत दस्तावेजमा सुझाव समेट्न समिति गठन गर्ने

-सहिद घोषणा, घाइतेको उपचार र गिरफ्तारको रिहा तत्काल गर्नुपर्ने

पार्टी विधान, घोषणापत्र र नियमावलीबारे बैठकबाट आएका सुझाव समेटेर अन्तिम रूप दिन बैठकले समिति बनाउने निर्णय लिएको छ। समितिको घोषणा भने बैठकमा हुन सकेन। बैठकमा नेता महन्थ ठाकुरले यथास्थिति परिवर्तन गर्ने विषय सरकारसँग रहेको भन्दै अबको केही दिनमा सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा, आन्दोलनका घाइतेलाई उपचार, गिरफ्तारी भएकाहरूलाई रिहा गर्नेलगायत माग पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएका थिए। उनले त्यस्तो आन्दोलन चुनाव बिथोल्ने गरी हुने पनि बताएका थिए।

राजपाले संसद्मा रहेको संविधान संशोधन विधेयक पारित गर्न जोड दिए पनि संशोधनको पक्षमा दुई तिहाइ मत भने देखिँदैन। जसका कारण सरकारले उक्त विधेयक ‘होल्ड’ मा राख्दै आएको छ। दुई तिहाइ मत सुनिश्चित नहुँदासम्म संविधान संशोधन विधेयक अघि बढाउने कि नबढाउने भन्नेमा राजपा अझै प्रस्ट छैन। राजपाभित्रै एउटा ठूलै समूह पारित हुन नसके त्यसैलाई मुद्दा बनाएर चुनावमा जानुपर्ने पक्षमा छ। तर, नेता ठाकुर पक्ष भने दुई तिहाइ मतबाट पारित हुने गरी मात्रै अघि बढाउनुपर्नेमा दृढ छ। ‘हामीले प्रक्रिया होइन, परिणाम खोजेको हो, सरकारले तीनबुँदे सम्झौता गर्दा नै संविधान संशोधन पारित गर्ने तमसुक दिएको छ,’ सुमनले भने, ‘विधेयकलाई हामीले होइन, सरकारले होल्डमा राखेको हो।’

संशोधन पारित नहुने अवस्थामा कुनै मध्यमार्गी उपाय अपनाउनेबारे पनि छलफल भइरहेको छ कि भन्ने प्रश्नमा सुमनले त्यस्तो प्रस्ताव सरकारबाट आउनुपर्ने बताए। ‘कुनै मध्यमार्गी प्रस्ताव भए सरकारले ल्याउनुपर्‍यो,’ उनले थपे, ‘ल्याएपछि नै के गर्ने भन्नेबारे छलफल हुन्छ। अहिले त्यस्तो प्रस्ताव पनि सरकारले ल्याएको छैन।’ बैठकमा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचारलगायत सरकारले गर्नुपर्ने काम धेरै अघि बढिसकेको बताउँदै चुनावलाई प्रयोग गर्नुपर्ने धारणा राखेका थिए।

यादव पक्ष संशोधनलाई निर्णयार्थ लैजाँदा दुई तिहाइ नपुगे त्यसैलाई मुद्दा बनाएर चुनावमा जानुपर्ने पक्षमा छ। तर, ठाकुर पक्षले त्यस्तो गर्दा राजपा र सरकारसँगको संवाद टुट्ने र मधेसमा यी मुद्दा अतिवादीको हातमा पुग्ने भन्दै संविधान संशोधन पारित नै हुनुपर्ने अडानमा छन्। -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ